विजय थापा
३० फागुन, भर्जिनिया (अमेरिका) । अमेरिकाको भर्जिनिया राज्यमा रहेका दुर्इ तेक्वान्दो संघले कार्य गत एकता गर्ने भएका छन् । यही मार्च २ तारिखका दिन सम्पन्न भएको नेशनल क्यापिटल ओपन तेक्वान्दो प्रतियोगिताको शुभ साईतको अवसरमा नेपालमा तेक्वान्दोको विकास र विस्तारमा सहकार्य गर्दै आईरहेको अन्तराष्ट्रिय नेपाल तेक्वान्दो यूनियन (ईन्टु) र अन्तराष्ट्रिय नेप्लीज तेक्वान्दो संघ (ईन्टा) बीच एकता कायम भएको हो ।
तेक्वान्दो खेलको विकास र भावी पिढीहरुको सुन्दर सपनालाई साकार पार्न बिदेशी माटोमा छरिएर रहेता पनि फूट भन्दा जुट महत्व, चिरा पर्ने भन्दा एक ढिक्का हुदा नेपाल र नेपाली सबै खेलाडीहरुलाई फाईदा हुने भन्दै कार्यगत एकता गरेको लव गोर्खालीले दिएका छन् l
ईन्टुका अध्यक्ष लवप्रसाद गोर्खालीले दुवै संस्था मिलेर नेपालको तेक्वान्दो विकासमा विगतदेखि अहिलेसम्म अमेरिका वा अन्य देशमा छरिएर बसेका तेक्वान्दो खेलका शुभचिन्तकहरुसग सल्लाह र सुझाव लिई नेपाल तेक्वान्दो संघसग आवद्ध रही सहयोग निरन्तरता गर्नुको विकल्प नरहेको कुरामा पनि दुवै संस्थाका प्रतिनीधि सहमत भएका छन् ।
A LA THEKAI B HAYACHA TASO BHAYA.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]