खुशी किन्न थाले पछि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खुशी किन्न थाले पछि

तिमिल्सिना विजय / काठमांडू

पागल झैँ हाँस्न थालिछौ, इशारामा नाँच्न थालीछौ

मेरी मुल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ

रुप उही छ, परिचय थरि थरि

खल्ती भर्ने काम रै छ, माया गरे जस्तो गरि

जुनसँग जाग्न थालिछौ, घामसँग भाग्न थालिछौ

मेरी मुल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ

आफैलाई बेचेर खुशी किन्न थाले पछि

भाको इज्जत तिमीले सडकमा फालेपछि

कृतिम जीवन जिउन थालिछौ, आफ्नै आशु पिउन थालिछौ

मेरी मुल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ

तिम्रो संसार अर्कै भएछ, तेतै तिमी रमाएकी छौ

सबै थोक छाडेर तिमीले, नसालु रात समाएकी छौ

जुनसँग जाग्न थालिछौ, घामसँग भाग्न थालिछौ

मेरी मुल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ

One Comment on “खुशी किन्न थाले पछि”

यसमा तपाइको मत

सम्बन्धित शीर्षकहरु