विश्वमा सयौँ जातजातिका मानिसहरु छन् । सबैका पृथक् पहिचान तथा मौलिक संस्कृति छन् । केही आदिवासीहरुका त्यस्ता संस्कृतिहरु पनि छन् जो देख्दा र सुन्दा अचम्म र अनौठो लाग्छ । खानपिन, भेषभुषामा मात्र होइन अन्य केही क्रियाकलाप समेत निकै फरक र अनौठा हुन्छन् केही जातिहरुका । केही जातिहरुमा आफ्नो जिउलाई अनौठो आकृतिमा ढाल्ने परम्परा हुन्छ । यहाँ विश्वका केही
त्यस्ता आदिवासीहरुको बारेमा दिइएको छ :
१. भारतको पूर्वी राज्य अरुणाञ्चलका अपेँथी आदिवासी समाजका महिलाहरुमा अनाठो संस्कार छ । यहाँका पहिलाहरु आफ्नो नाकको प्वाल काठको ठेटीले बन्द गरेका हुन्छन् । यहाँका करीब २६ हजार महिलाहरुको नाकको प्वालमा काठको ठेटी लगाइएको छ ।
२. केन्याका मसाइ आदिवासी तथा अमेजन बेसिनका हाओरानी आदिवासी समुदायका महिलाहरु कानको लोतीलाई निकै तन्काएर डोरीजस्तो बनाएर त्यसमा थुपै्र गहना लगाउने गर्छन् ।
३. सुडानको दक्षिणी क्षेत्रमा बस्ने एक आदिवासी समुदायमा युवा युवतीको अनुहारमा तातो चक्कुले डामेर विभिन्न रेखाहरु कोर्ने चलन छ । जादुगरले तातो चक्कुले अनुहारभरी घाउ बनाइदिँदा समेत यहाँका युवायुवती रुन कराउन पाउँदैनन् । यदि त्यसो गर्दा शान्त पूर्वक नबसेमा ज्यान नै जोखिममा पर्नसक्छ ।
४. थाइल्याण्डमा शाकाहारी पर्वका बेला हजारौँ चिनिया भक्तहरुले आफ्नो सरीरमा अनेक प्रकारका तिखा औजारले प्वाल पार्ने गर्छन् । यो पर्व दक्षिणी थाइल्याण्डमा हरेक अक्टोबरमा चिनिया देवताको सम्झनामा मनाइन्छ ।
५. इण्डोनेसियाको बालीमा बस्ने केही आदिवासीहरुमा दाँत तिखार्ने चलन हुन्छ । अघिल्ला दाँतहरु औजारको सहायताले तिखा बनाइन्छ । यी समुदायमा दाँत रिस, जलन तथा नकारात्मकताको प्रतिक हो भन्ने मान्यता छ ।
६. बली दिने परम्परा विश्वमा धेरै ठाउँमा चर्चित छ । तर पपुवाको सेपिक रिभर समुदायमा अनौठो कुर्बानी परम्परा छ । न्यू गिनीको हिस्सा रहेको यो इलाकामा पुरुषहरुको दीक्षा समारोह हुन्छ । यस समारोहमा केही बुढापाका पुरुषहरुले युवकहरुको सरीरका विभिन्न ठाउँमा ब्लेडले काटिदिन्छन् । यसरी काट्दा निकै कलात्मक ढंगले काटिन्छ र कालान्तारमा युवहरुको जिउ गोहीकेा जस्तो बन्दछ ।
७. दक्षिणी इथियोपियाका मुर्सी समुदायका महिला अरुभन्दा निकै फरक हुन्छन् ।यसो हुनुको कारण उनीहरुको मुखमा गोलो खालको प्लेट घुसेको हुन्छ । यसले उनीहरुको मुखलाई निकै चौडा बनाउँछ । सुरुमा त यसो गर्दा अप्ठेरो हुन्छ, तर पछि बानी पर्छ र मुख निकै ठूलो भ्वाङ सहितको बन्दछ ।
८. थाइल्याण्डको कयान आदिवासी समुदायका महिलाहरुले घाँटीमा थुप्रै गोलाकार रिङ भिरेका हुन्छन् । यस्ता रिङलाई उनीहरु सुन्दरताको प्रतिक मान्दछन् । जुन महिलाका बढि रिङ भए उनीहरु बढि सुन्दर हुने मान्यता छ । बच्चादेखि नै बालिकाको घाँटीमा रिङ हाल्न सुरु गरिन्छ । समयक्रम सँगै रिङको संख्या बढ्दा घाँटीको उचाइ पनि निकै ठूलो भइसक्छ ।
sachhikai anautho parampara dekhdai dar laagney sarir jiring huney
Well-loved. Like or Dislike:
30
2
[जवाफ फर्काउनुहोस्]
iiiiiiuz Reply: March 10th, 2013 at 5:15 pm
Bohulaaaakaa harrule kee grrchhann grrchhnnn. Yo pni ekk kissimm ko Paagalll Nssaaa hoo. This is also a kind of Mad !
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
ya aama kasto ho
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Ke ho yesto ?
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Sachhai Yoo na Achhama nai ho..dar nai lagyoo
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
पिडादायी सस्कार ,कति अप्ठ्यारो कुरूप पो लाग्यो , आधुनिक विचार नपसेको समाज .
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
patyaunai garhooooo uffff
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
कस्तो अचम्मको संसकार हेर्दा नै जिउमा कडा उम्रनेखल्को फोटो हरु …………..
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
baru nepal nai thik xa
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नेपालका राजनितिक दलका नेताहरुलाई पनि यस्तै संस्कारमा भ्रमण गराएको भय हुन्थ्यो अनि थाहा पाउथे नीति,नियम र कानुन कति कडा पालना गर्नुपर्छ भनेर ….
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
कति अप्ठ्यारो कुरूप पो लाग्यो अचम्मको संसकार हेर्दा नै जिउमा कडा उम्रनेखल्को
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो त अति नै गरेको हो मान्छेले.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro china mo li dar lago
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
haina alikat fake ho ki jasto lagyo
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
saskarlai agalda manisko mirtu huna sak6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]