तयार भयो फुच्चे रोबोट कार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

तयार भयो फुच्चे रोबोट कार

जापानमा ड्राइभरले चलाउनु नपर्ने कारको निर्माण गरिएको छ । एक जना मात्र यात्रु चढ्न मिल्ने यो फुच्चे रोबोट कारको निर्माण जापानी कम्पनी हिटाचीले गरेको हो । रोपिट्स नाम दिइएको यो कारको इबाराकीस्थित सुकुबा सहरमा परीक्षण गरिएको छ ।

यो कारले यात्रुलाई आफै गन्तव्य सम्म पूराउँछ । मान्छे चढ्ने र ओर्लने बेलामा रोकिन्छ । साथै इमर्जेन्सी पर्दा भने यात्रुले पनि यो कारलाई नियन्त्रणमा लिएर रोक्न वा मोड्न सक्छ ।

c-1

जापानमा बढ्दै गरेका बुढाबुढीको जनसंख्यालाई लक्षित गर्दै बनाइएको यो कार खासगरी हिँडडुल गर्न नसक्ने तथा गाडि चलाउन पनि नजान्नेहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ । साथै यो सानो आकारको हुनाले साँघुरा गल्ली पनि छिचोल्न सक्छ ।

यो रोबोट कारमा जिपिएस प्रविधि जडान गरिएको छ जसका कारण यसले आफ्नो बाटो पहिल्याउन सक्छ । साथै यसमा भएको लेजर सेन्सरले बाटोका अवरोधबारे जानकारी दिने र गाइरो सेन्सरले खाल्डाखुल्डी भएको ठाउँमा पनि कारलाई सन्तुलन गर्न सहयोग गर्ने बताइएको छ । हेरौँ यो फुच्चे रोबोट कार

c-2

c-3

c-4

c-5

 

3 Comments on “तयार भयो फुच्चे रोबोट कार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु