साहित्यकार पाथेयलाई मरणोपरान्त पुरस्कार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

साहित्यकार पाथेयलाई मरणोपरान्त पुरस्कार

मैथिली भाषाका साहित्यकार भुवनेश्वर पाथेयलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ । सर्लाहीको सिसौटिया गाउँमा रहेको पार्वती स्मृति प्रतिष्ठानले उहाँलाई पार्वतीस्मृति पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारका साथ पाँच हजार, प्रशंसापत्र एवम् दोसल्ला उहाँकी धर्मपत्नी कौशिल्यादेवीलाई प्रदान गरिएको छ । साहित्यकार पाथेयको ४६ वर्षको अल्पायुमै २०४८ असोज १८ गते क्यान्सरले निधन भएको थियो । उहाँले ‘पघलैत बरफ’ (पग्लिरहेको बरफ) कवितासङ्ग्रह, ‘हमरा नही टोकू’ (मलाई नबोलाऊ) उपन्यास, डोबै डोबको संसार आदि पुस्तक प्रकाशित छन् भने दर्जनौं पाण्डुलिपि थन्किएर रहेका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मैथिली परिषद्का उपाध्यक्ष राजेश्वर नेपालीले भाषा, कला संस्कृति साहित्यको रक्षा साहित्यकारको लेखनीबाट हुँदै आएको कुरा विश्वव्यापी सत्य प्रमाणित भइसकेको बताउनुभयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु