२७ फागुन, काठमाडौं । नोबल शान्ति पुरस्कार विजेता आङ साङ सूची बर्माको विपक्षी नेशनल लीग फर डेमोक्रेसी एनएलडीको नेता चुनिएकी छिन् ।
पार्टीको पहिलो अधिवेशनले सूचीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको बीबीसीले जनाएको छ । जसमा सूचीसहित चार महिला छन् ।
सन् १९९० मा भएको निर्वाचनमा जित हात पारेपछि बर्माको शैन्य शासनले एनएलडीको गतिविधीमा प्रतिवन्ध लगाएको थियो भने सूचीर्ला नजरबन्दमा राखेको थियो ।
सन् २०१० मा भ एको संसदीय चुनाव उनले बहिस्कार गरेकी थिइन् । तर, सन् २०१२ मा थीन सीनको नागरिक सरकारले चालेको सुधारका प्रयासपछि भएको उप निर्वाचनमा चुनावमा सूचीको पार्टीले ४३ सिट जितेको थियो भने सूची पनि विजयी भएकी थिइन् । अब उनी २०१५ मा हुने आम चुनावमा केन्दि्रत छिन् ।
हालै रंगुनमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै सुचीले एकताका लागि अपील गरेकी छिन् । उनले पार्टीभित्र गुटबन्दी र मतभेद रहेको स्वीकार गरेकी छिन् । बर्मामा एनएलडीका करीब १२ लाख कार्यकर्ता छन् ।