भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार

इ. राकेश कार्की /लस् एन्जेलस्

कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने

मनमतिको सरकार

कहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउने

धनमतिको सरकार

कहिले श्रीमतीको भएभरको मनोकांक्षा पुरागरिदिने

श्रीमतीको पतिको सरकार

अनि भएर पनि के हुन्छ र ?

राष्ट्रिय सहमतिको सरकार

 

कहिले देशलाई खण्ड खण्ड पारेर टुक्र्याउन खोज्ने

कुनै जातीको सरकार

कहिले पसिना रगत बगाउनेलाइ दबाउने लत्याउने

विकासनिर्माण क्षतिको सरकार

कहिले जनताको गरीबी, भोक, अभाव, अशिक्षा भरिएको

जन खतिको सरकार

अनि भएर पनि के हुन्छ र ?

राष्ट्रिय सहमतिको सरकार

 

कहिले मारकाट हत्या हिंसा गर्ने

भगवतीको सरकार

कहिले देशविदेश रेष्टुरेण्टबार डान्समा रमाउने

छनमतिको सरकार

कहिले रेड लेबल र ब्लाक लेबलको दहमा डुबेको

मन्दगतिको सरकार

अनि भएर पनि के हुन्छ र ?

राष्ट्रिय सहमतिको सरकार

7 Comments on “भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु