विभिन्न देशमा हनिमुन मनाउने होटलहरु खुलेको त सुन्दै आएका हौं । तर, नेदरल्याण्डमा अनौठो होटल छ, डिभोर्स होटल डट कम । जहाँ तपाई आफ्नो बैवाहिक जीवनलाई अन्त्य गर्न सक्नुहुन्छ ।
निकै सरल र किफायती तरिकाबाट सम्वन्ध विच्छेद गरिने डिभोर्स होटल डट कमको दावी छ । होटलका निर्देशक जिम हालफेन्स भन्छन्-’पूरा विश्व हाम्रो नयाँ पहलबारे जान्न उत्सुक छ । यो सबैको पछाडी हाम्रो एउटै उद्देश्य छ, तत्काल डिभोर्स ।’
डिभोर्सका लागि लामो प्रक्रियामा जाँदा मानसिकसहितका विभिन्न तनाव झेल्नु पर्ने हुन्छ तर, तत्काल निर्णय लिएको क्षणभरमा नै आफ्नो पार्टनरसँग अलग हुन पाउँदा जीन्दगीको नयाँ पारी सुरु गर्न निकै सहज हुने होटलको दावी छ ।
आफूसँग वकील, रियल स्टेट एजेन्ट, सिविल ल नोटरी, ट्याक्स वकील, कम्पनी मूल्यांकनकर्तासहितका प्रशिक्षित, योग्य र व्यवसायिक मानिसहरु रहेकेा होटलले बताएको छ । जहाँ तपाई रामान्य ग्राहक हैन कि विशिष्ट अतिथी हुनु हुनेछ ।
डिभोर्सका लागि दुई विकल्प दिइएको छ । पहिलो पारम्परिक । यदि तपाई आफ्नै इलाकामा डिभोर्स चाहनुहून्छ भने होटलको टोली आफैं आउनेछ । होटलको २० शाखा छ, जहाँबाट तपाई १ सय २० युरो प्रतिघण्टा वा ११९९ यूरो शूल्क तिरेर वकिलको सहयोग लि सक्नु हुनेछ ।
दोस्रो तरिका हो होटलमा आउने । होटलमा आउँदा तत्काल र शान्तिपूर्ण वातावरण पाउनु हुनेछ ।
Good choice to make a peaceful end and start a new beginning….
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
khai k bhaneko ..
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Shyam Reply: March 14th, 2013 at 8:50 am
Divorce garna paencha bhaneko ni
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
interesting….!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]