३० फागुन, काठमाण्डौं । दक्षिण कोरियाको मानव संसाधन विकास -एचआरडी)ले रोजगारी अनुमति प्रणाली (ईपीएस) मार्फत कृषि क्षेत्रमा ३ हजार ६ सय नेपाली कामदार लैजाने घोषणा गरेको छ । यसअघि, कृषि र औद्योगिक क्षेत्र दुवैका लागि कोरियाले नेपाली कामदार लिँदै आएको थियो ।
यसवर्ष कृषिको मात्र भाषा परीक्षा (केएलटी) लिने र सोही अनुसार कामदार लैजाने उल्लेख छ । यससम्बन्धी औपचारिक घोषणा भने ‘मे २१’ मा गर्ने जनाईएको छ ।
ईपीएस केएलटी एचआरडी कोरियाको वेबसाइटमा ‘ईपीएस टपिक र सीप परीक्षण तालिका २०१३’ शीर्षकमा २०१३ मा नेपाललगायत आठ मुलुकमा केएलटी परीक्षा गर्ने उद्घोष गरिएको छ । कोरियाले उज्वेकिस्तान, टिमोरलेस्टे, म्यानमार, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स र मंगोलिया सात मुलुकमा भने कृषि र औद्योगिक क्षेत्र दुबैमा परीक्षा लिनेछ ।
यता, कृषितर्फ कोरिया जान योग्यसूची (रोस्टर) मा नेपाली कामदारको संख्या कम हुँदै गएपछि कोरियाले पुनः परीक्षा लिन लागेको छ । सन् २०१३ मा कृषितर्फका लागि करिब २ हजार ६ सय नेपालीलाई रोस्टरमा राखिएको थियो । ती मध्ये ६ सय कामदारमात्र कोरिया जान बाँकी छन् । औद्योगिक तर्फ करिब ९ हजार नेपाली रोस्टरमा छन् । त्यसैले औद्योगिक क्षेत्रलाई चासो नदिएको अनुमान गरिएको बुधबारको कारोबार दैनिकमा खबर छ ।
Np sarkarle sochne samaya aayeko6 bigatma krisi chhetram dekhiaka samsyalai madyanajar garera matra aghe bade ramro hola natra np nagarikko bijok sunnu parla.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Korea is very nice country. Hard worker can make a good money. EPS system is much better.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
bhane jatika lae laijan sake ramro hun6 hola
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ramro hunthyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
9000 yuwa lai 2 barsa dekhi waiting ma rakhera unproductive banai rakheko 6. Menufecturing ma rahane pani sabjana lai laijane byawastha milauna nepal sarkhar le pahal garnu par6. Korea jane as ma parkhine youwa ko lagi hrd ko k jawaf 6 lau na kasei le sodhi dinu paryo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]