राष्ट्रिय फुलकन्ट्याक्ट कराते भोलिदेखि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

राष्ट्रिय फुलकन्ट्याक्ट कराते भोलिदेखि

२४ फागुन, काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघको आयोजनामा १७ औं पुरुष तथा १० औं महिला तौलसमूह राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुँदैछ ।

त्यसमा पाँच विकास क्षेत्रका ४६ खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकका महासचिव एवं व्रान्च चिफ रामजीप्रसाद वज्राचार्यले जनाएका छन् । पुरुष खुलामा २४ तथा महिलाको ५५ केजीमुनिमा २२ र खुला तौलसमूहमा १० खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । चौथोले ३ हजार ५ सय नगद पुरस्कार हात पर्नेछ । महिलाको दुवै स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार, तेश्रोले २ हजार ५ सय र चौथोले १ हजार २ सय ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

दुईदिने प्रतियोगिताको तयारी पूरा भएको आयोजकका अध्यक्ष सिहान जगतप्रसाद गौचनले बताए ।

One Comment on “राष्ट्रिय फुलकन्ट्याक्ट कराते भोलिदेखि”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु