नेपाल हिन्दी प्रतिष्ठानद्वारा आगामी चैत ३ र ४ गते आयोजना गरिने बार्हौं राष्ट्रिय हिन्दी सम्मेलनको तयारी पूरा भएको छ ।
हिन्दी सम्मेलनमा महोत्तरी रतौली घर भएका वरिष्ठ साहित्यकार रामस्वार्थ ठाकुरलाई २०६८ एवं वीरगंजका डा शिवशंकर यादवलाई २०६९ को राजषिर् जनक प्रतिभा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
देशमा ९०%ले हिन्दी भाषा बुझ्छन भने ८०% जनताले बोल्छन पनि, साथ साथै ९५%मा त हिन्दी भाषा प्रतिको मोहले आफ्नै नेपाली भाषा प्रतिको माया नै त्यागी सकेका छन् , जसको प्रतक्ष्य उदहारण हो उपराष्ट्रपति परमानन्द झाको सपथ ग्रहण !
त्यसैले कतै येही सम्मेलन त हैन जसले हामी नेपालीहरु माज हिन्दी भाषा लाद्न कुटनीतिक खेलखेली रहेका छन् ?
हामी महान बुद्दीजीबी, विद्वान, हिन्दी भक्त नेपालीहरु हो….अब हामीले यस विषयलाई एक पटक केलाउनै पर्ने भएको छ, अन्नेथा जसरि लिम्बु, शेर्पा, राई, थारु, मुस्लिम, गुरुङ, नेवार, तामांग, आदिइत्यादी जातीहरुको भाषा जुन तरिकाले लोपोन्मुखको संघारमा पुगी सकेको अवस्था छ, त्यसै गरि हाम्रो राष्ट्रभाषा पनि लोप हुन सकिदैन भन्ने अवस्था आउदैन भन्न सकिदैन l
म पनि एउटा नेपाल भित्रको नेपालबासि भएको नाताले र नेपाल भित्र जती पनि जातजाती, भाषा, धर्म, सस्कृति, परम्परा, रितिरिवाजहरु परापुर्बकाल देखि नै चली आएको छ, तिनीहरुको संरक्षण गर्नु मेरो पनि परम कर्तब्य हुन आउछ l
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]