२६ फागुन, काठमाडौं । अफगानिस्तानको रक्षा मन्त्रालय बाहिर शनिबार भएको बम विस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
विस्फोटको केही घण्टा अघि मात्र अमेरिकी विदेशमन्त्री चक हेगल अफगानिस्तान पुगेका थिए । हेगल बम विस्फोट भएको क्षेत्र आसपास नरहेको नेटो नेतृत्वको अन्तराष्ट्रिय सुरक्षा बहायता बलले जनाएको छ ।
तालिबाgmे आक्रमणको जिम्मेबारी लिएको छ । अमेरिकी विदेशमन्त्रीलाई सन्देश दिन विस्फोट गराइएको उसले बताएको बीबीसीले जनाएको छ ।
काबुलको यो इलाका अफगानिस्तानकै सबैभन्दा सुरक्षित इलाका मध्ये एक हो ।