ठगिनुहोला है ! सुनमा पनि मिसावट भेटियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ठगिनुहोला है ! सुनमा पनि मिसावट भेटियो

३० फागुन, काठमाण्डौं । महँगो मोल तिरेर किनेको सुनको शुद्धतामा ढुक्क हुनुहुन्छ ? तपाईले २४ क्यारेट भनेर लोको ५६ हजार ५ सय रुपैयाँ तिरेको सनु २२ क्यारेट वा त्यो भन्दा पनि कमसल पर्न सक्छ । बजारमा कालोबजारी बढ्दै गएपछि कतिपयले गहनामा मिसावट गर्न थालेका छन् ।gold

गहना व्यवसायीका अनुसार उनीहरुले प्रतितोला सुनमा निर्धारित मोलभन्दा २ हजार रुपैयाँ जति बढी तिर्नुपरेको छ । कालो बजारमा बढी मोलमा सुन किने पनि निर्धारित मोलभन्दा २ हजार रुपैयाँ जति बढी मोलमा सुन किने पनि निर्धारित मोलभन्दा बढीमा बिक्री गर्न नसकिने भएकाले कतिपयले मिसावट सुरु गरेको इबिसु ज्वेलरीका सञ्चालक दीपक मल्होत्राले बताए । उपभोक्तालाई ठग्न व्यवसायीले ज्याला बढी र्लिर २४ क्यारेटकै गहना बेचिरहेको उनले बताए ।

ऋायातित सुनको विस्कुटमा सुनको मात्रामा ९९ दलशमलब ५ प्रतिशत हुन्छ । गहना बनाउने क्रममा थोरै तामा र चाँदी मिसाउनैपर्ने भएकाले २४ क्यारेटको गहनामा ९९ प्रतिशत सुन हुन्छ । २२ क्यारेटमा ९२ प्रतिशत सुन हुन्छ । क्यारेट घट्ने क्रमसँगै सुनको शुद्धता कम हुँदै जान्छ । तर उपभोक्ताका लागि सुनको शुद्धता परीक्षण सहज छैन् ।

गुणस्तर तथा नापतौल विभागमा रहेको मेसिनमा निर्यात हुने सुनका गहना परीक्षण गर्ने सुविधा मात्र रहेको बुधबारको कान्तिपुर दैनिकमा खबर छ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु