खित्का छाडेर हाँस्दा जेलको बास :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

खित्का छाडेर हाँस्दा जेलको बास

अब हाँस्दा पनि विचार पूराउनु पर्ने भयो भन्या । जहाँ पायो उहीँ, जो पायो उहीँ सँग खिस्स नहाँस्नु भनेर बुढापाकाले त भन्थे । तर वैज्ञानिकहरुले नै हाँस्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेकाले बुढापाकाको उपदेश वित्थाको रहेको भन्ने लाग्थ्यो ।

अब भने बुढापाकाको कुरो नै सही रहेछ भन्ने पत्तो लागेको छ । हास्ने बानीले आयू बढाउने होइन की जेलसम्म पूराएर उल्टै आयु छोट्याउने पो रहेछ । साँच्ची जोडसँग खित्का छाडेर हाँस्दा कहिलेकाहीँ वित्यासै पर्दो रहेछ । अमेरिकामा एक सज्जनलाई यस्तै भएको छ । आफ्नै घरमा खित्का छाडेर हाँसेको आरोपमा ती सज्जनले ३० दिन जेलको हावा खानु परेको छ ।

रकभिले सेन्टरका ४२ वर्षीय रोबर्ट शियाबेलीलाई खित्का छाडेर जोडसँग हाँसेको आरोपमा यस्तो सजायँ भएको हो । उनले खित्का छाड्दा त्यहाँको शान्ति भंग भएको ठहर प्रशासनले गरेपछि उनले यस्तो सजाय भोग्नुपर्‍यो । उनी हाँसेको विषयमा एक जना छिमेकीले प्रहरीमा उजुरी गरे । उजुरी पछि प्रहरीले त्यस विषयमा अनुसन्धान गरी उनलाई तिस दिन जेल सजाय वा ५ सय डलर जरिवानाको सजाय सुनाएको हो ।

तर रोबर्टले भने आफुलाई जोडसँग हाँस्नु अपराध हो भन्ने कुरा थाहा नभएको बताएका छन् । आफु स्नायु सम्बन्धी रोगबाट पीडित रहेको भन्दै उनले आफ्नो रोगको विषयलाई लिएर छिमेकीले खिसी ट्युरी गर्ने गरेकाले आफुले छिमेकीको घृणालाई दबाउन जोडसँग हास्ने गरेको बताए ।

रोबर्टमाथि अरु व्यक्तिलाई दिक्क पारेको, हस्तक्षेप गरेको तथा आक्रामक बनेको अभियोग लगाइएको छ ।

5 Comments on “खित्का छाडेर हाँस्दा जेलको बास”
  • robert adhikari wrote on 8 March, 2013, 17:04

    m dai lai soddai thiye dai tapai vayeko thauma pani yestai ho vaner katti garo hola hasna pani n paunu ani

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • हरिओम गुप्ता wrote on 9 March, 2013, 4:54

    हा हा हा हा ! यो हाँसोले पनि संक्रमण गर्छ. मलाई पनि आज यो न्यूज पढेर ठहाका लगाएर हाँस्न मन लाग्यो. कसो ?

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • With Love From Desert wrote on 9 March, 2013, 8:13

    Waiyaat!!

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • appaudel wrote on 12 March, 2013, 21:28

    नेपलि हरु ले सिक्नु पर्नि पाठ हो यो, हम्रो देस् मा जस्तो जे पयो तै गर्न पाउने मानब् अधिकार् कहै पनि छैन

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • नरविन साउद wrote on 13 March, 2013, 19:38

    म त हाँस्छु कसको के लाग्छ र
    तर अरुको घृणा हुने गरी हाँस्न मन लाग्दैन

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु