गुगलले ल्याउने भो ‘बोल्ने जुत्ता’(भिडियोसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गुगलले ल्याउने भो ‘बोल्ने जुत्ता’(भिडियोसहित)

सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ ।

गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।

talking-shoe-google

गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’

कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् ।

गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन गर्न खोजिएको बताएका छन ।- एजेन्सीको सहयोगमा

 भिडियो हेर्नुहोस्

2 Comments on “गुगलले ल्याउने भो ‘बोल्ने जुत्ता’(भिडियोसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु