८ वर्षको बेहुला, ६१ वर्षे बेहुली (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

८ वर्षको बेहुला, ६१ वर्षे बेहुली (फोटो फिचरसहित)

७० वर्षका शिवशर्माले ७ वर्षकी गोमालाई बिहे गरेको कथा स्वस्थानीमा सुन्न पाइन्छ । अनमेल विवाह हाम्रो समाजमा पनि हुन्छ । यस्तो अनमेल विवाहमा निकै पाको उमेरको लोग्ने मान्छेले निकै कम उमेरकी बेहुली बिहे गर्छ । कम उमेरको पुरुषले निकै धेरै उमेरकी महिलासँग बिहे गरेको खासै सुनिएको छैन । दुइ चार, दश बाह्र वर्षको अन्तर भनेको सामान्य नै हो ।

m-1

तर अफि्रकामा भने सबैलाई चक्मा दिँदै एक जना ८ वर्षका बालकले ६१ वर्षे महिलासँग बिहे गरेका छन् । दक्षिण अफि्रकाको स्वाने क्षेत्रमा बस्ने ८ वर्षका स्कुले विद्यार्थी सानेल मासिलेलाले ५ सन्तानकी आमा ६१ वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् ।

झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए ।

m-2

यी बालक र वृद्धाबीच बिहे त भयो । तर अनौठो के भने यिनीहरुको विवाह केवल औपचारिकताका लागि मात्र भयो । न त यिनीहरुबीच कुनै विवाहको कानूनी प्रमाणपत्रमा हस्ताक्षर भयो, न त यिनीहरु बिहेपछि सँगै बस्न थाले ।

समाचार अनुसार ती ८ वर्षे बालकले आफ्ना हजुरबुवाको इच्छा वृद्धासँग बिहे गरेका हुन् । डाँडापारीको जुन भएका ती बालकका हजुरबुवाले आफु मर्नुअघि सोही महिलासँग नातिको बिहे भएकोे हेर्न चाहेको इच्छा जाहेर गरेका थिए । त्यसैले दुबैजनाका बुवाआमाले विवाह केवल औपचारिकता मात्र रहेको र कानूनी रुपमा विवाह नगरिएको बताएका छन् । आफुभन्दा ५३ वर्ष जेठीसँग बिहे गरेका मासिलेलाले आफु शाबांगुलाई बिहे गर्दा खुसी रहेको बताउँदै तर आफुले फेरि आफ्नै उमेरकी केटीसँग बिहे गर्ने बताए ।

m-3

m-4

m-5

 

27 Comments on “८ वर्षको बेहुला, ६१ वर्षे बेहुली (फोटो फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु