शिवरात्री, तेस्रो लिङ्गी र धर्म निरपेक्षता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

शिवरात्री, तेस्रो लिङ्गी र धर्म निरपेक्षता

-स्वागत नेपाल

आज महाशिवरात्रीका दिन सबैभन्दा बढी तेस्रो लिंगीका अधिकार र धर्म निरपेक्षताको चर्चा हुनुपर्ने हो । किनकि शिवजीको हामीमध्ये धेरैले आधा शिवजी र आधा पार्वतीको स्वरुप भएको फोटो वा मूर्ति देखेको हुनुपर्छ । उनी अर्धनारेश्वर अर्थात् तेस्रो लिंगी भगवानका रुपमा पनि मानिन्छन् ।भारतका धेरै ठाउँमा तेस्रो लिंगीले दिएको पानी पिउँदा मात्र पनि मुक्ति मिल्छ भन्ने विश्वास छ । त्यसैले बच्चा जन्मिएको दिन उनीहरुलाई सम्मानका साथ बोलाएर भर्खर जन्मिएको बच्चालाई छुन लगाएर भाग्यमानी बनाउने विश्वास पनि राखिन्छ ।शिवजी कसैसँग केही पनि अपेक्षा नगर्ने निरपेक्ष भगवान पनि मानिन्छन् । उनी देवदेवीहरु वीच पनि निरपेक्ष मानिन्छन् । उनी सही तर्कमा जोसँग पनि तत्कालै खुसी हुन्छन् । त्यसैले आशुतोष पनि भनिन्छ । त्यसैगरी धेरै धर्म निरपेक्ष मुलुकहरुले कानुनी मान्यता दिएको र कतिपयले सजाय नै तोकेको तेस्रो लिंगी सम्बन्धको पहिलो उदाहरण शिवजी नै भएकाले उनलाई त्यो पक्षबाट पनि विश्लेषण गर्दा धेरै पश्चिमा मुलुकहरुले हामी आधुनिक भनेर गफ नदिए हुन्छ ।

धर्म निरपेक्षता

धर्म निरपेक्षता भनेको राज्यलाई धर्मबाट अलग गर्नु हो, व्यक्तिलाई धार्मिक गतिविधिबाट अलग गर्नु होइन । खासमा यो कुनै पनि व्यक्तिले ‘अन बायस’ भएर राज्य संयन्त्रबाट व्यवहार पाउने प्रत्याभूति पनि हो । युरोपेली पदावलीमा ‘लेसिज्म’ पनि भनिने धर्मरिपेक्षतालाई आधुनिकीकरणतर्फको अभियानका रुपमा बुझिन्थ्यो, जतिबेला अफिसियल स्टेट चर्चहरु अर्थात् आधिकारिक राजकीय चर्चहरु प्रचलनमा थिए । तर, नेपालमा धर्म निरपेक्षता अधार्मिकता र क्रिश्चियानिटी वा इस्लामिज्मको बढावा हो भन्नेसम्म पनि गलत धारणाहरु पाइन्छन् । जुन एकदमै हाँसोलाग्दो तथ्य हो ।धर्मनिरपेक्षता शब्द पहिलो पटक प्रयोग गर्ने दार्शनिक बि्रटिश लेखक जर्ज ज्याकोब होल्योकले धार्मिक विश्वासहरुको अन्त्य र आलोचना नगरिकन सामाजिक व्यवस्थापनलाई धर्मबाट अलग गर्ने विचारको व्याख्या गर्न पहिलोपटक सेक्युरालिज्म वा धर्म निरपेक्षता शब्द आविष्कार र प्रयोग गरेका थिए । उनले आफ्नो व्याख्यामा धर्मनिरपेक्षता कुनै पनि धर्मको विरोधी ‘आग्र्युमेन्ट’ वा प्रतितर्क होइन भनेर स्पष्ट लेखेका छन् ।

 इन्स्टिच्यूट फर द स्टडी अफ सेक्युलारिज्म इन सोसाइटी एण्ड कल्चरकाका ब्यारी कोज्मिन, जो टि्रनिटी कलेजका प्राज्ञिक परियोजना प्रमुख पनि हुन, उनले धर्मनिरपेक्षतालाई अतिवादी र नरमवादी दुई प्रकारका समूहमा विभाजन गरेका छन् । तीमध्ये अतिवादीले सबै प्रकारका धार्मिक विश्वासको विरोध गर्छन् भने नरमवादीले विरोध पनि गर्दैनन् र समर्थन पनि जनाउँदैनन् । ती दुवै खाले प्रवृत्ति अहिले नेपालमा पनि देखिएका छन् । तर, वास्तविक धर्मनिरपेक्षता भने ज्याकोबले नै भनेझैँ दुवैभन्दा फरक रहेर सबैलाई सम्मानका साथ धार्मिक विश्वासको विरोध र अन्त्य नगरी सामाजिक व्यवस्थापनको सोच हो भन्ने विचार हो भनेर बुझ्नेहरु अहिले पनि एकदमै कम मात्र छन् । तर उनले आफैँले स्पष्ट भनेका छन् कि धर्मभिरुहरु धर्म निरपेक्षतावादी हुन सक्तैनन् ।

 नेपालमा धर्म प्रचार गर्नेहरु नै धर्म निरपेक्षतावादी भएर हिँडिरहेका छन् यो कसरी सम्भव छ र ? निरपेक्षता नेपालीलाई विदेशीले सिकाउनु पर्दैन । हामी सँस्कारले नै निरपेक्ष छौँ । त्यसैले हामी एउटा मात्र होइन ३३ कोटी देवता मान्छौँ । हामीलाई अझै २ / देवी देवता थपिएर केही हुँदैन । हामी मस्जिद, चर्च, गुम्वा मन्दिर कहीँ पनि हामीलाई रोक लगाइन्न भने पस्न र पूजा गर्न हिच्किचाउँदैनौँ । विश्वमा ९१ मुलुक धर्म निरपेक्ष रहेका छन् । संयुक्त अधिराज्यमा नेशनल सेक्युलर सोसाइटी र अमेरिकामा अमेरिकन्स युनाइटेडजस्ता धर्मनिरपेक्षता प्रवर्द्धन गर्ने संघसंस्थाहरु पनि प्रशस्तै छन् । ती दुवै संस्थाले धर्म निरपेक्षताको लागि योगदान पुर्‍याउने व्यक्तिलाई ‘सेक्युरालिस्ट अफ द इयर’ नामको अवार्ड पनि प्रदान गर्ने गरेका छन् । त्यो पुरस्कार पछिल्लो पटक इरानको वर्कर कम्युनिष्ट पार्टीका मारयाम नामाजेलाई प्रदान गरिएको थियो । अनि विद्यार्थीहरुका लागि निरपेक्ष विद्यार्थी इकाइहरु पनि गठन गरिएका छन् । भारतको संविधानको प्रस्तावनामा नै ‘भारत एक धर्म निरपेक्षा मुलुक…’ भन्ने उल्लेख गरिएको छ । नेपालमा धर्म निरपेक्षताको अर्थ क्रिश्चियानिटी र गौवध हो भन्ने गलत अर्थ धेरैले लगाइरहेका छन् । खासगरी तराइका धेरै जिल्लाहरुमा यस्ता घटना र विवादहरु भएका छन् । राजाको सक्रिय शासनको युग सकिएपछि अझै पनि प्रधानमन्त्री र राष्ट्रपतिले राजाका साँस्कृतिक गतिविधिलाई निरन्तरता दिइरहेका छन् । के निरपेक्षता भनेको निरन्तरताका कारिणीहरुको परिवर्तन हुनु मात्र हो र ?

भन्दैमा निरपेक्ष हुँदैन

 कुनै पनि मुलुकको राज्यव्यवहार संविधानमा धर्म निरपेक्ष लेखेर मात्र वास्तविक निरपेक्ष हुँदैन । यसको उदाहरण गत वर्ष जुन महिनामा रुसमा देखियो । हिन्दूहरुको ज्ञानग्रन्थ गीताको इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्ससिअस (इस्कोन) का संस्थापक ए. सी. भक्तिवेदान्त स्वामी प्रभुपादले अनुवाद गरी रुसमा बिक्री बढाएपछि साइबेरियाको टोम्सस्थित एक अदालतमा गीतामाथि प्रतिबन्ध लगाउन मुद्दा परेको थियो । अल्पसंख्यक हिन्दूका पक्षका वकिल मिखायल फ्रोलोबले धार्मिक अल्पसंख्यकसम्बन्धी अधिकार आयोगको दृष्टिकोण सुनेर मात्र फैसला गर्न मागबहस गरेपछि अदालतले २९ डिसेम्बरमा गीतामा प्रतिबन्ध नलाग्ने निर्णय दियो । रुसी सरकारले गीतामाथि फैसलापूर्वसमेत रोक लगाएको थियो । सोविरुद्ध भारतीय सडक र सदनमा खेद, विरोध र प्रदर्शनहरु भए । भारतका लागि रुसी राजदूतले पनि सो खेदप्रति सार्वजनिक रुपमै दुःख व्यक्त गरे । हामी पनि संघीयता र धर्म निरपेक्षताको युगमा प्रवेश गरिसकेकोले अबको नेपाली धर्मनिरपेक्षताको मोडेल कस्तो हुने भन्ने सम्बन्धमा यो घटना हाम्रा लागि अध्ययनयोग्य छ । विश्वमा धर्म निरपेक्षताको आन्दोलनको इतिहास हेर्दा सबैभन्दा बढी धर्मनिरपेक्षताका अभियन्ताहरु कम्युनिष्ट शासनमा नै मारिएका उदाहरणहरु छन् । नेपालमा भने खासगरी कम्युनिष्ट बलमा धर्म निरपेक्षता प्राप्त भए पनि त्यसका मोडेलका बारेमा चर्चा हुने गरेको छैन ।

 अन्तरिम संविधानको मर्म

अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा स्थापित गर्यो । धारा २३ ले धर्म सम्बन्धी हकलाई मौलिक हकको रुपमा राख्दै प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम् साँस्कृतिक परम्पराको मर्यादा राखी परापूर्व देखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्नर्े हक हुने छ भनेको छ । तर कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न नपाइने गरी प्रतिबन्धात्मक वाक्यांश प्रयुक्त छ । प्रत्येक धार्मिक सम्पदायलाई कानुन बमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफनो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुने व्यवस्था गरेको छ ।धर्म सम्बन्धी कालक्रमिक कानुनी व्यवस्थाको अध्ययनले नेपाल लिखित कानुनको युगमा प्रवेश गरेपछि २०१९ सालको संविधानपूर्व कहीँ कतै पनि हिन्दू अधिराज्य भनी उल्लेख गरिएको पाइँदैन । त्यसैले कानुनी रुपमा नेपाल हिन्दूअधिराज्य पहिल्यैदेखि थिएन भन्ने पुष्टि हुन्छ ।

हामीले ध्यान दिनुपर्ने विषयहरु

· खासमा विश्वमै बढी निरपेक्ष नेपाली समाज हो । हामीलाई कुनै विदेशीले धर्म निरपेक्षता सिकाउनु पर्दैन । धर्म सम्बन्धी मानव अधिकार व्यक्तिको अन्तर्चेतना, आस्था र भावनासँग सम्बन्धित अधिकार भएकोले यो व्यक्तिको आधारभूत अधिकार हो । त्यसलाई राज्यले नियन्त्रित गर्न मिल्दैन र सक्तैन पनि, त्यो सबै नेपाली थाहा छ।

· धर्म निरपेक्षतालाई सही अर्थमा नबुझिएकोले यो धर्म, सँस्कृति र सामाजिक मान्यताविरोधी हो भन्ने भ्रम रहेकोमा त्यसको अन्त्य हुनु जरुरी छ ।

· हाम्रोजस्तो बहुधार्मिक मुलुकमा राष्ट्रिय तथा सामाजिक ऐक्यबद्धताकाको आधार नै धर्म निरपेक्षता हुन सक्छ । राज्य र सरकार चाहिँ निरपेक्ष भएर नै विविधतामा एकता कायम गराउन सकिन्छ ।

· निरपेक्षताका नाममा राज्यनास्तिकता वा धार्मिक विश्वास विरोधी नीति झन् खतरनाक हुन्छ ।

· नेपाली धर्म निरपेक्षताको मोडेल सकारात्मक र सर्वधर्म समभावको नीतिबाट हुनुपर्छ ।

· नेपाली सञ्चार, पाठ्यक्रम र साहित्य पनि धर्म निरपेक्ष हुनु जरुरी छ ।

· भविष्यमा आउन सक्ने, धार्मिक, साँस्कृतिक र सामाजिक विवादलाई व्यवस्थापन गर्न आजैदेखि निरपेक्ष समाजको जग शुरु गरिनु आवश्यक छ ।

· हामी नेपालीहरु सबैसँग उत्तिकै मिल्न सक्ने कुनै शक्तिमुलुकहरुसँग पनि एक पक्षीय रुपमा नलाग्ने अनि असंलग्न र अहस्तक्षेपको नीति लिने भएकोले विश्वमा हामी नेपालीहरु नै सबैभन्दा फरक, व्यवहारिक र असल धर्म निरपेक्षताको मोडेल प्रस्तुत गर्न सक्ने छौँ । जो सर्वधर्म समभाव नीतिको हुने छ । विश्वका लागि धर्म निरपेक्षताको नेपाली मोडेल आफ्नै खालको, नयाँ र अनुशरणीय हुनेछ ।

(नेपाल अधिवक्ता एवं मिडिया कन्जुमर्स राइट् एसोसिएसनका महासचिव हुन्)

 

17 Comments on “शिवरात्री, तेस्रो लिङ्गी र धर्म निरपेक्षता”
  • Bishnu Pokharel wrote on 10 March, 2013, 7:02

    SWAGAT SIR aru thik xa tara विश्वमा धर्म
    निरपेक्षताको आन्दोलनको इतिहास
    हेर्दा सबैभन्दा बढी धर्मनिरपेक्षताका
    अभियन्ताहरु कम्युनिष्ट शासनमा नै
    मारिएका उदाहरणहरु छन् । Vannu vo. Ma yo tarkma dam dekhdina. Ra ti ‘UDAHARANHARU’ PANI ULLEKH GARNA ANURODH GARDAXU.

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kashi ghimire wrote on 10 March, 2013, 7:06

    abasya pani andhopan ko dharma,khokropan ko aadarsha ani nangopan ko rajniti ka agadi ke aasha garne kema bharosa garne……………………………………………….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Swagat Nepal wrote on 10 March, 2013, 7:57

    Bishnu jee विष्णुजी तपाइले त मलाई फसाइदिनुभयाृ यार अर्के कार्यपत्रका लागि गरेको अध्ययनलाई यहाँ मैले उल्लेख नगरि नहुने बनाइदिनु भयो ।।। ज हो लेख्नै पर्ने भयो।।।पढ्नुस है त ………………..विश्वमै पहिलो पटक फ्रान्सेली क्रान्तिपछि फ्रान्समा राज्यअनिश्वरवादिताको पहिलो प्रयोग गरिएको थियो । त्यसपछि मेक्सिकोमा सन् १९२९ को क्रान्तिपछि प्रयोग गरिएको थियो भने त्यसपश्चात विश्वका केही कम्युनिष्ट मुलुकहरुमा यसको असफल प्रयोग भएका थिए ।
    बर्तमान रस्सा सोभियत युनियन रहँदा राज्यअनिश्वरताको ठूलो इतिहास थियो जसमा सामाजिक सफलताको आवश्यकता थियो । अर्को कुरा सन् १९२९ देखि १९३९ सम्म स्तालिनको समयमा मिलिट्यान्ट शक्तिले तोडफोड पनि गरेको थियो । र, धर्महरु माथि दमन गरेको थियो । मध्य एसियादेखि सोभियत युनियनसम्मै यो क्रम चलेको थियो । समाजवादी जनगणतन्त्र अल्वानीयाले पनि सबै धर्महरुको अभ्यासमा विधिवत रोक नै लगाएको थियो ।
    फ्रान्सेली क्रान्ति ः धार्मिक व्यक्तिलाई पागलखाना
    फ्रान्सेली क्रान्तिपछि पहिलो पटक राज्यअनिश्वरताको अभ्यास गरेको सन्दर्भ त माथि उठेकै छ । त्यसपछि एक कटु क्रान्तिकारी पत्रकार ज्याक्स हबर्ट र अरु राजनीतिक विश्लेषकहरुले उनीहरुको अर्थमा सफलतापूर्वक अनिश्वरताको अभियान चलाए । फ्रेन्च रिपब्लिकले अनुमोदन गरेर क्रिस्चियानिटी त्याग गर्ने कल्ट अफ रिजन (ऋगति या च्भबकयल) नीति १७९३ नोभेम्बर १० का दिन पारित ग¥यो । तथापि सो नीतिको बर्खास्तगी पनि सन् १७९४ मे ७ मा राज्य आफैँले गरेको थियो । राज्यले त्यसकै आडमा विक्रिश्चिनीकरण ( म्भअजचष्कतष्बलष्शबतष्यल ) को अभियान पनि अघि बढायो जसले चर्चहरुलाई कल्ट अफ रिजनका देवी मानिने प्रतीक स्वरुप स्थापित धार्मिक स्तम्भहरु ध्वंसको क्रमलाई बढावा दियो ।नोत्रेदममा त त्यसका लागि भव्य दिवसहरुको पनि आयोजना गर्न थालियो । त्यस विश्वको आधुनिक नरसंहार मानिने प्रतिकान्तिकारी अभियानले राजशाही समर्थक तथा परिवर्तनविरोधीहरुको धारको सुत्रपात ग¥यो । त्यसैले त्यो पहिलो राज्यअनिश्वरतावादको प्रयोग संस्थापन शक्तिका कारण कम्युनिष्ट शासनै पनि केवल ७ महिना मात्र रह्यो जुन पछि पनि अविच्छिन्न र पूर्ण रहन सकेन । यद्यपि राज्यअनिश्वरतावादको प्रचार स्थापत्यका लागि त्यो समय आफैँमा एक महत्वपूर्ण समय हा । हुँदा हुँदा त्यतिबेलाको समय यस्तो बन्यो कि कार्ल माक्र्स र सिग्मण्ड फ्रायडका कारण साराले धर्ममा विश्वा गर्ने व्यक्तिहरु भनेका त अन्ध विश्वासीहरु हुन् भन्थे । अनि धर्म र विज्ञानको वीचमा व्यक्ति व्यक्तिवीच पनि तर्क वितर्कहरु हुन्थे । कतिपय धर्मभीरुहरुलाई त मनोरोगी भनेर हतोत्साही गर्न मानसिक अस्पताल समेत भर्ना गरिएका घटनाहरु पनि भएका थिए ।
    मेक्सिको ः जहाँ धर्मलाई क्षयरोग जस्तै उन्मुलनको कार्यक्रम ल्याइयो
    यता मेक्सिकोमा पनि सन् १९२६ देखि १९२९ सम्मको क्रिस्तेरो वार भनेर अध्ययन गरिने सरकारविरोधी आन्दोलनले सन् १९१७ मा नयाँ संविधान जन्माएपछि भने स्थिति केही साम्य भएको थियो । तर जब राष्ट्रपति प्लुटार्को कालेसले सपथ लिए त्यस लगत्तै उनको पहिलो कार्यक्रम नै मेक्सिकोबाट धर्म क्षयरोग जस्तै उन्मुलन गर्ने भनेर सार्वजनिक भयो ।
    सबै धर्महरुका सम्पत्ति, तिनका अन्य आयस्ताका स्रोत आदि थिए सबै राज्यको सम्पत्ति भयो । चर्र्चका सम्पत्ति पनि राज्यकै भए । चर्चले चलाएका प्राथमिक विद्यालयहरु पनि बन्द भए । जति विद्यालयहरु अरु नै नाममा चलिरहेका थिए तिनमा पनि कुनै चर्चको गन्ध आउन नहुने र बाइबलका नैतिकताका कुराहरु गर्न समेत नपाइने थियो । ।
    १९२६ जुन १४ मा कालेसले नयाँ विधायन घोषण गरी धर्म सुधार तथा अपराध सम्बन्धी दण्ड संहिता जारी गरे । जसलाई हालसम्म पनि कालेस ल भनेर बुझिन्छ । त्यसपछि त झन् चर्चहरु राज्यबाट सम्पत्तिको अधिकार मात्र होइन अदालत जान पाउने अधिकारबाट समेत बञ्चित भए । त्यसपछि भिसेन्ट फक्स, बेनिटो जुवारेजको समयमा भने अनिश्वरवादी राज्यआतंक केही कम भएको थियो । सन् १९४०मा मानुवेल अभिला कामाचो राष्ट्रपति भएपछि । शान्तिको श्वास फेर्न पाउने वातावरणको आशा पलायो । सन् १९४६ मा त शैक्षिक संस्थामा नै चर्चका स्वरुप र पाठ्यक्रमका आधार हटाएर समाजवादी शिक्षा जुन लागु गरिएको थियो संविधानबाटै हटाइयो । निरपेक्ष शिक्षाको जग बस्यो । त्यसका लागि १९२६ देखि १९३९ सम्मको युद्धमा ४० जना धर्म गुरुहरु नै मारिएका थिए ।
    कम्युनिष्ट मुलुकहरुमा धर्म
    माक्र्सवादका प्रवर्तक र कम्युनिष्ट दर्शनका प्रणेता जर्मन चिन्तक कार्ल माक्र्सको धर्मप्रति सकारात्मक दृष्टि थिएन । उनले शासक वर्गले शासित वर्गलाई दिने अफिमको नसा हो धर्म भनेका थिए । भ्लादिमिर इलिएच लेलिनले पनि सामाजिक विकास क्रमको नकारात्मकता नै धर्म हो भनेका छन् जबकि विश्वमा धेरै धार्मिक कम्युनिष्ट समूहहरु अस्तित्वमा झन् भन्दा झन् बढि देखिइरहेका छन् । ती मध्ये अर्लि कम्युनिज्म इराको क्रिश्चियन कम्युनिज्म धेरै महत्वपूर्ण छ । अब केही कम्युनिष्ट मुलुकमा धार्मिक स्वतन्त्रताका लागि भएका आन्दोलन र बलिदानीका कथाहरु हेरौँ ।
    समाजवादी जनगणतन्त्र अल्वानिया ….
    अल्वानियमा दोस्रो विश्वयुद्धपछि एकाधिकारवादी शासन चलेपछि धर्ममाथि पूर्ण संकट आयो । होक्साको शासनमा औपचारिक धार्मिक विधिविधानहरु त अन्त्य भयो तर धार्मिक भावना मान्छेको मनबाट हटाउन सरकारले सक्ने कुरा पनि थिएन सकेन पनि ।
    पहिलो पटक अल्वानियाको समस्या राष्ट्र संघीय महासभामा उठ्यो सन् १९८३ मार्च ७ मा र धार्मिक स्वतन्त्रताको आन्दोलनमा विश्वबाट आवाज उठ्न थाल्यो । त्यसको प्रभाव स्वरुप २० जुलाइ १९८४ मा डेनिस पार्लियामेन्टले धार्मिक स्वतन्त्रताको अभियानमा साथ दिने निर्णय नै गर्यो । त्यसपछि त्यहाँका पत्रपत्रिकाले पनि त्यो आवाजलाई दह्रोसँग उठाउन थाले । र, धार्मिक स्वतन्त्रताका लागि विद्यालय जाने विद्यार्थीले पनि साथ दिन थाले र अभियान सशक्त बन्दै आजको अवस्थामा आइ पुगेको छ ।
    चेकोस्लोभाकिया …..
    पूर्व स्लोभाकियामा कम्युनिष्टहरुको शक्ति हत्याएपश्चात उनीहरुको मुख्य मध्येको अजेण्डा उनीहरुकै भाषामा खराब पूर्वदृष्टिहरु विरुद्धको लडाइँ पनि थियो । मन्टेश्वरी विद्यालयहरु राज्य सुरक्षायन्त्रद्वारा कब्जा गरिएका थिए । त्यो सन् १९५० को समय थियो । मन्टेश्वरी सम्बद्ध ३१४२ जना व्यक्तिहरु विस्थापित भएका थिए । उनीहरु सबै सम्बद्ध पुरुष सदस्यहरु थिए । पछि उनीहरु प्रकारान्तरमा पक्राउ परेर जेल तथा श्रम शिविरहरुमा राखिए ।
    सन् १९५७ मा पूर्वी स्लोभाकिया शहरमा विश्वविद्यालयस्तरीय विद्यार्थी कोशिक जो बाइबल अध्ययन सम्बन्धी मिटिंगमा थिए उनलाई पनि प्रहरीले पक्रउ ग¥यो । त्यसपछि धमाधम अरु पक्राउको क्रम बढ्यो र राज्य नियन्त्रित सञ्चारलाई ती खबरहरुबाट रोक गरियो । त्यसै समयमा व्लू क्रस नाममो क्रिश्चियन संगठन जन्मियो जस अन्तर्गत युवाहरु सक्रिय भएर अल्कोहलविरोधी अभियान पनि शुरु गरे । उनीहरुलाई पनि पक्राउ गर्न थलियो । उनीहरुमाथि माक्र्सवादी विचार विरोधी विचार फैलाएको आरोप थियो । अती अभियान अन्तर्गत क्रिस्टिना रोयोभाद्वारा लिखित पुस्तक बरामद गर्दै र तिनका पाठकलाई समेत पक्राउ गरिएको थियो ।
    तत्कालीन सोभियत युनियन
    ए एल एलिसिभले लेखेका छन्,– अल युनियन कम्युनिष्ट पार्टी (वोल्सेभिक)को धर्मविरोधी कमिशनको मिटिंग २३ मे १९२९ मा वोल इ लारोस्लाभ्स्कीको अध्यक्षतामा बसेको थियो । त्यो बैठकले धर्मविरोधी अभियानमा ८० प्रतिशत सफलता प्राप्त गरेको ठहर गरेको थियो । रुसी राज्यअनिश्वरता अभियानको व्यवहारमा सुत्रपात लेनिनले नै गरेका थिए । माक्र्सले भनेझैँ उनले धार्मिक संस्थाहरुलाई श्रमिक वर्गको शोषणको लागि वुर्जुवा वर्गको हतियार हो भन्ने पुनर्घाेषणा गरे । सन् १९२२ देखि १९२९ सम्म १ हजार २ सय क्रिश्चियन धर्मप्रचारक गुरुहरु मारिए । सन् १९२० देखि १९३० सम्म लीग अफ द मिलिटन्ट गडलेसले सबै अध्यात्मिक व्यक्ति र संस्थाहरुलाई लगभग पूर्णतः जस्तो निरुत्साहित गरिसकेका थिए ।
    सोभियत जीवनको सबै पक्षमा धर्मविरोधी र अनिश्वरताको प्रोपोगण्डालाई भित्रैसम्म भिजाउने प्रयास अन्तिम चरणसम्म पु¥याइएको थियो । त्यसका लागि योंङ्ग पायोनियर अर्गनाइजेसन र मिडिया सक्रिय थियो । लेनिनले नै सोभियत रुसमा सोभियत क्रान्तिकारी क्यालेण्डर भन्दै जर्जियन क्यालेण्डर लागू गराए । जसको उद्देश्य शनिबार मात्र छुट्टी गराएर कार्यभार बढाउनु थियो । जसले अन्य धार्मिक सम्प्रदायका व्यक्तिका गतिविधिहरु प्रभावित बन्न पुगे । धार्मिक सन्देशपत्रहरु बन्द भए । लेखनमा प्रतिबन्ध लाग्यो । प्रथम विश्वयुद्ध पूर्व ५४ हजारको संख्यामा रहेका कूलीन र सार्वजनिक चर्चहरु सन् १९४० सम्म आइपुग्दा ५ सयको संख्यामा झरे । हाल त्यहाँको तथ्य पुस्तिका अनुसार १७ देखि २२ प्रतिशत क्रिश्चियनहरुको संख्या रहेको छ छ जुन ८० मिलियन हुन आउँछ ।
    जनगणतन्त्र चीन
    सन् १९०० र १९५० को वीचमा चीनको कूल जनसंख्याको ९० प्रतिशतले घर घरमा बुद्धधर्मी प्रतिमाहरु स्थापित गरेका थिए । र, बाँकी मौसमी रुपमा बौद्धधर्मबाट प्रभावित थिए । त्यसो त चीनमा सन् १९४९ मा गणतन्त्र स्थापित भयो । र त्यतिबेलै देखि सरकार अनिश्वरवादी बन्यो । त्यसपछि ध्यान गृह, गुम्बा र मन्दिरहरु सबै निरपेक्षताको प्रवद्र्धनका लागि प्रयोग गरिने सरकारी भवनका रुपमा परिणत गरिए ।
    माओ त्सेतुङ्गको नेतृत्वमा सम्पन्न साँँस्कृतिक क्रान्ति अवधिमा निसंख्यौँ मन्दिर, गुम्बा आदि लुटिएका थिए । हुन त १९७८ को जनगणतन्त्र चीनको संविधानले धार्मिक स्वतन्त्रतालाई कागजी प्रत्याभूति दियो तर त्यसमा धेरै प्रतिबन्धात्मक वाक्यांशहरु प्रयुक्त थिए । त्यसको सदुपयोगका साथ १९९० को मध्यदेखि चीनमा ठूलो बौद्ध र ताओ सम्प्रदायका मन्दिरहरु बन्न थाले, जुन साँस्कृतिक क्रान्तिका समयमा भत्काइएका थिए । जे भए पनि त्यहाँ करिअर विकासका लागि पार्टी सदस्यता अनिवार्य बनाइयो र पार्टी सदस्य अनिवार्य भएपछि धार्मिक विश्वास प्रतिबन्धित थियो

    खमेज रुज अन्तर्गत कम्बोडिया
    यद्यपि कम्पुचियाको संविधानले आफ्नो विश्वासअनुसार पूजाआजा गर्न वा नगर्न छुट दिएको हो तर अन्य बहानामा विभिन्न धर्मका प्रचारक, विद्वान र अनुकरण गर्नेहरुलाई ठूलो यातना दिइन्थ्यो । क्रिश्चियन, मुस्लिम बुद्धमार्गी सबैलाई उत्तिकै हतोत्साही हताहत नै गरिन्थ्यो । त्यसमध्ये पनि मुस्लिम र क्रिश्चियनहरुका लागि एकदमै प्रतिकूल अवस्था थियो । खमेजरुज, पोलपोटको समय सबैभन्दा ज्यादतिपूर्ण रहेको थियो जसमा धेरै धार्मिक अभियन्ताहरुले ज्यान पनि गुमाए । उनीहरुलाई अन्य राजनीतिक प्रकृतिका मुद्दामा फसाएर सजाय दिलाउने गरिन्थ्यो ।
    मंलोलियन जन गणतन्त्र…
    सन् १९३६ र विशेष गरी सन् १९३७ मा जापानी संलग्नतामा सोभियत सैनिक मंगोलियामा प्रवेश गरेपछि बुद्ध धर्ममा माथि झन् ठूलो आक्रमण भयो । सोभियत शैलीमै मंगोलियन सैनिक टुकडीहरु धमैविरोधी क्रियामा लागे र रुसमा जोसेफ स्टालिनलाई नीति बनाएर लागु गर्न सिफारिस गर्ने भनिएका खोर्लूगिन खोबास्लान मंगोलियाका प्रत्यक्ष शासक थिए । त्यस समय ३० हजार देखि ३५ हजारको संख्यामा धार्मिक र अध्यात्मिक व्यक्तिहरुको ज्यान गयो ।
    क्युवा….
    क्युवा बरु धेरै हदसम्म धार्मिक विश्वास प्रति सहिष्णु बनेको देखिन्छ । तर, त्यहाँ पनि कयौँ धार्मिक संस्था बन्द गर्नेदेखि अध्यात्मिक व्यक्तिहरुलाई हत्या गर्नेसम्मका हरकतहरु भएकै हुन् । तर सोभियत युनियत ढलेपछि भने क्युवाले आफैँ धर्म निरपेक्ष घोषणा गरेको हो । थियो । शुरुमा सन् १९६५ मा २ सय जतिको संख्यामा धर्म गुरुहरुको अपहरण र पक्राउ गरी क्युवा सरकारले कानुनी सफाया गरेको थियो । त्यसपछि पहिलो पटक क्युवामा सन् १९५९मा कम्युनिष्ट क्रान्ति भए यताको पहिलो पटक पोप जोन पाउल द्वित्तियले क्युवाको भ्रमण गर्नु भयो । त्यो सन् १९९८ को जनवरी २१ देखि २५ सम्मको समय थियो । त्यो भ्रमणको भव्य स्वागत गरिएको थियो । फिडेल क्यास्ट्रो स्वयम्ले स्वागत गर्दै विधायकहरु वीच सम्मानपूवर्क प्रवचन दिलाएका थिए ।
    त्यसपछि सन् २००९ मा भ्याटिकनका लागि क्युवाली राजदूतलाई स्वागत गर्दै पोप बेनेडिक्ट १६ औँले क्युवाका लागि क्याथोलिक चर्चले सहयोग गर्न चाहेको तत्कालै जानकारी दिएका थिए । २००८ को महामारीमा त्यो सहयोग पनि भ्याटिकनले गरेर देखायो ।
    उत्तर कोरिया…
    उत्तर कोरियाले अझै पनि राज्य नियन्त्रित अनिश्वरवादिताको अभ्यास गरिरहेको छ , किम जोङ्ग द्वित्तिय र किम द्वित्तिय सुङ्गको व्यक्तित्वको लडाइँमा राजनीतिका धर्म भन्ने मत अघि आयो । यद्यपि उत्तर कोरियाली संविधानले धार्मिक विश्वासको स्वतन्त्रता अनुमति प्राप्त छ भन्ने उल्लेख गरेको छ । तर धार्मिक गतिविधिहरु स्वतन्त्रतापुर्वक गर्न सकिने स्थिति छैन । सरकारी अनुमतिमा मात्र त्यसता कार्य उसले चाहेका धर्म र संस्थाले गर्न सक्ने स्थिति छ । रोमन क्याथोलिक सम्बद्ध १६६ प्रिस्टहरुको ज्यान सरकारी अकर्मण्यताका कारण ४० को दशकमा गएको थियो ।
    तत्कालको स्थिति…
    चीन, लाओस, उत्तर कोरिया र क्युवा केही आर्थिक उदारीकरणका बावजुद राज्य अनिश्वरता प्रयोग गरिरहेका छैनन् । अझै पनि चर्चका गतिविधि र गुम्बा स्तुपा आदिका कार्यक्रमहरुमा अवरोध भइरहेका छन् । सकेसम्म ती धार्मिक स्थलहरुलाई राज्य यन्त्रको अंग बनाउने वा त्यसो गर्न सकिएन भने नियन्त्रण नै गर्न खोज्ने इच्छा राज्यकोतर्फबाट व्यक्त हुँदै आएका छन् ।
    विश्वमा धार्मिक स्वतन्त्रताका लागि धार्मिक विश्वासका अभियन्ताहरुले धेरै रगत बगाएका छन् । हिजो आज जस्तो धर्मका नाममा आफ्नै मात्र विश्वास लाद्न भन्दा पनि सबै प्रकारका धर्म वा विश्वासको अभ्यास सबैले गर्न पाउनुपर्छ मान्यताका आधारमा उठाइएका साझा आवाजले ठूलो मूल्य चुकाउनु परेको छ त्यही मूल्यले आधुनिक राजीतिक स्वतन्त्रताको पनि वीऊ रोपेको थियो तर आज त्यही वीऊ बाट उम्रिएको राजनीतिको छायााँमा अध्यात्मिक विश्वासले बाँच्न नपाउने स्थिति फेरि भयो भने फेरि पनि राजनीति स्वयम्लाई त्यो हिजोको बलीदानीको श्राप लाग्ने छ । विश्व धार्मिक स्वतन्त्रताको इतिहासले यही भन्छ ।
    मेरो उद्देश्य कम्युनिष्टलाई बदनाम गराउने होइन, म एक समाजवादी विचारको व्यक्ति हुँ । र, निरपेक्ष मानवतावादी व्यक्ति हुँ । इतिहास तथ्य जस्ताको तस्तै राखेको हुँ । तर पनि यो समेत मलाई थाहा कि ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेरिनुपर्छ तथ्यहरुलाई । त्यसैले ती कामदेखि पृथ्वीनारायण शाहसम्मले गरेका सबै तत्दृष्टिले सबै बेठीक थिएनन् । जम्मामा क्रिश्चियनले नेपालमा कम्युनिष्टले गर्दा निरपेक्षता आयो भनेर हर्ष बढाइँ नगरे हुन्छ । कम्युनिष्ट भनेको क्रिश्चियन होइन । मैले प्रष्ट गर्न खोजेको विषय यही हो ।

    Like or Dislike: Thumb up 18 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    बिष्णु Reply:

    स्वागत जी मैले तपाईको प्रतिक्रिया समेत पढे र फेरी फेरी पढ्नलाई कपि गरेर राखेको छु । खोजमुलक लेखकोलागि धन्यबाद । संसारका धेरै राजनितिज्यहरु धर्मको बारेमा द्विविधामा छन् । धर्मको बारेमा नरेन्द्र मोदीको आजको भाषण धेरै राम्रो थियो ।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Swagat Nepal wrote on 10 March, 2013, 12:23

    Thank you so much Bishnu jee, aaja yo lekh lai kehi radio harule samachar nai banaeko khas gari Capital FM le ullekh gareko ma khushilagyo. dheraiko phone call haru pani paeko chhu. hamile yo barema Nepal ma hamro secularism ko model kasto banaune vanne bahas hunu jaruri chha…

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rohit wrote on 10 March, 2013, 13:58

    thik chha thik chha Nepal jeee keep it up!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raghavesh Gyanwali wrote on 10 March, 2013, 17:29

    गहन र तत्थ्यपूर्ण सामग्री गर्नु भएकोमा स्वागत नेपाल ज्यूलाई धेरै धेरै धन्यवाद

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • BISHNU PD NEPAL wrote on 11 March, 2013, 10:52

    गहन र तत्थ्यपूर्ण सामग्री गर्नु भएकोमा स्वागत नेपाल ज्यूलाई धेरै धेरै धन्यवाद

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    gobinda bhattarai Reply:

    गहन र तत्थ्यपूर्ण सामग्री गर्नु भएकोमा स्वागत नेपाल ज्यूलाई धेरै धेरै धन्यवाद

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rahul S wrote on 11 March, 2013, 12:00

    Jhamka Prasad bat Swagat Nepal bhye jhai mitra timi aafai christian ko danapani ramayeka chhau. timiharu jasta bhatuwa harule aadarsha chhatnu bekar chha.

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Deepak wrote on 12 March, 2013, 22:01

    Waa kya gajab chha ba….Kasto ghumauro kura garnu bhako Swagat ji tapaile.Sidhai christian bannus bhannu na.Desh ko culture lai laat haanera Dollar ko kheti bhairaachha.Khai tapai harule lekheko? Samvhidhan ko kura garnu bho,tara yetra Nepali lai dharma pariwartan garairaachha kun kanoon le samtyo uniharulai.Dharma le desh bigareko thiyena tara tapai haru jasta khate harule garda desh bigreko ho.Hindu dharma ma ke kura ko khot chha bhannu ta?Aafno swartha ko laagi dharma niripeksha desh ghoshit gareko haina tapijastale.Kasle aawaj uthayeko thiyo ra dharma niripeksha ka laagi? Chha tapi sanga praman? 81 percent hindu haru baseko thau hindu rajya nai ho.Tapai jasta le bolnu nai pardaina ni,,truth aafai sabai ka samu chha.Tara please aafno swartha ka laagi je payo tyo na lekhnus.Nepal ka educated bhanauda haru sabai ekai dang ka mulaa hau.Yo tapai ko lekhle tapai lai kati faida ra befaida pugchha adkal garnus? Simit swartha ka laagi je pani garna sakinchha hamro desh ma……haina ra?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • b s wrote on 13 March, 2013, 5:25

    वैदिक सनातन धर्म, यसको मूल मर्म र हाम्रो अनादि संस्कार-संस्कृतिसँग धर्मनिरपेक्षताको सन्दर्भ स्पष्ट खुल्नेगरि शोधमूलक लेख लेख्ने प्रयाश गरौँ न साथी हो; बरु पढौँ १२-१५ वर्ष। विषयवस्तुको अत्यावशयक ज्ञान नै नभै आकाश-पाताल जोडेर लेख्न हतार नगरौँ । जसलाई (धर्म) भन्ने अढाई अक्षरको शब्द राम्रोसँग लेख्न आउँदैन उसैले धर्मका विषयमा आन्द्रा बटारिउन्जेल कराएर केही हुनेवाला छैन । खासमा धर्मको मर्म , जीवनमा यसको महत्व र धर्म भन्ने नाउँ दिइएको चीज जो हो(अहिले त धर्म पनि च्याउसरी छन्)त्यसको गन्तव्य,आदर्श र अन्तर्वस्तु मुख्य कुरा हुन् ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • A. D. wrote on 13 March, 2013, 6:28

    Glad to go through the article, no one can deny the truth.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nimish birag wrote on 13 March, 2013, 7:06

    मन नलागे पनि एक पटक हाँस्नै पर्ने भो स्वागत नेपालको कुराले। म धार्मिक कट्टर पन्थको समर्थन त गर्दिन तर धर्म संग संस्कृति, सामाजिक जीवन पद्धति, कानूनी आधार, राज्यको संरचना जोडिएको छ जस्तो लाग्छ। संसारको कुन देश छ जहाँ स्कुलमा विद्यार्थीलाई धार्मिक शिक्षा दिइन्न? धर्म सापेक्ष हुनु भनेको अरब वा पाकिस्तान जस्तो मात्र पनि हैन होला। नेपाल त धर्म निरपेक्ष हिन्दु राज्य थियो जहाँ सबै धर्मवालम्बिले आफ्नो धार्मिक बिश्वास राख्न पाएका थिए। अब तेस्तो नहोला। नेपालका बुढी गाइ बन्ग्लादेश पुर्यौन नपर्ने भो होला। धर्म छोडेकोले गर्दा अहिले नेपालको आधार नै मसिना लागेको तर्फ पनि हजुरका विद्वान आखा लगाउनु भए बेश हुने थियो अनुसन्धान कर्ताले! बाकि त हेर्दै जानु छ कति सम्म मासिने हो?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Shreenkha wrote on 13 March, 2013, 14:21

    negative comment garne sathi harule yo article bujhne haisiyat rakhdainan jasto lagyo. yati ramro kura garieko chha, hami nepali nai dharma nirapeksha hau, kasaile siakaunu pardaina. hindu ko nature sabai sanga milne chha vaneko kura pani nabujhera hawadari tarka garne kasta murkha haru…level chahiyo murkha ho kura bujhna lai . j vane pani nahune?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shree Ram wrote on 13 March, 2013, 15:03

    freedom for all vanne organization bata khub paisa auchha re swagatji harulai ani christian haruko support ta garnai paryo ni.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Maun wrote on 14 March, 2013, 2:21

    Lekhak ta Media Consumers’ Rights Association ko General Secretary ra Advocate vanne lekheko chha ta hau lekh ma ta, ani Freedom for All vanne ma ta legal Adviser matra ho vanne chai malai thaha chha hai, ma pani tyasko sadashya ho, tara yo lekh le hindu nai secular ho vanera manchhe lai christian huna bata rokna khoje jasto dekhiyo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु