इरान र पाकिस्तानले अमेरिकी धम्की सुनेन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

इरान र पाकिस्तानले अमेरिकी धम्की सुनेन

२८ फागुन, काठमाडौं । अमेरिकाको विरोधका बावजूद पाकिस्तान र इरानले दुई देशलाई जोड्ने बहुप्रतिक्षीत ग्यास पाइपलाइन विस्तारको काम थप अघि बढाएका छन् ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली दर्जारी र इरानका राष्ट्रपति महमूद अहमदीनेजादले सोबार यस प्रोजेक्टको दोस्रो चरणको उद्घाटन गरेका हुन् । इरानमा पाइपलाइनको काम करीब-करीब ठिक भएको छ र अब पाकिस्तानतर्फ निर्माण सुरु भएको छ । आगामी २ वर्षमा कुल ७ सय ८० किलोमिटर लामो पाइपलाइन तयार गरिनेछ ।

ग्यास पाइप लाइन निर्माणपछि देशको गम्भीर उर्जा संकट कम हुने पाकिस्तानको विश्वास रहेको छ । यो पाइपलाइन प्रोजेक्टबारे सन् १९९४ मा कुराकानी सुरु भएको थियो । पाइप भारतसम्म ल्याउने बताएपनि सन् २००९ मा भारतले सम्झौताबाट हात झिकेको थियो ।

अमेरिकाले भने यो प्रजेक्टमा इरानको परमाणु कार्यक्रमसँग सम्वन्धित प्रतिवन्ध लाग्न सक्ने चेतावनी दिएको छ । यो पाइपलाइन विस्तारले इरान धेरै ग्यास बेच्न सफल हुने र यसले उसको परमाणु कार्यक्रम रोक्न दबाव दिने प्रयास कमजोर हुने अमेरिकी तर्क छ ।

तर, पाकिस्तान सरकारले भने पाइपलाइन प्रजेक्ट पाकिस्तानको हितमा रहेको भन्दै अमेरिकी दबावसामू नझुक्ने बताएकाृ छ ।

4 Comments on “इरान र पाकिस्तानले अमेरिकी धम्की सुनेन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु