३० फागुन, काठमाण्डौ । तत्कालीन युवराज दीपेन्द्र शाह जो मृत्यु सैयामै रहेका बेला राजासमेत घोषित भएको थिए उनेको करोडौंको गुप्त सम्पत्तिले गर्दा बेलायतमा बसोबास गरिरहेका एक गैरआवासीय नेपालीको घरमा कलह मच्चिएको छ ।
बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार त्यो परिवारमा घरझगडा सुरु भएसँगै पूर्व राजपरिवारमा दीपेन्द्रको सम्पत्तिबारे केही न केही रहस्य खुल्ने आश पलाएको खवर छापेको छ ।
समाचारअनुसार दीपेन्द्रसँगै लामो समय एडीसी भई काम गरेका र दरवार हत्याकाण्डलगत्तै बेलायत पलायन भएका राजु कार्कीको घरमा अहिले चर्को झगडा भएको छ । उनकी श्रीमती ताज राणा कार्कीसँग सम्पत्तिको स्वामित्वका बिषयमा झगडा भइरहेको हो । कार्कीले अहिले लण्डनमा लाहुरे सेक्युरिटी नामक गार्ड उपलब्ध गराउने कम्पनी चलाइरहेका छन, नेपालमा पनि उनले त्यही नाममा खोलेको कम्पनीले राम्रा वैंकहरुमा गार्ड उपलब्ध गराउँछ । उनको कमाई पनि राम्रो छ । तर ४२ बर्ष पुगेकी श्रीमती ताजले कमाएको पैसा महंगा गहना र सौन्दर्य साधनमा खर्चिएर २०-२२ बषिर्य जस्तो देखिने गर्न थालेपछि समस्या उत्पन्न भएको छ । तर ताजको प्रश्न हुन्छ- ‘हिज म्याजेष्ट्रीको सम्पत्ति खै ? त्यही हैन मेरो सम्पत्ति ?’ उनीहरुको भाषामा हिज म्याजेष्ट्री भन्नुको अर्थ तत्कालिन राजालाई जनाउँछ । ताजको आरोप छ- आफुले सानोतिनो खर्च गर्दा रिसाउने तर दीपेन्द्रको सम्पत्तिले घरका मान्छेलाई पोस्न नछाड्ने Û राजुका भाई संजय काठमाण्डौमै ब्यापार गर्छन, बृद्ध बाबुआमा संजयकै संरक्षणमा छन । त्यसैले राजुले बेलाबेला खर्च पठाइरहन्छन ।
जव दरबार हत्याकाण्ड भयो, त्यसपछि ताजले तत्कालीन सेनापति प्रज्वलसमशेरकहाँ पुगेर राजुलाई जोगाइदिन बिलाप गरेकी थिइन । तर प्रज्वलले ‘हिज म्याजेष्ट्रीहरु बाँच्दासम्म केही नचाहिने अहिले किन मद्दत चाहियो भनी हप्काएका थिए । त्यसपछि उनीहरु बेलायत पलायन भएका थिए । भनिन्छ- दीपेन्द्रको १९ करोड भन्दा बढिको सम्पत्ति बेहिसाव छ ।
दीपेन्द्रसँग अनुहार मिल्ने छोरी
यसैवीच ताजले जन्माएकी छोरी आरुशीको हुर्कंदै गर्दा दीपेन्द्रसँग अनुहार मिल्दै जान थालेको खवर पनि जनआस्थाले नै छापेको छ । केही बर्ष पहिले नै जनआस्थाले अबिबाहित तत्कालीन युवराज दीपेन्द्रबाट जन्मिएकी छोरीका बारेमा खवर छापेको थियो । अहिले तिनै आरुशीकी आमा दीपेन्द्रको सम्पत्तिसम्बन्धी झगडामा फसेकी छिन ।
पारशलाई सुटुक्क भेट्दै प्रेमिका
यसैवीच थाइल्याण्डमा उपचार गराईरहेका पूर्व युवराज पारश शाहलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न नदिइएको भएपनि उनकी प्रेमिका कन्निका चाइसनले सुटुक्क भेटिरहेको खवर जनआस्थाले छापेको छ ।
उनलाई पछिल्लो समय संरक्षण गर्ने र हृदयघात भएर ढल्दा अस्पताल पुर्याउने एनआरएन थाइल्याण्डका महासचिव सुनिल खडकाले समेत भेटन नपाइरहेका बेला प्रेमिकाले भने पारशकी पत्नी हिमानी, बाबु ज्ञानेन्द्र लगायत परिवारलाई छल्दै भेटिरहेकी छिन ।
थाइल्याण्डका एक धनाढ्यकी छोरी कन्निकाको बाक्लो सम्र्पक र पहुँचका कारण उनले पारशलाई भेटिरहेकी छिन ।
दरवार हत्याकान्डको वास्तविक सत्यता यि कार्किलाई मात्र थाहा हुन्छ्न। बिबेक शाह हो कि कसले एउटा अन्तर्वातामा भनेको “थियो यदि दरवार हत्याकान्डको वास्तविक सत्यता पत्ता लगाउने हो भने पूर्व युवराज दीपेन्द्रका २ ए डि सि माथि गहन अनुसन्धान गर्नु पर्छ।” सत्य जती दबाय पनि दब्दैन असत्य जती लुकाय पनि लुक्दैन। अब बिस्तारै यि दबियर बसेको सत्यता खुलेर आउने छन। जुन दिन यि कार्किलाई आफुले गरेको काम गलत हो एसको प्रयासचित गर्नु पर्छ भन्ने लाग्छ उस्ले सबै सत्यता बाहिर ल्याउने छन। जब मान्छे आफुलाई शक्तिशाली थान्छ तेतिखेर आफुले गरेको जुनसुकै कुकर्म पनि जायज थान्छ अनी जब आफुलाई कामजोर अनी लचार थान्छ ति पहिला गरेका कुकर्मले पोल्न थालछ र ठुलो गल्ती मासुस गर्छ अनी प्रयासचित्को बाटो खोज्छ। अब यि कार्की चारैतिर समस्यामा जेलिने छन र आफुले तेतिकेर गरेको कुकर्म र त्यस बापत आर्जन गरेको धन बेकाम लाग्ने छन। ति धन किन र कसका लागि उनी आँफैले थम्याउन सक्दैनन। यही कारण उनले नेपाली जनता सामु अपराध कबुल्ने छन र सत्य तथ्य नेपाली जनता सामु आउने छन।
पापको फल त भोग्नु नै पर्छ यो ध्रुब सत्य कुरा हो। नपत्याय पूर्व राजा ज्ञानएँद्रलाई हेर्नु। उनिसँग धन छ तर सुख र शान्ती छैन।
Well-loved. Like or Dislike:
35
4
[जवाफ फर्काउनुहोस्]
अरु को सम्पत्ति म कति नै मोज गर्न सक्इन्छ र नेपाली उखान नै छ नि अरु को सम्प्ती ले पोल्छ भने जस्तै भयको त हो नि
उनि हरु लाइ दीपेन्द्र को सम्प्ती थाहा छ भने नेपाल ट्रस् लाई जानकारी गरी सभ्य नगरिक बन्नु मा नै राम्रो होला
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
ram Reply: March 14th, 2013 at 9:25 am
Ani Hesilaa Yami jestalai kuwaune
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
chhori nai diye pachhi taaj lai k chahiye ko dipendra ko sampani?samjhana ma chitta bujhaye bhayo ni!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सानो मुखले ठुला कुरा नगर्दा राम्रो ।
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
If the truth has to come out then it should come at any way and at any cost. I strongly urge onlinekhabar to keep on chasing this scene…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
oh all dear friends dont believe upon the news published in janaastha. it is a mysterious paper that mentions all on the basis of imagine and doubt adding a little right facts as spice.
before believing on it, you should know about its background please.
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
पुर्वराजाको सम्पत्ती सरकारीकरण नगरे सम्म यस्तै भै रहन्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]