सूर्य थापा
एटलान्टा । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरमा नेपालको मौलिक संस्कृति तथा भेषभूषा झल्काउदै नेपाल फेस्टिबल २०१३ भब्यताका साथ सम्पन्न भएको छ । अमेरिकामा सकृय नेपालीहरुको सामाजिक संस्था नासियाको नेतृत्वमा भएको फेस्टिबलमा नेपालको संस्कृती, भेषभूषा तथा परिकारहरुको प्रदर्शनी समेत गरिएको थियो । एटलान्टाको ब्यस्त शहरको वीचमा रहेको सेन्टेनियल ओलम्पीक पार्कमा भएको कार्यक्रममा नेपाली राष्ट्रिय पोशाकको साथ साथै, बिभिन्न जात जातिका साँस्कृतिक पोशकमा बुद्ध जन्मेको देश नेपाल, सगरमाथाको देश नेपाल, जस्ता ब्यानर बोकेर मार्च पास समेत गरिएको थियो ।
अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले उद्घाटन गर्नुभएको कार्यक्रम सफल पार्नको लागि जजिर्या, फ्लोरिडा, अलाबामा, साउथ क्यारोलिना, नर्थ क्यारोलिना र टेनेशी राज्यमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधीहरु सकृयाताका साथ लागिरहेको थिए । कार्यक्रमको उद्घाटन गर्दै राजदुत डाक्टर शंकर शर्माले एटलान्टाको ब्यस्त शहरकोवीच भागमा गरिएको फेस्टिबलबाट नेपालको पर्यटन क्षेत्रमा फाइदा पुग्ने बिश्वास ब्यक्त गर्दै संसारको अन्य क्षेत्रमा रहेका नेपालीहरुले पनि यस्ता खालका कार्यक्रमहरु गर्दा उत्तम हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष डाक्टर संजिब सापकोटाले आफुहरु बिदेशमा बसेर पनि नेपालको पर्यटन प्रवद्धन गर्नुको साथै नेपालको संस्कृतिलाई संसारभर चिनाउने उद्धेश्यको साथ यसप्रकारको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
त्यस्तै नायिसका पुर्व अध्यक्ष राजा घलेका अनुसार नासियाले अब हरेक बर्ष बिभिन्न स्थानमा नेपाल फेस्टिबलको कार्यक्रमहरु आयोजना गर्दै जानेछ । कार्यक्रममा बोल्दै महावाणिज्यदुत प्रेमराजा महतले नेपाल फेस्टिबलबाट संसारका अन्य देशका नागरिकहरुलार्इ नेपालको बारेमा धेरै कुराको जानकारी दिन सकिने बताउदै आयोजकहरुको प्रंशसा गर्नुभयो । फेस्टिबलमा जांतो, हलो, धुमी, ढिंकी जस्ता घरायसी सामाग्रीको साथै नेपाली खानाका स्टल, सास्कृतिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने जस्ता स्टल समेत राखिएको थियो । कार्यक्रमा सफल पार्नको लागि तारा पुन, बिमल नेपाल, शौनक रञ्जितकार, बिजेन्द्र गुरुङ, सिर्जना शर्मा, गोबिन्द श्रेष्ठ, माधव मैनाली, दिपेन्द्र थापा, शैलेन्द्र ब्रजाचार्य, भबिन्द्र बस्नेत, संगिता डंगोलको संयोजकत्वमा रहेका उपसमितिहरु गठन गरिएको थियो ।
आईतबार एटलान्टामा निकै चिसो मौषम भएता पनि कार्यक्रममा नेपालीका साथै नेपाललाई माया गर्ने अमेरिकनहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महत, गायिका नलिना चित्रकार, यज्ञमान शाक्य, लोचनी तारा शाक्य, संचारकर्मी माम्पी घोष र स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
तस्वीर : धनमन थापा
dhanya chha nepali haru lai afno rastra ko nagarikata tyegera bhaya pani nepal ko samjhana gareko ma…. yasari nai napal ko maya garidunu
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सर्हानिय प्रयास !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
its very very goob
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
beni ko bajar jata maya utai 6 najar tire mire jali rumal …. Jaya Nepal
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]