२४ फागुन, काठमाडौं । इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीलाई गैरकानुनी फोट ट्यापिङको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ ।
प्रहरीले टेप गरेको बीमा बकम्पनीका प्रमुख र पियरो फ्यासिनोबीच भएको कुराकानीको डिटेल आफ्ना भाईको पत्रिकामा छापेको आरोप उनीमाथि छ । फ्यासिनो बर्लुस्कोनीका राजनीतिक प्रतिद्वन्द्वी एवं इटलीको सबैभन्दा ठूलो सेन्टर लेफ्ट पार्टीका नेता हुन् ।
उनले आगामी हप्तामा दुई अन्य मुद्दामा सजाय भोग्नु पर्न सक्ने बताइएको छ । ट्याक्स छलीको आरोप र नाबालिग यौनकर्मीसँग शारीरिक सम्बन्ध राख्न पैसा दिएको आरोपमा फैसला आउने अनुमान छ ।
पछिल्लो वर्ष बर्लुस्कोनीलाई कर छलीको आरोपमा एक वर्षको सजाय सुनाइएको थियो । यसविरुद्ध बर्लुस्कोनीले अपिल समेत गरेका छन् ।