एलिट कपका लागि पारसको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एलिट कपका लागि पारसको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा

२९ फागुन, काठमाडौं । चैत १३ गतेबाट सुरु हुने एसीसी ट्वान्टी-२० एलिट कप क्रिकेटका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले मंगलबार घोषणा गरेको टोलीमा ज्ञानेन्द्र मल्ल उप-कप्तान छन् । टोलीमा शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बास्कोटा, चन्द्र साउद, मन्जित श्रेष्ठ र सुवास खकुरेल छन् ।

मन्जित र विनोदले टोलीमा स्थान बनाउँदा राहुल विक र सागर पुन भने बैकल्पिकमा परेका छन् । उनीसँगै जितेन्द्र मुखिया र रामनरेश गिरीलाई पनि बैकल्पिकको सूचीमा राखिएको छ ।

3 Comments on “एलिट कपका लागि पारसको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु