एमाले अखिल आफ्नै पार्टी बिरुद्धको आन्दोलनमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एमाले अखिल आफ्नै पार्टी बिरुद्धको आन्दोलनमा

आयोजक कमिटी एकलौटी भएको भन्दै बल्खुमा धर्ना

anera sobiu३० फागुन, काठमाडौं । सार्वजनिक यातायातमा भएको भाडाबृद्धि फिर्ता गर्न माग गर्दै बुधबार बिहान चारघण्टा चक्काजाम कार्यक्रम सकेपछि अरु संगठनका बिद्यार्थी आआफ्ना काममा लागे । एमाले अखिलका विद्यार्थीको प्रदर्शन भने अझै सकिएको थिएन । अरु विद्यार्थी संगठनसँग चक्काजाम कार्यक्रममा सहभागी भएपछि अनेरास्ववियुका एकथरी कार्यकर्ता छुट्टै भेला भए र पार्टी कार्यालय बल्खुतिर लागे । सरकारबिरुद्ध आन्दोलन हैन, आफ्नै पार्टी बिरुद्ध प्रदर्शन र धर्ना गर्न ।

‘पार्टीका विद्यार्थी ईन्चार्जले एकपक्षीय रुपमा आयोजक कमिटी गठन गरेकोले यसलाई सच्याउन माग गर्दै हामीले पार्टी कार्यालयमा धर्ना र प्रदर्शन गरेका हौं’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो । अनेरास्ववियुको सम्मेलन आयोजक कमिटी गठन एकपक्षीय र त्रूटीपूर्ण रहेकाले त्यसलाई सच्याउन माग गर्दै बिघटित केन्द्रीय कमिटीका आधाजति सचिवालय सदस्यहरुले केही दिनअघि पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए । ‘तर ज्ञापनपत्रको सुनुवाई नभएपछि धर्नामा उत्रिन बाध्य हुनुपरेको हो’ खतिवडाले भन्नुभयो ।

बल्खुको धर्ना तथा प्रदर्शनमा सहभागी बिघटित कमिटीका उपाध्यक्षहरु नवराज पौडेल , लक्ष्मण लम्साल, सुधीर साह, नवीना लामा, कोषाध्यक्ष दीपक गौतम लगायतले आयोजक कमिटी तत्काल सच्याउन माग गरेका छन् ।पार्टीका विद्यार्थी इन्चार्ज भानुभक्त ढकालले विवाद समाधान गर्नुको सट्टा झन् बल्झाएको असन्तुष्ट विद्यार्थी नेताहरुको आरोप छ । केपी ओली पक्षीय ढकालले आफ्नो गुटका विद्यार्थीलाई आयोजक कमिटीमा राखेको असन्तुष्टहरुको आरोप छ । पार्टी अध्यक्ष झलनाथ खनाल पक्षका विद्यार्थी नेताहरुले यसरी असन्तुष्टी जनाएका हुन् ।पुस २१ गतेको स्थायी कमिटीको निर्णयबमोजिम गत १९ गते बिघटित कमिटीका ६० प्रतिशतलाई कार्वाही गर्दै २१ औं सम्मेलन आयोजक कमिटी घोषणा गरिएको थियो ।

विवादकै कारण सकृयता घट्दो

एमालेभित्रको क्रियाकलापमा मात्र होइन, सडक प्रदर्शन र रचनात्मक कार्यक्रममा पनि अनेरास्ववियुको भूमिका महत्वपूर्ण मानिन्छ । राजतन्त्र बिरोधी आन्दोलनमा नेविसंघले अखिलका कार्यकर्ताबाट नै पुत्ला बनाउन सिकेका थिए । आन्दोलनको रोचक शैली र तौरतरीका अपनाउन अखिलका कार्यकर्ता खप्पिस मानिन्थे । तर अखिलमा माधव ढुंगेलको नेतृत्व भएपछि संगठनको भूमिका खस्किएको अखिलकै कार्यकर्ता बताउँछन् ।

अहिले सडकमा सरकार बिरुद्धको आन्दोलनमा अखिलका कार्यकर्ता भन्दा नेविसंघकै कार्यकर्ताले नेतृत्व गरेको देखिन्छ । जबकी स्ववियु निर्वाचनमा अरुलाई पछि पारेको अखिलले सडक आन्दोलनमा पनि अगुवाको भूमिका निर्वाह गर्दै आएको थियो । अहिले संगठनभित्र गुटउपगुटको शिकार भएपछि अखिलको यो सकृयता हृवात्तै घटेको छ । विपक्षी दलका अरु विद्यार्थी संगठनसँग सडक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको अखिल बुधबारदेखि आफ्नै पार्टी बिरुद्धको प्रदर्शनमा जुटेको छ ।

4 Comments on “एमाले अखिल आफ्नै पार्टी बिरुद्धको आन्दोलनमा”
  • Gaurav wrote on 13 March, 2013, 9:30

    यो जनता झुक्याऊने नौटकिं हो।

    Like or Dislike: Thumb up 10 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 13 March, 2013, 9:48

    अनेरास्ववियुका एकथरी कार्यकर्ताको आफ्नै पार्टी बिरुद्ध प्रदर्शन र धर्ना गर्का छ्न / यो एमाले को बैचारिक बिचलन, सत्ता मुखी प्रब्रिती का कारण ले गर्दा अब आउने चुनाब मा उस्को पत्ता साफ हुने संकेत हो

    Like or Dislike: Thumb up 18 Thumb down 17

    [जवाफ फर्काउनुहोस्]

    kedar Reply:

    काङ्ग्रेकाको पनि उस्तै हालत छ काङ्ग्रसी मित्र अरूको देखेर ताली बजाउनु मात्रै हो ।

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Dipu ! wrote on 13 March, 2013, 13:18

    यो साह्रै दु:खद कुरा हो । माथि देखी तल सम्म केवल गुटवन्दी ! यसले पार्टिलाई मात्र हैन पुरा देशलाई नै नराम्रो असर गर्छ । नेपालका पार्टिहरुमा यो गुटवन्दी कहिले समाप्त होला ? एमाले नेत्रित्वले चाँडो भन्दा चाँडो यो समस्यालाई हल गरी अखिललाई सकृय बनाउनु पर्छ ।

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु