३० फागुन, काठमाण्डौ । शिक्षामन्त्री दीनानाथ शर्माले निजी शिक्षण संस्थाहरुको समस्याहरु सम्बन्धित संस्थाहरुसंगै छलफल गरेर समाधान गरिने बताउनु भएको छ । बुधवार विहान काठमाण्डौमा बेलमन्ट स्कुलको ६७ औँ अभिभावक दिवसको उद्घाटन गर्दै शिक्षा मन्त्री शर्माले नीजि शिक्षण संस्थाहरुको छाता संगठन अपिनले सरकारले जारी गरेको निर्देशिका अस्विकार गर्ने निर्णयप्रति आश्चर्य प्रकट गर्नुभयो । उहाँले भन्नुभयो,’अपिनको गुनासोलाई छलफल गरेर निजी शैक्षिक संस्थाहरुको समस्यालाई समाधान गरिने छ ।’ 
मन्त्री शर्माले शिक्षाको लागि सरकारले धेरै ठूलो लगानी गर्दा पनि उपलब्धि हासिल गर्न नसकिएको वताउनुभयो । मन्त्री शर्माले निजी र सरकारी स्कुलहरु हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,’निजी शिक्षण संस्थालाई बन्द गराएर हैन प्रतिस्पर्धा गराएर अघि लान सरकार प्रयत्नशील छ ।” उहाले देशभरका युवाहरुलाई प्राविधिक तालिम दिलाउन शिक्षा मन्त्रालयले एउटा ठूलो परियोजना सुरु गरेको बताउनु भयो ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदिप पौडेलले राज्यले धेरै लगानी गर्दा पनि नतिजा राम्रो नआउनु राज्यको असफलता भएको बताउनु भयो । पौडेलले व्यक्ति व्यक्तिले निजी खर्चबाट स्थापना गरेका नीजि स्कुलहरुले सरकारको इज्जत बचाइदिएको बताउनु भयो । उहाँले निजी शिक्षण संस्थाहरु नहुँदा नेपालको शिक्षा गुणस्तरहिन हुन नसक्ने भएकाले सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
पढाइ मा बारम्बार फेल हुने बिद्धार्थी क्रान्तिकारी हुन्छन / अब शिक्षामन्त्री दीनानाथ शर्माले कुर्सि फुस्किय पछि , सडक मा ओर्लिएर अपिनको गुनासोलाई सम्बोधन गरने हो कि , अपिन बिरुद्ध को क्रान्तिकारी हरु को आंदोलन लाई सम्बोधन गरने हो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]