परिवारका सबैलाई साक्षर नबनाए शिक्षकको बढुवा रोकिने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

परिवारका सबैलाई साक्षर नबनाए शिक्षकको बढुवा रोकिने

३० फागुन, काठमाण्डौं । के तपाई सामुदायिक विद्यालयको शिक्षक हुनुहुन्छ ? यदि, हुनुहुन्छ भने अब तपाईको परिवारका सबै सदस्य अनिवार्य रुपमा साक्षर हुँनै पर्ने भएको छ । कथंकदाचित त्यसमा चुक्नुभयो र परिवारका कोही निरक्षर फेला परे भने तपाईको बढुवामै असर पर्ने छ ।

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको घर परिवारका सबै सदस्यलाई आगामी बर्षभित्रै साक्षर पार्ने उद्देश्यले यो नियम अघि सारेको हो । मन्त्रालयले शिक्षा विभागमार्फत ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई शिक्षकको परिवार अनिवार्य रुपमा साक्षर गराउन निर्देशन दिने योजना पनि बनाएको बुधबारको राजधानी दैनिकमा खबर छ ।

आगामी बर्षभित्रै सामुदायिक विद्यालयका कुनै शिक्षकले आफ्नो परिवारका सबै सदस्यलाई साक्षर बनाउन नसके त्यस्ता शिक्षकको कार्य सम्पादन मूल्यांकन प्रक्रिया अगाडी नबढाउने मन्त्रालयको भनाई छ । कार्यसम्पादन मूल्यांक फाराम नभरिँदा शिक्षकको बढुवालगायत वृत्तिविकासमै असर पर्छ । मुलुकभरका करिब ३३ हजार सामुदायिक विदालयमा १ लाख ५० हजारभन्दा बढी विभिन्न तहका शिक्षक कार्यरत छन् ।

सरकारी तथ्यांक अनुसार नेपालमा हरेक बर्ष १ दशमलव १८ प्रतिशतका दरले साक्षरता वृद्धि भएको देखाएको छ । १० बर्षको अवधिमा नेपालमा साक्षरता दर ११ दशमलब ८ प्रतिशत वृद्धि भएको हो ।

One Comment on “परिवारका सबैलाई साक्षर नबनाए शिक्षकको बढुवा रोकिने”
  • Laxmi Sunuwar, Kerabari, Morang wrote on 13 March, 2013, 2:42

    यो चाहिँ राम्रै निर्णय हो । व्यक्तिको जिम्मेदारीमा परिवार पनि देखियो । व्यक्तिका पछाडि परिवार पनि हुन्छ भन्ने राज्यले थाहा पाए जस्तो छ । अब चुरोट खाने कर्मचारीलाई बढुवा नगर्ने, तीनभन्दा बढी छोराछोरी जन्माउनेलाई बढुवा नगर्ने, दोस्री श्रीमती राख्नेलाई बढुवा नगर्ने कार्यक्रम आइहालोस् । एकै घोषणाले सबैलाई ठेगान लगाइहाल्छ नि !

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु