३० फागुन, काठमाडौं । नेपाल-भारतको गृहसचिवस्तरीय बैठक स्थगित भएको छ । आन्तरिक कारण देखाउँदै भारतीय टोली नआएपछि बैठक स्थगित भएको गृह प्रवक्ता शंकर कोइरालाले जानकारी दिनुभयो ।
नेपाल-भारत गृहसचिवस्तरीय २ दिने बैठक चैत १ गतेबाट काठमाडौंमा सुरु हुने कार्यक्रम थियो । बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको थियो ।
वार्तामा नेपाल भारतबीचको सुरक्षा सरोकार, सीमा सुरक्षा, अपराध नियन्त्रणका विषयमा छलफल कार्यक्रम थियो । विगतका बैठकमा भएका सहमतिको समीक्षा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा पनि छलफल तय भएको थियो ।