एसिमिलानलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एसिमिलानलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

३० फागुन, काठमाडौं । इटालियन महारथी एसिमिलानलाई हराउँदै स्पेनिस क्याटलान बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा २–० ले पछि परेको अवस्थामा दोस्रो लेगमा च्याम्पियन्स लिग कीर्तिमानी पुनरागमन गरेको बार्सिलोनाले ४–० को जित निकाल्यो र समग्रमा ४–२ को जितका साथ अन्तिम आठमा प्रवेश ग¥यो ।

messi

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई गोल नखाई २ भन्दा बढी गोल गर्नु थियो र भयो पनि त्यस्तै । खेलको ५ औं मिनेटमा नै अर्जेज्टिनी स्टार लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनाको खाता खोले ।

९० हजार सर्मथकको साथ पाएको बार्सिलोनाले ४० औं मिनेटमा अग्रता दोब्बर पा¥यो । सिजनको ५३ औं गोल गर्दै मेस्सीले नै अग्रता दोब्बर पारे । खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाले ५५ औं मिनेटमा डेभिड भिल्लाको गोलबाट ३–० को अग्रता लियो । खेलको ९० औं मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा कीर्तिमानी पुनरागमन गरेको छ ।

बीबीसीका अनुसार च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा २–० ले पछि परेको अवस्थामा कुनै पनि क्लबले अवे गोलको सहारा विना पुनरागमन गर्न सकेको छैन ।

villa

30 Comments on “एसिमिलानलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु