अब शिक्षकले बन्दुक राख्न पाउने ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब शिक्षकले बन्दुक राख्न पाउने !

२६ फागुन, काठमाडौं । अमेरिकी राज्य साउथ डकोटाका स्कुलका शिक्षकहरुले अब बन्दुक राख्न पाउने भएका छन् ।

बन्दुकको लाइसेन्ससँग जोडिएको कानुनलाई कडा बनाउन हृवाइट हाउसमा छलफल चलिरहेका बेला साउथ डकोटामा शिक्षकहरुलाई बन्दुक राख्ने अनुमति दिइएको एक कानुन पारित भएको हो । यसले स्कुलमा हुने आक्रमणबाट बच्न मद्दत गर्ने यस कानुनका समर्थकहरु बताउँछन् ।

कानुन अनुसार आफ्ना शिक्षकहरुलाई बन्दुक राख्न दिने नदिने निर्णय गर्ने अधिकार भने स्कूललाई हुन्छ । यो कानुन जुलाईबाट लागू हुने बीबीसीले जनाएको छ ।

रिपब्लिकन पार्टीले बनाएको यो कानुनअनुसार हरेक स्कुलमा केही शिक्षकलाई पहरेदारका रुपमा चुनिनेछ र उनीहरुलाई बन्दुक चलाउने प्रशिक्षण समेत दिइनेछ ।

पछिल्लो दिनमा अमेरिकामा सार्वजनिक स्थल वा स्कुलमा बन्दुकधारीले आक्रमण गर्ने घटना बढेको छ । तर, थुप्रै स्कुलका अधिकारीहरुले भने बुन्दुक राख्न दिने कानुनको विरोधमा आवाज समेत उठाएका छन् ।

One Comment on “अब शिक्षकले बन्दुक राख्न पाउने !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु