फिन्ल्याण्डका नेपालीहरुमा चुनावको चहलपहल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

फिन्ल्याण्डका नेपालीहरुमा चुनावको चहलपहल

श्रवण खनाल

हेल्सिन्की । गैर आवासिय नेपाली संघ (एनआएन) फिन्ल्याण्डका बर्तमान कार्यसमितिको कार्यावधि नजिकिदै गर्दा नयाँ कार्यसमिति छनौट प्रकृया सुरु भएको छ ।  मार्च ९ तारिखमा हेल्सिन्कीको मोनिहेलीमा सम्पन्न नेपालीहरुको भेलाले १८ मे मा नयाँ कार्यसमितिको चुनाव सम्पन्न गर्ने गरि ५ सदस्यिय निर्वाचन समिति गठन गरेको छ। नयाँ कार्यसमितिप्रति धेरै भन्दा धेरैको चासो रहोस् भन्ने हेतुले निर्वाचन समितिमै बिबिध क्षेत्रमा सम्मिलित सदस्यहरु चयन गरिएको हो ।

 शुशील ज्ञवालीको सँयोजकत्वमा गठित उक्त समितिका अन्य सदस्यहरुमा भवानी चम्लागाँई, मोहन अर्याल, बिशाल सिलवाल र श्रवण खनाल रहेका छन् । यस पटकको निर्वाचनमा पनि पहिलेको जस्तै फिन्ल्याण्डको राजधानी हेल्सिन्की बाहेक अन्य ५ क्षेत्रलाई प्रतिनिधित्व दिने भएको छ जस अनुसार उक्त क्षेत्रबाट कम्तिमा एकजना चूनिने छन। यसैगरि राजधानी बाहिर रहनुहुनेहरुका लागि हुलाक मार्फत भोट पठाउने ब्यवस्थापन कायम गरिएको छ। निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु छिट्टै नै सार्वजनिक गरिने जानकारी निर्वाचन समितिले दिएको छ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु