जापानी वैज्ञानिकहरु मुसाको क्लोलिङ गरी एउटा मुसाबाट झण्डै ६ सय वटा दुरुस्तै मुसाको उत्पादन गर्न सफल भएका छन् । २५ पटकको क्लोलिङ बाट ५ सय ८१ वटा रुप तथा वंशाणु सबै दुरुस्तै रहेका फोटोकपी मुसा तयार गरिएको हो ।
विश्वमा क्लोलिङ प्रविधिमा प्राप्त यो अहिलेसम्मकै ठूलो सफलता भएको भन्दै वैज्ञानिकहरुले यो प्रविधि मासु तथा दुधका लागि उपयोग हुने जनावरमा पनि प्रयोग गर्दै विश्वको दूध तथा मासुको माग पूर्ति गर्न सघाउ पुग्ने बताएका छन् । विश्वमा पहिलोपटक क्लोलिङ प्रविधिबाट एक भेँडाको उत्पादन गरिएको थियो ।
डली नामको उक्त भेँडा १९९७ मा उत्पादन भएको थियो । क्लोलिङ प्रविधिमा कुनै जनावरका सरीरका विशेष कोषहरुलाई कृत्रिम वातावरणमा हुर्काएर पूर्ण तथा दुरुस्त जिवको विकाश गरिन्छ ।
८ वर्षअघि सुरु भएको जापानको यो मुसा क्लोलिङको काममा वैज्ञानिकहरुले सोमाटिक सेल न्युक्लिएर ट्रान्सफर विधिको प्रयोग गरी एउटै मुसाका कोषबाट झण्डै ६ सय दुरुस्त मुसाको विकाश गरेका हुन् ।
musa napalbata lage hunthiyoni baru.
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
ye aba ta musa ko chatani hamro baburam dai le darro khanu huncha hola ….
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
k k garxa garxa ni manxe ko jaat le..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]