पाथिभरा म्याराथनको उपाधी सुनुवारलाई :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पाथिभरा म्याराथनको उपाधी सुनुवारलाई

२९ फागुन, काठमाडौं । हिमालयन गाईड्स पाथिभरा म्याराथनको उपाधी नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन् ।

पाथिभरादेवी मन्दिर संरक्षण तथा सर्वद्धन समितिको आयोजना र हिमालयन गाईड्सको प्रायोजनामा भएको खुल्ला म्याराथनमा सुनुवारले ४२ किलोमिटर दुरी ४ घण्टा २२ मिनेट ७ सेकेण्डमा पार गरे । ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित पाथिभरा मन्दिर परिसरबाट सुरु भएको म्याराथनमा प्रहरीका भूमी राईले दोस्रो भएभने सेनाकै रामप्रसाद दाहाल तेस्रो स्थानमा रहे ।

Alll

सुकेटारसम्म भूमी भन्दा पछाडी रहेका सुनुवारले छोटो बाटो प्रयोग गरेर जितेको भन्दै तेस्रो भएका राईले विरोध जनाएका थिए । विरोध पश्चात आयोजक समितिले छलफल गरी उपाधी सुनुवारलाई नै दिएको थियो । समितिले राईले भुलेर लामो बाटो प्रयोग गरेको जनाएको छ ।

त्यसैगरी महिला हाफ म्याराथन तर्फ ताप्लेजुडकै वेदना गुरुङ पहिलो भएकी छिन् । उनले २४ किलोमिटरको दुरी वेदना गुरुङले ३ घण्टा ४७ मिनेट ५ सेकेण्डमा दुरी पार गरिन् । सोलुखुम्वुकी याङ्की लामा दोस्रो तथा ताप्लेजुङकै सुनिता लावुङ तेस्रो भइन् ।

प्रतियोगितामा पुरुषतर्फ बिजेतालाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद तथा महिला हाफतर्फ क्रमशः २० हजार १५ हजार र १० हजार जितेका छन् । प्रतियोगितामा विदेशी ४ जना र नेपाली २ सय ५० जनाले सहभागीता जनाएका थिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु