मनाङको उपाधी होड कायमै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मनाङको उपाधी होड कायमै

३० फागुन, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा मनाङ मस्र्याङ्दीले उपाधी होड कायमै राखेको छ ।

बुधबार भएको खेलमा आर्मीलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लिग लिडर थ्रीस्टारको अग्रता ६ अंकमा झारेको हो । जितपछि मनाङको १७ खेलबाट ३२ अंक भएको छ भने थ्रीस्टारको ३८ अंक छ ।

anil

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि छैटौं मिनेटमा नै अनिल गुरुङले गोल गरेका हुन् । सुजल श्रेष्ठको पासमा उनले हेड गोल गरे । त्यसपछि दुबै टोलीले केही राम्रा मौका सदुपयोग गर्न सकेन ।

खेलको ६३ औं मिनेटमा दोहोरो पहेँलोसँगै रातो कार्ड खाँदै बाहिरिएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो । तर, त्यसको फाइदा आर्मीले उठाउन सकेन र मनाङलाई १-० ले नजिता सुम्पियो ।

अर्को खेलमा मच्छिन्द्रले रानी पोखरी कर्नर टीम आरसीटीलाई पराजित गरेको छ ।  पहिलो चरणमा आरसीटीसंग ४-० को फराकिलो गोल अन्तरले पराजय भोगेको मच्छिन्द्रले हारको बदला लिएको छ ।

खेलको २९ औँ मिनेटमा कप्तान दिपक राईले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । तर, खेलको ७६ औँ मिनेटमा अमर डंगोलले गोल गर्दै आरसीटीलाई एक-एकको बराबरीमा पुर्‍याए । निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेटमा बाँकी छदा बिशाल राई ए ले गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए । योसंगै मच्छिन्द्रको १७ खेलवाट ३० अंक भएको छ भने आरसीटी समान खेलवाट २६ अंक छ ।

9 Comments on “मनाङको उपाधी होड कायमै”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु