अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित)

२८ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी दैनिक २ घण्टा लोडसेडिङ घटाएको छ । चैत १ गतेबाट सुरु हुने एसएलसी परीक्षालाई लक्षित गरी सातामा १२ घण्टा घटाउन लागिएको प्राधिकरणले जनाएको छ ।

नयाँ तालिका अनुसार सोमवारदेखि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा लोसेडिङ हुने छ । यसअघि हप्ताको ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो ।

नदीमा पानीको जलस्तर घट्ने क्रममा रहे पनि तापिय विद्युत सञ्चालन, भारतबाट विद्युत आयत, काली गण्डकी ए जल विद्युत केन्द्रको मर्मतलगायतका कारणले लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।

तालिका ठूलोमा हेर्न तस्वीरमा क्लिक गर्नुस ।

22 Comments on “अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु