२९ फागुन, काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो रंगशाला दशरथ रंगशालामामा भएको भाग दौडको मंगलवार २५ वर्ष पुरा भएको छ । २०४४ साल फागुन २९ मा असिनापानीसंगै भएको भाग दौडमा परि ७३ जनाले ज्यान गुमाएका थिए । फागुन २९ लाई नेपाली फुटबलको कालो दिनको रुपमा समेत लिइन्छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सञ्चालन भएको त्रिभुवन च्यालेन्ज सिल्डमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धावीचको फाइनल खेल भइरहेका समयमा भागदौड भएको थियो । उक्त घटनापश्चात तत्कालीन मन्त्री केशरवहादुर विष्टले पदवाट राजीनामा दिएका थिए ।
त्यतिबेला दशरथ रंगशालामा फाइनल खेल हेर्न २० हजार दर्शक उपस्थित भएका थिए । दशरथ रंगशाला काण्डमा भएको मानवीय क्षतिको हिसावले विश्व फुटबलको इतिहासमै शीर्ष १० घटनामध्ये पर्दछ ।२०४४ सालसम्म मैदान घेर्न पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घर्दै आइएको थियो । तर रंगशालामा भएको भाग दौडमा परि ७३ जनाको ज्यान गएपछि काडेँ तारले मैदान घेर्न छोडिएको हो ।
२०५५ सालमा दशरथ रंगशालाको अहिलेको स्वरूप तयार गरिएको हो । नेपालले आठौँ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका लागि पुनः सहयोग गरेपछि आठौ साफ सुरू हुनु अघि रंगशालामा फ्लड लाइट र स्कोर बोर्डको व्यवस्था गरिएको हो ।
Oho ! Mero MAMA yehi kanda ma parera biteko aja 25yrs bhae6. Uhako Atma le CHEERSAANTI PAAWOS.!!!
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
OO MY GOD ,,,,,,,,,,,,VERY SAD NEWS
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
http://www.nagariknews.com/news-highlights/139-highlights/54842-2013-03-12-02-27-27.html.NAGARIK
दशरथ रंगशाला काण्डको २६ वर्ष, रंगशाला अझै डरको घर
बालाजु मनमैंजुका थापा रंगशालामा हुने फुटबलका नियमित दर्शक थिए। २०४४ साल फागुन २९ मा रंगशालामा असिनापानीसँगै भागदौड हुँदा ७३ जनाले एकैठाउँमा किचिएर मृत्युवरण गरे। मृत्यु हुनेको संख्या पछि थपियो भनिए पनि तथ्यांक कसैसँग छैन।
khai news pani k ho k kunchai sacho ko kun galat.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
oh no. Upto now i don’t no yaar.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हाम्रो देशको सानो एउटा रंगशाला जहा फुटबल मात्र खेल्न त पुग्दैना तर हाम्रो एनफाका माहाशय गणेश थापाले अझ कन्सर्त गराउने रे जड्याहा गँजेडी्हरु उफार्ने रे हामीले गेम हेर्न आउदा एउटा टिकटको ७०० रुपैया लुटेको पैसाले खेलाडी्को बिकास र रंगशाला निर्माण तिर ध्यान दिनु त कहा हो कहा कन्सर्त गराएर भएको रंगशाला बिगारेर कत्ति कुम्ल्याउने दाउ । लुटाहा ज्यानमारा भ्रष्टचारी को देश हो यो लुट जत्ति सक्छस लुट पालो यहि त हो ।
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
The name of club from Bangladesh was not Mukti Joddha it was Bangladesh Army.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]