अरुण बराल
दलहरुले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन प्रारम्भ गरेको पहलकदमीले सकारात्मक दिशा लिँदै गर्दा सोमबार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ एउटा कार्यक्रममा गुनासो गरिरहनुभएको थियो- ‘साथीहरु अहिलेको समस्यालाई राजनीतिक ढंगबाट हल गर्ने भन्नुहुन्छ । तर, राजनीति पनि संविधानवाद र संविधानको मूल्य मान्यताअनुरुप चल्नुपर्छ ।’- नेम्वाङको तर्क थियो- ‘हामीले जस्तै अप्ठ्यारो पर्दा पनि संविधानवादलाई छाड्नु हुँदैन । संविधानअनुसार बहालवालामात्रै होइन, पूर्वप्रधानन्यायधीशलाई पनि प्रधानमन्त्री बनाउन मिल्दैन ।’
नेम्वाङले भनेजस्तै राजनीतिक समस्या हल गर्न कानूनमा टेक्नुपर्ने हो भने विगतमा संविधानसभाको चार वर्षे कार्यकालमा उहाँ आफैंले खेल्नुभएको भूमिकालाई पनि एकपटक निश्पक्ष भएर सिंहावलोकन गर्ने हो कि ? जननिर्वाचित, सार्वभौम अधिकारसम्पन्न संविधानसभालाई चार दलको लाचार छायाँ बनाउँदा कहाँ रहेको थियो, संविधानको सर्वोच्चता ? यो प्रश्नमा नेपाली राजनीतिमा पर्याप्त समीक्षा भएको छैन ।
वकील र राजनीतिज्ञ
वकिल र राजनीतिज्ञको भिन्नता भनेको इन्जिनियर र प्लम्बरको जस्तै हो । प्लम्बरको काम भनेको इन्जिनियरले इन्जिनियरिङ गरेको ठाउँमा धारा जडान गर्ने मात्र हो । प्लम्बरमा इन्जिनियरिङ सम्बन्धी र इन्जिनियरमा प्लम्बरिङ सम्बन्धी ज्ञान हुनुले सिर्जनामा सकारात्मक प्रभाव पार्न सक्ला तर यी दुई भिन्नै विधा पनि हुन् । संविधानको धारा र कानूनका दफा जाँच्दै त्यसको देखभाल गर्ने वकिलहरु राजनीतिशास्त्रका प्लम्बर हुन् भने राजनीतिज्ञहरु चाँहि संविधानको धारा ‘लिक’ भएको जाँदै हिँड्ने प्लम्बर नभएर ‘पोलिटिकल इन्जिनियर’ हुन् ।
नेम्वाङ प्लम्बर कि इन्जिनियर ?
पूर्वसभामुख सुभासचन्द्र नेम्वाङलाई प्लम्बर भन्ने कि इन्जिनियर ? न्यायाधीश परिवारमा जन्मनुभएका शालीन स्वाभावका नेम्वाङ व्यक्तिगतरुपमा साह्रै असल मानिस हुनुहन्छ । तर, विगत संविधानसभामा उहाँले खेल्नुभएको भूमिकाअनुसार उहाँलाई सफल सभामुख मान्ने ठाउँचाँहि देखिन्न । वकिल पृष्ठभूमिबाट एमालेको नेता बन्नुभएका नेम्वाङले सभामुख पदलाई ‘राजनीतिक इन्जिनियरिङ’का रुपमा नभई ‘हुन्छ भन्नोस् र हुन्न भन्नोस्’ भन्ने प्रकारको प्राविधिक पदका रुपमामात्रै लिनुभयो । यसले गर्दा चार दलका शीर्ष नेताको मातहतमा संविधानसभा चारवर्षसम्म ‘राष्ट्रिय पञ्चायत’जस्तै निरीह र पंगु बन्न पुग्यो ।
सभामुखले संविधानसभाको ‘सुपि्रमेसी’ प्रयोग गर्नुभएको भए चार दलका नेताहरु नत्थी लगाएर संविधानसभामा आउने थिए । विडम्बना के भैदियो भने सभामुखचाँहि चार दलका नेताहरुले नत्थी लगाएको घोडाजस्तो बन्नुभयो । चार दलको बैठक बसे, संविधानसभा बस्ने, चार दल सुते संविधानसभा पनि सुत्ने ।
सभामुख नेम्वाङको भूमिकाको समीक्षा गर्दा उहाँलाई व्यक्तिगत आरोप लगाएजस्तो कतिपयलाई लाग्न सक्छ । तर, लोकतन्त्रमा कुनै पनि नेताको कामको मूल्यांकन एवं समीक्षा गर्ने अधिकार नागरिकहरुमा रहन्छ । अन्तरिम संविधानमा राजनीतिक सहमतिका आधारमा अगाडि बढ्ने कुरा लेखिएको हुनाले आफूले संविधानअनुसार नै संविधानसभालाई दलहरुको लाचार छायाँमा परिणत गरेको भन्दै नेम्वाङले आफूलाई बचाऊ गर्दै आउनुभएको छ । तर, यो उहाँको कानूनी पृष्ठभूमिको बुझाइबाट उत्पन्न समस्या मात्र हो । र, यही कानुनी ‘फरम्याट’वाला दिमागकै कारण नेम्वाङ अहिले रेग्मीलाई चुनावी सरकार प्रमुख बनाउने प्रक्रियाको विरोधमा उत्रनुभएको छ । कानूनको सीमा र राजनीतिको शक्तिबारे नेम्वाङको विचारमाथि गम्भीर प्रकारको समस्या देखिन्छ । सभामुखजस्तो गरिमामय पदबाट रिटायर्ट भएपछि नेम्वाङ अहिले वकालती पेशामा हुनुहन्छ ।
उहाँ आफूले संविधान र कानूनअनुरुप संविधानसभा हाँकेको दाबी गर्नुहुन्छ, तर, लोकतन्त्रमा व्यवस्थापिकालाई यसरी दलको निरीह छाँया बनाउने कार्य संसदीय लोकतन्त्रको मूल्यसँग काँहि पनि मेल खाँदैन । नेताको मातहत रहने गरी यस्तो पंगु व्यवस्थापिका संसद्को परिकल्पना संसारभरको संसदीय इतिहासमा कहीँ पनि गरिएको छैन ।
आफैं नेता, तर नेतालाई गाली
नेम्वाङ आफैं संविधानसभामा चुनाव जित्ने एमाले नेता हुनुहुन्छ । तर, उहाँ भन्नुहुन्छ, नेताहरुले संविधान बनाएनन् । कानून बनाउने संस्थाको नेतृत्व गरिसकेको मान्छे ‘पुनः मुसिको भव’ भनेझै फेरि धारा जाँच्ने प्लम्बरको भूमिकामा र्फकनु भएको छ । राजनीति गर्ने भन्दा वकालती गर्ने इच्छाले उहाँको चिन्तन अझै पनि धारा, उपधारा, महल र दफा-उपदफा भन्दा मास्तिर उक्सिएको देखिँदैन ।
पूर्वसभामुख ज्यू, यहाँले जसितसुकै वकिली तर्क गरे पनि, जतिसुकै मीठो बोलेर मानिसलाई लठ्ठ बनाए पनि यहाँले संविधानसभा र व्यवस्थापिका संसद्लाई चीनमा पोलिटब्यूरोको छायाँ जनकांग्रेस बनेजस्तै चारदलको ‘सुपि्रमेसी’ अन्तरगत राख्नुभयो कि भएन ? संविधानले राजनीतिक सहमतिमा जोड दिएको छ भन्दैमा तपाईले आफ्नो शक्तिको प्रयोग गरेर नेताहरुलाई किन नत्थी लगाएर संसद्भित्र ल्याउनुभएन ? संविधानसभाको आफ्नै मृत्युको दिन पनि किन बैठक बसेन ? के बैठक बस्नका लागि पनि चार दलको चाबुक जरुरी थियो ? ०६९ जेठ १४ गते दिउँसो संविधानसभा परिसरमै सभासदहरुले बैठक बसेन भनेर नाराबाजी गरेको यहाँलाई सम्झना छ ? अनि अहिले यो सबै कुराको दोष उहाँले किन अन्य नेताहरुलाई दिइरहनुभएको छ र आफूलाई पानी माथिको ओभानो ठानिरहनुभएको छ ? संभवतः यी प्रश्नहरुको जवाफ नेपालको संसदीय इतिहासले उहाँसँग खोजिरहेको छ ।
ऐतिहासिक संविधानसभा ‘राष्ट्रिय पञ्चायत’ जस्तो बनेकै हो र चार दलका नेताहरु राजाजस्तो बनेकै हुन् । सभामुख नेम्वाङ पूर्वपञ्च नवराज सुवेदीजस्तै बन्नुभएकै हो कि होइन ? जवसम्म नेम्वाङजीले संविधानसभामा आफ्नो भूमिकाबारे जनतासँग आत्मालोचना गर्नुहुन्न, तबसम्म उहाँले संविधानवादको कुरा गर्दा शोभनीय देखिँदैन । मुलुकको राजनीति अहिले जुन दुर्घटनामा पुगेको छ, यसको अलिकति जिम्मेवारी नेम्वाङजीले पनि बोक्नै पर्ने हुन्छ ।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मालाई अहिलेको प्रक्रियाको आलोचना गर्न नैतिकताले दिन्छ, तर, नेम्वाङलाई सुहाउँदैन । पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्री बन्न वा वकालत पेशामा लाग्न मिल्दैन भन्ने हो भने पूर्वसभामुखले पनि अदालतमा बहस गरेर आफ्नो व्यक्तित्व र प्रतिष्ठाबाट न्यायालयलाई प्रभावमा पार्न मिल्दैन । किनभने सभामुख र प्रधानन्यायाधीश एउटै हैसियतका जिम्मेवारी हुन् । संविधानले पूर्वसभामुखलाई वकालतमा भाग लिने छुट लिएको छ भन्दैमा नैतिकतालाई लिलामीमा बेच्नु राम्रो होइन कि ? यसबारे पनि बहस गर्नैपर्ने भएको छ ।
सर्वोच्च अदालतले संविधानसभालाई विघटन गराएकोमा राजनीतिक हस्तक्षेप भयो भनेर दुखमनाऊ गर्ने पूर्व सभामुख नेम्वाङसँग प्रतिष्ठा भएको भए त्यही अदालतमा गएर बहस गर्दिँन भन्न सक्नुपर्दथ्यो र राजनीतिमा सक्रिय हुनेतर्फ लाग्नुपर्दथ्यो ।
पूर्वसभामुख नेम्वाङ यतिबेला संविधानसभा पुनस्थापना हुनुपर्छ भनिरहनुभएको छ । पुनस्र्थापना चाँहि कुन संविधानवादका आधारमा हुन्छ ? यसबारेमा कसैले सोध्यो भने उहाँ ‘यसबारे मलाई धेरै बोल्न नलगाउनोस्’ मात्र भन्ने गर्नुभएको छ । तर, संविधानसभा पुनस्थापना भैहाले पनि सभामुख हुने नेम्वाङजी नै हो र उहाँले फेरि संविधानसभालाई चारदलको छायाँ बनाउनुहुन्न भन्ने कुनै ग्यारेन्टी छैन ।
अन्तरिम संविधानमा मुलुक राजनीतिक सहमतिका आधारमा अघि बढ्छ भनिएको हो भने दलहरु, राष्ट्रपति र प्रधानन्यायधीशसमेत सहमत भएर राष्ट्रिय सहमतिका आधारमा चुनावी सरकार बन्दा पूर्वसभामुखज्यूलाई किन आपत्ति ? अनि यस्तो चुनावमा उहाँले भाग लिनुहुन्छ कि हुँदैन ? नेम्वाङको राजनीतिशास्त्र बुझ्न सकिएको छैन ।
like gare arun sir
Well-loved. Like or Dislike:
27
7
[जवाफ फर्काउनुहोस्]
shyam narayan shrestha Reply: March 14th, 2013 at 11:56 am
Very pleased to know that,most probably right logic.I like it very much.Thanks,
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Arun baral ji ko kutarke bak bak ! mathiko ek paragraph padherai padhna man lagena Subash Nembang lai sambidhan nasamjhau na hao Arun ji….! Laj ko beijat nagarau na .
Like or Dislike:
12
29
[जवाफ फर्काउनुहोस्]
waiyat bislesan…..betuk ko kura
Like or Dislike:
12
30
[जवाफ फर्काउनुहोस्]
sambhidhaan sabhaako hatya garne ek byakti sabhaamukh pani ho .uhaale lokataantrik sidanta anusaar bahumat ko pani kadar garnu vayena khaali sahamati ko ratan matra lagayera basnu bhayo. Bahumatko pani kadar gareko vaye sambhidhan banne thiyo.kinaki dui tihaai vandaa pani badhi sbhasad sambhidhan banaaune pakchhe ma thiye. Sabhaamukh le khaali hareko netaharuko kuraa matra sunnu vayo . Kp woli,susil koirala maakhune ko puchhar bannu vayo uhaa. Ra feri ahile aayera banna laagelo sahamati pani vaadna khojdai chhan.
Like or Dislike:
22
6
[जवाफ फर्काउनुहोस्]
Thank you Arun Baral ju, yethartha kura lekhnu vayeko ma,ho plumber le engineer lai sujab dina sakincha tara usha le gareko kam ko berod garnu kadape ramro hoina.
Like or Dislike:
17
7
[जवाफ फर्काउनुहोस्]
बहुत राम्रो सोर्है आना ठिक .
Well-loved. Like or Dislike:
42
16
[जवाफ फर्काउनुहोस्]
Yi subha ko prasamsa garnu bekar chha. Yinkai bhumika le constituent assembly fail bhayeko ho , yi ta future ma rastra patiko candidate huna payenchha ki bhanera CA khatam gareka hun. Ye patrakar ko chhakadi garchhan.
Like or Dislike:
12
6
[जवाफ फर्काउनुहोस्]
mulbasiko kutra nimbang.
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
satya kura lukaya ra kaha lukh6 ra..
Like or Dislike:
13
3
[जवाफ फर्काउनुहोस्]
हैन यो अनलाइन पत्रीका एमालेको विरोध गर्नका लागि चलाएको हो कि क्या हो ? अरु पार्टी र मधेसीले कत्रा कत्रा बदमासी गर्दा चुप लाग्ने अनी दोष जती एमालेको थाप्लोमा हाल्ने ? केही गर्दा एमालेले यस्तो गर्यो भन्ने अनी नगरे एमालेले केही गरेन भन्ने ? एमालेले विरोध गर्दा काम गर्न दिएन भन्ने अनी विरोध नगरदा एमाले के हेरेर बसेको छ भनी गाली गर्ने?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
28
50
[जवाफ फर्काउनुहोस्]
विशुद्ध माओवादी लेख । त्यस्तो देउता जस्तो सभामुखलाई दोषारोपण गर्ने कुचेष्टा मात्र ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
28
58
[जवाफ फर्काउनुहोस्]
Ramesh Reply: March 12th, 2013 at 5:46 pm
साच्चै नै भन्नुभयो, पूर्वसभामुख त देउता नै हुन । त्यत्रो सम्बिधान सभा भङग हुँदा पनि देउता जस्तै न त केहि बोले, न कसैको सुने, न केहि गर्न सके ! ढुङाको देउता जस्तै आराम सँग ४ बर्ष मज्जाले बिताए ! बिचरा देउता !
Well-loved. Like or Dislike:
31
6
[जवाफ फर्काउनुहोस्]
Keshab Reply: March 12th, 2013 at 8:11 pm
Sajjan jee, “deuta jasto Sabhamukh” ko photo gharma rakhera puja garda hunchha, aba rajnitima uhanko bhumika sakiyo !
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Sushila Pahadi Reply: March 12th, 2013 at 11:09 pm
Ek asal justiceputra, law ko adyapak, purba minister of law, nibartaman sabhamukh mathi nirlazzatapurwak alochana sovaniya bhaena, buddhibrastha patrakar mahodaya. sri Nembang ka logic haru sambaidhanik law ka universal trueth ma adharit 6n, natra Dr. B.B. jile pani leninko jastai sarasatta sigle party UCPN(M)ko hata liera dictate garna chadi southwingtarfa tyo party lageko hola, ekdin biswasamudaya samkhya yi char party le kshamaa magnu awasyambhabi 6.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
मुल समस्यामा ध्यान दिएन। मुख्य समस्या खाओबादीमा परिणत भएको लुटेराहरुको समुह माओबादी हो। यीनिहरु रहेसम्म नेपालको उन्नति हुन्न। सम्बिधान पनि लेखिन्न, देशमा शान्ति पनि आउन्न।
Like or Dislike:
13
17
[जवाफ फर्काउनुहोस्]
यि सबै नेपाली नेताहरु न त प्लम्बर हुन न त इन्जिनियर, यिनिहरु त खिया र धमिरा हुन !
Like or Dislike:
18
1
[जवाफ फर्काउनुहोस्]
Nice one, you right
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
savamukh jeu le afno sarboccha power ko prayog garnu vayena-yo ta hamle dekhekai ho,power prayog gareko vaye yi 4party+ badhya vayera aunu parthyo,but savamukh jeu soyam vane dherai clean ra sowchha hunun6,
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
regmi lai bhanda malai chunabi sarkarko netrito dinu parne bhanne nenmang ko ghumauro tarka thiyo
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Aurn Baral jiii,
Keep it up, Thanks for revealing the truth about former speaker.
It is 100% factual.
Nepali people are just asking the answer of one question to ex-speaker, Why he didn’t
allow to run the constitution assembly last day.
Please give us the answer of this question, those who are not agree with this article.
Without giving the logic and being sympathetic to somebody else is no more than stupidity.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
जबर्जस्त आग्रही लेख हो ।
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Arungko kutarka hoina Janardang, baru tapai hathbadi ho. Rajnaitik tatha Jimmewariko hisable Sabhamukh Subash Nembangle Janata prati ghor annyaya garekai ho. Jeth 18 ma rati 12 baje sansadko baitha rakhi dieko bhae ya Sambidhan banne thiyo ya ta Sambidhanko drft.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
अरुण जी “लोकतन्त्रमा कुनै पनि नेताको कामको मूल्यांकन एवं समीक्षा गर्ने अधिकार नागरिकहरुमा रहन्छ” भन्ने तपाईको भनाई एकदम ठिक छ तर तपाईले गरेको मूल्यांकन पनि ठिक छ कि छैन भनेर छुट्याउने अधिकार पनि नागरिकहरुमा छ । तपाँईले मूल्यांकन र समिक्षा एकतर्फी रुपमा मात्र गर्नु भो भने तपाईकै कुरा मात्र सहि हो भन्नु पनि त गलत हो नि, हैन र ?
Like or Dislike:
15
3
[जवाफ फर्काउनुहोस्]
Online khabar is being MUKHPATRA of Maobadi.
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
tapai jo yo artical write garnu bhayako xa taso ko lagi thank you. but tapai le yo article write garnu bhanda 1st speaker ko duties and responsibility anusar kura garnus n bhannus k tapai le right lekhnu bhayako xa ya wrong.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Wrong prospective of writer. Writer is totally biased.He is not the right person to criticize.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
K KO DEAUTA CHOR HO YO
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Logical Analysis.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
namang ta asafal man hun tara ye affu ma ta safal holan desh ko laghai ta asafal nai hun
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
संविधान सभालाई बचाउन सुभाष चन्द्र नेम्वाङको ठुलो भुमिका रहन सकथ्यो तर उनले चाहेनन् । अहिले कतै चिया खादै, कतै ख्याल ठ्टटा् गर्दा संविधानसभालाई नव्युताउन पर्ने भनेर हुन्छ ? नेम्वाङले चाहेको भए जेठ १४ गते संविधान सभाको हलमा एतिहासिक निर्णय हुन सक्थयो । संविधान बनथ्यो पनि । कानुन विद पनि हुनुहुन्छ र के गरे ठिक के गरे बेठीक हुने भन्ने कुरा प्रष्ठ थाहा थियो नेम्वाङलाई तर सहि समयमा गर्नु पर्ने व्यवहार नेम्वाङले नगरिदिएका कारण आन्तरिक रुपमा स्वयं आफुलाई उहाँले दोष दिनु भईरहेको छ कि जस्तो लाग्यो । असल हिरोको रुपमा चरितार्थ हुन सक्थयो होला तर आदिवासी जनजातिको छोरो भएर होला या बढि कुटनितिज्ञ गरेर बुद्धि भ्रष्ट भएको ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
bastawma nembang gi ko asali rupe vaneko kharipatima namuna sambidhan sava ko vasan bata prast thiyo uha aaba ASHOKRAI ko jati badi party ma basna layek ra kam garna naskne sambidhan sava ko sabai vanda ask6am neta ho kina ki sambidhan savalai hakne vaneko uha ho kanun le tehi van6 tara uha le bolda aafnu bigat hernu parthyo ni hai luuchha huna unka kura
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
bahun chhetri haru ko najar ma matra hun uni Asafal, Baral jee !! Janata lai thaha chha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]