लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ ।
स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ । लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।
लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुटुका विभिन्न रोगबाट बचाउँछ । लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ ।
लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।
त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।
ramro kura ho….abo dhaki khanu paryo dhari…
Well-loved. Like or Dislike:
28
0
[जवाफ फर्काउनुहोस्]
पिताम्बर सुवेदी Reply: March 15th, 2013 at 10:02 am
लसुन स्वाद र स्वास्थ्यको लागि धेरै उपयोगी छ ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Thanks for this useful information.
Like or Dislike:
18
2
[जवाफ फर्काउनुहोस्]
Ho Jib nath sir_aja dekhi khanu par6 sir.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
good news
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Best idea. Keep sharing valuable tips.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Thanks for information.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
it’s true. maile 4 sal dekhi everyday use garira6u.
really amazing different than before.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
It is really good news for us thanks. I like it.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
ammma malai tyehi KT chahin6.. bhane jastai malai tyhi lasun chahin6
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
nice one……….ma sadhi khancu abo
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Ho Lasunn khanu parni rahechha……..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
उपयोगी जानकारीको लागि धन्यवाद
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
यो अतिनै उपयोगि औषधी र तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
lasun sun jatikai hune vo mahango aba dekhi
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
एकदम सही कुरा ! हामीले दैनिक उपभोग गर्ने सबै खालको तरकारी र गेडागुदीमा यस्ता धेरै गुणहरू छन् यसबारे पनि जानकार गरिदिनु भयमा वेश हुनेथियो !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]