दान भेटी थापेर बिदा भए साधु (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

दान भेटी थापेर बिदा भए साधु (फोटो फिचरसहित)

आधाजसो त्यसै फर्के, गुनासो र प्रशंसा गर्ने उत्तिकै

२९ फागुन, काठमाडौं । महाशिवरात्रीमा पशुपतिका आकर्षण बनेका साधुबाबा परम्परा अनुसार भेटी र दान थापेर बिदा भएका छन् । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले मंगलबार एक कार्यक्रम गरी साधुबाबाहरुको संयुक्त रुपमा बिदाई गरेका हुन् । ‘परम्परा अनुसार दान, भेटी र फलफूल दिएर उनीहरुलाई बिदाई गरिएको छ’ गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीले अनलाइन खबरसित भन्नुभयो । उहाँका अनुसार झण्डै २५ सय साधुबाबाहरुलाई दान र भेटी दिएर बिदाई गरिएको छ ।

baba-1

दर्जा अनुसार भेटी
शिवरात्रीमा पशुपति आउने साधुबाबा हेर्दा उस्तै लागेपनि त्यहाँ पनि थरीथरीका दर्जा हुन्छन् । उनीहरुको दर्जा सरकारले नै छुट्याईदिन्छ । सबैभन्दा बढी आकर्षणको केन्द्रबिन्दु रहने नागाबाबा उच्चकोटीका साधुमा पर्छन् । पशुपति मूल मन्दिर नजिकैको अन्नपूर्ण अखडा भण्डारका बाबा पशुपतिले साधुसन्तको वर्गीकरण र दक्षिणा तोक्ने गर्छन् ।
नागाबाबालाई गुठीको तर्फबाट प्रतिव्यक्ति एकहजार एकसय ५१ र कोषले यसको आधा रकम तथा उपहार प्रदान गरिएको छ ।

bab-2

 

त्यसपछि दर्जा अनुसार ७ सय ५१, ५ सय ५१, ३ सय ५१, २ सय ५१ र १ सय ५१ रुपैंया प्रतिव्यक्ति वितरण गरिएको गुठी संस्थानले जनाएको छ । कोषले पनि यसैगरी आफ्नो तर्फबाट भेटी, दान तथा उपहार वितरण गरेको छ ।साधुबाबाको वर्गीकरण गर्दा सम्प्रदाय र क्षमतालाई आधार बनाईन्छ । नागा, उदासी, दशनामी, अधोरी, नाथ सम्प्रदायकालाई नगद दक्षिणा, रुद्राक्ष, चमर, बख्खु, चाँदर, घण्टी र लोटा दिने गरिन्छ । पहिले थापाथलीको कालमोचन घाटबाट साधुबाबाको बिदाई हुने गरेकोमा केही वर्षदेखि भने पशुपतिबाट बिदाई गर्ने गरिएको छ ।1
गुनासो र प्रशंसा
सरकारले भेटी र उपहार दिएर बिदाई गर्ने गरेपनि साधुबाबाहरुको आफ्नै गुनासो छ । पहिले राजाको पालामा साधुबाबाहरुलाई बाघको छाला अर्थात बागम्बर र चितुवाको छाला अर्थात चिदम्बर दिने गरिन्थ्यो । तर अहिले उनीहरुले यो पाउँदैनन् । भेटी कटौति भएको साधुबाबाहरुको गुनासो छ । यस्ते दिइने भेटी पनि थोरै भएको र शिवरात्रीको बेला पशुपतिमा खाने बस्ने उचित प्रबन्ध नभएको केही साधुहरुले गुनासो गरेका छन् । तर कतिपयले भने प्रशंसा पनि गरेका छन् । ‘हामी पैसाको लागि होइन, धर्म गर्न आएका हौं’ एक साधुले भने-’सरकारले जति दिन्छ, त्यति नै हात थाप्ने हो ।’पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशिल नाहाटले पनि परम्परा अनुसार सम्मान गरिएको बताउनुभयो । ‘रकम पर्याप्त दिने भन्ने होइन, परम्परा अनुसार वितरण गर्ने हो’ उहाँले भन्नुभयो ।

2

आएकामध्ये आधीजसो त्यसै हिँडे
पशुपति क्षेत्र विकास कोषका अनुसार यसवर्ष शिवरात्रीमा झण्डै ५ हजार साधु पशुपति आएका थिए । त्यसमध्ये आधी अर्थात २५ सय साधुबाबाको मात्र बिदाई भएको छ । सरकारले बिदाई गर्न ढिला गरेको भन्दै केही साधु त्यसै हिँडेका हुन् । कतिपयले स्वेच्छाले नै भेटी नलिएको बताएका छन् भने कति चाहिँ भेटी थोरै भएकोमा रिसाएर पहिल्यै हिँडेका हुन् ।3

9 Comments on “दान भेटी थापेर बिदा भए साधु (फोटो फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु