अमेरिकाको टेक्सासमा महाशिवरात्री मनाइयो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अमेरिकाको टेक्सासमा महाशिवरात्री मनाइयो

विकासराज न्यौपाने/अमेरिका

मार्च १०,२०१३ ,अमेरिकाको टेक्सास राज्यको डल्लास स्थित नेपाली सास्कृतिक तथा आधात्मिक केन्द्र (NCSC) पूजा समिति द्वार आयोजित हिन्दू मन्दिरमा जम्मा भै नेपाली भक्तजनहरुले महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन । NCSC पूजा समिति ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली समाजलाई धार्मिक कार्य सु-सम्मन गराउन सक्रिय गुरु डा. शेखर पण्डितले सुरु गरिएको कार्यक्रम साँझ ६ बजे सुरु गरि मध्यरात १२ बजे समापन भएको थियो ।

पंतिबद्द बसेर पालै पालो शिव लिङ्गमा दूध अर्पण गर्ने ब्यबस्था पनि गरिएको थियो । शिव नाच, भजन गाएर रमाइलो गर्दै पूजा आराधना गरे पश्चात भक्तजनहरुलाई प्रशाद ग्रहणको पनि ब्यबस्था गरिएको थियो ।नेपाली समुदायको मन्दिर मा DFW मेट्रो लगाएत आसपासका सहरहरुमा बसोबास गर्ने सम्पूर्ण भक्तजनहरुको लक् भाग ५०० जना को उपस्थिति रहेको थियो ।जस्मा रुद्र सापकोटा द्वारा शिव महात्मिया बारे बताउनु भएको थियो | हरि थापा द्वारा भजन कृतन लगाएत भगवान शिव/पार्बती को नाच प्रस्तुत गरियको थियो साथै कविता शर्मा ,प्रबिन ढकाल ,इशोरम्बा आचार्य , चन्दन अर्चार्य ,आर्जु उप्रेती ढुंगेल, चुन माया , माधव राज ज्ञवाली र अन्य उपस्थित भक्तजनहरुले साथ दिनु भएको थियो |

समाज सेवी बासु भण्डारी ले NCSC पूजा समिति ले खरीद गरेको १५००० बर्ग फिटको नया भवनमा भब्य मन्दिर निर्माण कार्य तदारुकताका साथ भईरहेको समेत बताउनुको साथै उक्त भवनमा छिटो भन्दा छिटो सर्ने जानकारी दिनु भएको थियो |

अन्त्यमा NCSC पुजा समितिका संयोजक रमेश पोखरेल ले सयौं उपस्थिति भक्तजनहरुलाई स्वागत अविनन्धन बेक्त गर्नुभएको थियो |

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु