हेलिकोप्टर बनाउने भन्दै मलेसियामा सहयोगको याचना :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

हेलिकोप्टर बनाउने भन्दै मलेसियामा सहयोगको याचना

रामचन्द्र नेपाल

क्वालालम्पुर । नेपालमा हेलिकोप्टर बनाएर देखाउने भन्दै दुई नेपाली युवा आर्थिक सहयोगको याचनासहित मलेसिया पुगेका छन् । सामान्य लेखपढ मात्रै गर्न सक्ने बुटवलका कृष्णकुमार गौतम र अनिल गौतम नेपालमा कसैले सहयोग नगरेको भन्दै विदेशमा बस्ने श्रमिकबाट सहयोग पाउने अपेक्षाका बोकेर मलेसिया आइपुगेका हुन् ।

brother

भैरहवा विमानस्थलमा नेपाली सेनाको हेलिकोप्टर देखेपछि इच्छा जागेर हेलिकोप्टर बनाएको उनीहरुको भनाइ छ । ‘भैरहवामा हेलिकोप्टर देख्यौं, अनि त्यहीँबाट अठोट गरेर हेलिकोप्टर बनाउन शुरु गरेका हौं ।’-दुई दाजुभाइको संयुक्त भनाइ छ । शुरु शुरुमा आफुहरुले हेलिकोप्टर बनाउदै बिर्गार्दै गर्दा उनीहरुले दुई वर्ष अगाडि मात्रै तीनजना बस्न मिल्ने हेलिकोप्टर तयार गरेको दाबी गरेका छन् । परीक्षण गर्दा फलामको मात्रा बढी भई गह्रौं भएकाले उड्न नसकेको र आर्थिक अभावका कारण अहिलेसम्म पनि त्यसका पार्टपूर्जा फेर्न नसकेको उनीहरुको भनाइ छ ।

हालसम्म परीक्षणका लागि उनीहरुले तीनवटा हेलिकोप्टर बनाइसकेको बताएका छन् । हेलिकोप्टर बनाउँदा बुटवलमा भएको जग्गासम्म बेचेको गौतम दाजुभाइको दाबी छ । एउटा उड्ने हेलिकोप्टर बनाउन करीव दुई करोड लाग्ने उनीहरुको अनुमान छ । ‘हामीले दुई करोडमै बनाउछौं भन्दा पनि राज्यले हामीलाई सहयोग गरेन ।’ -गौतम दाजुभाइ भन्छन् ।

111

काठमाण्डौको सुकेधारास्थित नीलो पुलमा फर्निचर कारखाना सञ्चालन गर्दे आइरहेका दुई दाजुभाइको सामान्य लेखपढ मात्रै रहेको छ । आफुहरुको लेखपढ नभएका कारण नेपाली समुदाय तथा राज्यले सहयोग नगरेको उनीहरुको भनाइ छ ।

‘सहयोग गछौं, तपाईहरुको प्रयास निकै राम्रो छ भन्नेहरु हजारौं भेटिए । तर, व्यवहारमा कसैले पनि एक पैसा चुहाएनन् ।’ प्रशंसा गर्नेहरुसंग उनीहरुको गुनासो छ-’सक्नुहुन्छ भने प्रशंसा होइन, आर्थिक सहयोग गर्नुहोस्, हामी नेपालमै केही गरेर देखाउन चाहन्छौं ।’ त्रिलोक एयर नाम दिएर हेलिकोप्टर बनाएको बताउने उनीहरुले नेपालमा ठूलो पदमा बस्नेहरुबाट कुनै सहयोग पाउन नसकेको भन्दै विदेशमा बसेर पसिना बगाइरहेका श्रमिकसँग सहयोगको हात बढाएका छन् ।

222

‘गैरआवासीय नेपालीहरु, जो विदेशमा बसेर नेपालमा लगानी गछौर्ं भनिरहनुभएको छ, तपाईहरुलाई हामी फेरि पनि भन्छौं आउनुहोस् हामीलाई सहयोग गर्नुहोस् ।’ आफुहरु मलेसियामा केही दिन बस्ने र अन्य केही देशमा पनि सहयोगको खोजीमा पुग्ने उनीहरुले बताए ।’ उनीहरु भन्छन्- ‘जसरी शुरुका दिनमा राइट दाजुभाइलाई पत्याएका थिएनन्, त्यसैगरी हामिलाई अहिले पत्याएका छैनन् । तर, सत्यको सधैं जीत हुन्छ, हामीलाई भोलि सबैले पत्याउने छन् ।’

16 Comments on “हेलिकोप्टर बनाउने भन्दै मलेसियामा सहयोगको याचना”
  • aalok wrote on 12 March, 2013, 7:34

    2 crore matrai? engineer haru le banako ko desing ta fail khancha aba lekhpad garna najanele banako helicopter kasari udla?

    Like or Dislike: Thumb up 9 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • Ram wrote on 12 March, 2013, 8:24

    helicopter banaune bhaneko aakar diyera matra hudaina, sabai kura le feasible cha ki chaina bhanera hernu parcha. Tesko lagi calculation hunu parcha,baru aur kehi naya kura banaye po hune helicopter ta pahile pani aru le nai banai sake.

    Like or Dislike: Thumb up 9 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • keenseej wrote on 12 March, 2013, 8:56

    trust them but it needs to be verified. may be they will be able to construct helicopter.

    Like or Dislike: Thumb up 3 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Suman Thapa wrote on 12 March, 2013, 10:42

    Yo thagi khane upai ho aru kehi hoina…

    Like or Dislike: Thumb up 9 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • saakar wrote on 12 March, 2013, 14:12

    yesto khelauna jasto helicopter banayera ?? k ko udauchau hoo….

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bikram wrote on 12 March, 2013, 15:59

    Ramrai ho good job guys

    Like or Dislike: Thumb up 0 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Bishal Sunuwar wrote on 12 March, 2013, 17:06

    hana kasto khalko helicopter hau?ketaketi le khelne helicopter banauna lageko ho?

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • krishna Neupaen wrote on 12 March, 2013, 18:53

    No body gonna spend that much amount of money making a toy. They should do more detail research before making helicopter.Moreover, they are talking about 19th century helicopter. Whats the new??

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sandesh wrote on 12 March, 2013, 19:30

    “भैरहवा विमानस्थलमा नेपाली सेनाको हेलिकोप्टर देखेपछि इच्छा जागेर हेलिकोप्टर बनाएको उनीहरुको भनाइ छ”

    मैले माने के प्रेरणा को श्रोत चै त्यो रैछ तर कुन आधार मा यी दाजु भाइ लाई पब्लिक ले विश्वास गर्ने त ? म यिनी हरु लाई निरुत्साहित पर्न चाहेको कदापी होइन तर, जुन कोहि पनि उनि हरु ले बनाएको हेलिकोप्टर मा पैसा लगानी गरेर डुब्न चाहन्न/ काठ/फलाम को हेलिकोप्टर त जसले नि बनाउला तर त्येश लाई उड्न चाइनि आधारभूत आबसकयता पुरा गर्न सिमित श्रोत र साधन ले अति नै गारो छ/ पैसा उठाउन लाग्नु भन्दा बरु कुनै बिज्ञा व्यक्ति संग परामर्स गर्दा राम्रो होला/ के थाहा यिनी हरु को तरिका मा बिज्ञा हरु को दिमाग लगायो भने हेलिकोप्टर बन्ला कि?

    म आश गर्दछु के उनि हरु सस्तो लोक्प्रियेता पाउन को लागि आफ्नो अनि अरु सबै को समय बर्बाद गरि राखेको छैनन् होला/

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • madan wrote on 12 March, 2013, 20:53

    nice joke

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Umesh (Banting-Malaysia) wrote on 12 March, 2013, 21:40

    बान्तिंगको(मलेशिया) कम्पनीमा एक जना नेपाली काम गर्न आएको थियो ।
    पागल भएर काममा नगएर सबैको सामु म यहाँ काम गर्न आएको होइन, फिल्म बनाउन आएको भन्दै फिल्मको कथा लेखि बस्दथियो । पछि कम्पनीले नेपाल फर्काईदियो ।
    सायद यस्तै कहानी होला यो पनि । हा हा हा हा हा हा हा….

    Like or Dislike: Thumb up 4 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • dipesh wrote on 13 March, 2013, 3:57

    thagi ko naya uapaya!!!

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hira gurung wrote on 13 March, 2013, 12:21

    tetai cleaner ko kaam khoje ramro hola bhai haru !!! dukha nagarau hola.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh wrote on 14 March, 2013, 4:00

    यो भाई हरुले हेलिकोप्टर बनायो रे भनेर म पनि हेर्न गएको थिए, राजा लाई भेट्न आको जस्तो गरेर पहिले त हेर्न दिएनन फेरी एक छिन् मा त्याहकै लोकल दाई सँग भित्र गएर हेर्ने मौका पाइयो । एसो हेरेको त भाई हरुले बडी चै काठ र फलाम को बनाएछन अनी ईन्जिन चै पल्सर बाईक को राखेर पंखा घुमाउने गर्दा रहेछन अनी हामीले हेलिकोप्टर बनायो भन्दै हिड्छन पागल हरु । पंखा घुम्दैमा हेलिकोप्टर बन्दैन भाई हरु, मलेसिया गको रहेछौ राम्रो काम खोजेर गरी खाओ, ठगेर खान नखोज.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 15 March, 2013, 3:38

    Dear readers
    I would like to tell you all readers fact, “little knowledge is very dangerous”. Invention or design or manufacture and just outlook copy is big very different. Everybody can make that type of helicopter (after some practice) if they are working in furniture shop. If you go to see every aeronautical college and university, every student are making real small aero plane and helicopter. Pls advice these two brothers to make furniture not copy helicopter for the country and them self.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pramod Shrestha wrote on 15 March, 2013, 15:30

    “सवभन्दा पहिलो कुरा त्यो हेलिकप्टर उड्दै उड्दैन​, कथम कदाचित उड्यो भने उडानमा बस्ने बाँच्दैन” भने भनाईहरु सुन्नमा आएको थियो । हेलिकप्टर सकुशल उड्न सक्छ अनि सकुशल अवतरण पनि गर्न सक्छ​, न्यूनतम सुरक्षा, सकुशलता कसरी प्रमाणित गर्न सक्ला ? त्यस पछि मात्रै उड्ने वा उडाउने अनुमति होला । त्यसैले हेलिकप्टर बनाउने कुरा नगरेमा राम्रो होला, हुन सक्ला त्यो उनिहरुले वनाएकोले काम गर्ला तर सक्षम छ भन्ने कागजी काम हुन जरुरी होला​, त्यो उनिहरुबाट त के संम्भब होला बिज्ञ भनाऊँदाहरु पनि दिउँसै तारा देख्न बाध्य हुनु पर्ने हुन्छ ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु