एमाले पत्रकारवीच आरोप-प्रत्यारोप :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एमाले पत्रकारवीच आरोप-प्रत्यारोप

३० फागुन, काठमाडौं । संविधानसभा चुनावमा दुई-दुई ठाउँबाट पराजित हुँदा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कसैलाई आरोप र दोषारोपण लगाउनुभएन । सहजै हार स्वीकार्नुभयो र विजयी हुने आफ्ना प्रतिद्वन्द्वीलाई बधाइ र शुभकामना दिएर नैतिकताका आधारमा पार्टीको जिम्मेवारीसमेत छाड्नुभयो । तर, उनै नेता नेपालका प्रेस सल्लाहकार भएर काम गरिसक्नुभएका एकजना पत्रकारले भने आफ्नो हारपछि एमालेभित्रको भाँडभैलो सबैका सामु उदांगो बनाइदिनुभएको छ ।

यसै साता बिराटनगरमा सम्पन्न अधिवेशनपछि एमाले समर्थित प्रेस चौतारी एक ढिक्का भएको प्रचार गरिए पनि अध्यक्षमा भारी मतले पराजित पत्रकार बिष्णु रिजालको सार्वजनिक असन्तुष्टिले एमालेभित्रको तुषलाई सतहमा ल्याएको छ । अधिवेशनमा आफ्ना प्रतिद्वन्द्वी राजेन्द्र अर्यालभन्दा २ सय कम भोट ल्याएर पराजित रिजालले आफ्नो हारमा सिंगो पार्टी नै लागेको आरोप लगाउनुभएको छ ।

chautari

रिजाल आफैं सम्पादक रहेको बुधबार साप्ताहिकमा ‘चौतारीमा निर्लज्ज हस्तक्षेप’ शीर्षकमा लेखिएको छ-’व्यवसायिक पत्रकारहरुको आकर्षण बढ्दै गएको प्रेस चौतारीमा निर्लज्ज हस्तक्षेप गरी एमालेका नेताहरुले तहस-नहस बनाएका छन् । उनीहरुको ठाडो हस्तक्षेपका कारण नेतृत्व गैरपत्रकारका हातमा पुगेको छ ।’

अर्याललाई जिताउन झलनाथ खनाल, केपी ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, अरुण नेपाल, योगेश भट्टराई, ठाकुर गैरे, गोकर्ण विष्ट समेत लागेको समाचारमा उल्लेख छ । यस्तै पत्रकारहरु शम्भु श्रेष्ठ, सूर्य थापा, प्रमोद दाहाल र चौतारीका निवर्तमान अध्यक्ष गगन बिष्ट समेत आफूलाई हराउन लागि परेको रिजालको आरोप छ । ‘बिराटनगरमा दुई गुटका बीच सहमति भएपछि प्रतिनिधिलाई कोठामा बोलाएर राजेन्द्रका पक्षमा कन्भिन्स गर्ने काम प्रदीप ज्ञवाली आफैंले गरेका थिए भने फिल्डमै पुगेर लोभ्याउने, हप्काउने र फकाउने काम सूर्य थापा र प्रमोद दाहालले गरेका थिए’ रिजाल प्रकाशक र सम्पादक रहेको बुधबार साप्ताहिकमा भनिएको छ ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मीनबहादुर शाहीलाई समेत नवधनाढ्य भन्दै रिजालले तीतो पोख्नुभएको छ । नेता प्रदीप ज्ञवालीलाई पनि उत्तिकै झटारो हानिएको छ । ‘भाषण गर्दा र लेख्दा लोकतान्त्रीककरणका मीठा कुरा गर्ने प्रदीप ज्ञवालीको रवैयाबाट पत्रकारहरु थप चकित परेका छन् । प्रचार विभाग कतै लाग्दैन भनेर उनले जति भने पनि प्रचार विभागका सूर्य थापा, शम्भु श्रेष्ठ, प्रमोद दाहाल, मीनबहादुर शाहीलगायत निर्लज्ज रुपमा प्रचारमा लागेको उनले नदेखेझैं मात्र गरेनन्, आफैं पनि आफ्ना पीए (राजेन्द्र अर्याल)को पक्षमा खुलेर लागे’ समाचारमा उल्लेख छ ।

व्यक्तिगत प्रतिष्पर्धा गर्ने भनिए पनि चौतारीको चुनावलाई पुरै गुटबन्दीको अभ्यास गर्ने अवसर बनाइएको बुधबार साप्ताहिकमा छापिएको छ । ‘बिराटनगरमा अधिवेशन उद्घाटन गर्न जाँदा झलनाथ खनालले एयरपोर्टमै विष्णुलाई कुनै हालतमा जिताउन हुँदैन भनेका थिए भने ईश्वर पोखरेलले रातिसम्म रत्ना होटलमा बसेर गगनका नाममा सहमति गर्नु राम्रो, त्यसो नभए राजेन्द्रलाई जिताउनुपर्छ भन्ने निर्देशन दिएका थिए’ रिजाल सम्पादित बुधबार साप्ताहिकमा उल्लेख छ ।

‘दिमाग खुस्केको’

चुनावमा उठेपछि कि जितिन्छ, कि हारिन्छ । यो सबलाई थाहा भएको सर्वमान्य कुरा । हारको पीडा हारिसकेपछि धेरैलाई लाग्छ, हराउन कसैले षडयन्त्र गरेको छ । त्यसैले पराजयपछि धेरैलाई आफ्नो हार स्वीकार्न अप्ठेरो लाग्छ । तर, जे जस्तो भएपनि जित्नेलाई बधाइ र शुभकामना दिने राजनीतिक संस्कार हो । तर, रिजालले आफैं सम्पादक भएको पत्रिकामार्फत् पार्टी नेता र सहकर्मी पत्रकारमाथि रीस पोखेको देख्दा एमालेका नेताहरु चकित भएका छन् । बुधबार साप्ताहिकमा आफूलाई समेत मुछेर खबर आएपछि प्रमोद दाहालले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ -’दिमाग खुस्केको पागल सम्पादक भएपछि ।’

16 Comments on “एमाले पत्रकारवीच आरोप-प्रत्यारोप”
  • bhim lamichhane wrote on 13 March, 2013, 10:34

    अब एमाले पार्टी सकीदै छ;

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 49 Thumb down 38

    [जवाफ फर्काउनुहोस्]

    prasad Reply:

    mao badi le jastai kursi hane ko bhaye first number hune thiyo … ris matra pokhe pachi patta saf huncha ni. baru comred bhim ko parti ko k halat hune ho herna baki cha.

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • krishna pathak wrote on 13 March, 2013, 10:35

    uml bhitra yasto shadyantra bhayena bhanna sakinna.

    Like or Dislike: Thumb up 5 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 13 March, 2013, 10:37

    नेपाली कांग्रेस को मेलमिलाप को निति बिपरित , एमाले ले पहिला जनता लाइ एक आपस मा लडाए , अहिले आफै लड्दैछन / यो एमाले को अब आउने चुनाब मा पत्ता साफ हुने संकेत हो

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 38 Thumb down 36

    [जवाफ फर्काउनुहोस्]

    Sntos Reply:

    congressi haru le yo gutbandi ko barema dherai na khoke hun6a n 1 more thing, can u Plz explain what is there in ur “melmilap ko niti “? congress ko tyo niti, (bp ko hoina) bhaneko milera khane matrai ho.
    arko kura, pahile Janata ko ghar ma CONGRESS pasera luththe, ahile onlinekhabar ko news ma yo congressi ko virus pasera tension

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sudhir wrote on 13 March, 2013, 10:42

    Pramod ji le galat kura lekhnu bho. Jasko dimag huncha tesko po khuskincha, jasko chaina tesko ke khuskinu?

    Like or Dislike: Thumb up 17 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • shubhas bohara wrote on 13 March, 2013, 11:31

    Janata ko Bahudaliye janabad napadheko patrakar rahechha

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • shubhas bohara wrote on 13 March, 2013, 11:32

    yo kesh ma yethartha k ho partile chhanbin gari sarbajanikgarnu parchha

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Dipu ! wrote on 13 March, 2013, 12:56

    “हरुवा गोरुको छेरुवा दाउ” भनेको यही हो ! अनी यस्ता झिना मसिना तिक्तताले एमाले सकिने भविष्यवाणी गर्नेहरु गोबर गणेश हुन । तिमीले सोचे जती एमाले कमजोर छैन भन्ने कुरा जान्दा वेश होला !

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Sntos wrote on 13 March, 2013, 13:07

    congressi haru le yo gutbandi ko barema dherai na khoke hun6a n 1 more thing, can u Plz explain what is there in ur “melmilap ko niti “? congress ko tyo niti, (bp ko hoina) bhaneko milera khane matrai ho.
    arko kura, pahile Janata ko ghar ma CONGRESS pasera luththe, ahile onlinekhabar ko news ma yo congressi ko virus pasera tension

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • keshav wrote on 13 March, 2013, 13:18

    UML PARTY KAI LAGI LEKHUNU PARNE BELA KINA CITISIZE HO SIR?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ठाकुर आदित्तेय wrote on 13 March, 2013, 13:48

    tukka dhikkar chha timi pitpatrakaar jiu harulaai.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • rosan wrote on 13 March, 2013, 14:17

    malia lagxa nepali neeta haru bollywood nikai najik bata herxan ra anti hero ko darsan apnauxan kaile amris pure ta kaile denny…barabar ko soch rakxan…gayagujreka neta…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sandesh paudel wrote on 13 March, 2013, 14:51

    hun ta ramro patrkarita garne manche bishnu rijal hun uni bebsayik ptrakarita garna sakne chymata pani rakchan .rajendra nepali patrakaritama tapartuiya nai hun .neta ko ghar dhaune dhekhi chakari ra chaplusi garna ma ustai sipalu pani chan kahile bidesh dhaune ra kahile man lagda sourya saptahik patrika nikalne garchan kasailai ramrari dhamkayar paisa aaune jasto cha bhane tyo pani choddainan .unle yati belako adhibesanma aafu chairman hune plan anusar preshchautariko karib 55 jilla adhibesanma bhag liya .dailekhi patrakarko aandolanma yak hapta sath diya .jillabat aayaka pratinidhile jo aafule chineko cha gau basti ra bhirma hideko cha uslai bhot dineki malai ta purba priministerko press pratinidhi hum ma kasai sangh bhot magnu pardaina aafai die halchan ni bhanera yo jamanama kasaile dine bala chaina sathiharu sang hat milauna garo manne rijal jiko bebasayikata balkhuma ramro lekh ra samachar banayara basnu nai ramro bekarma kin tauko dukhau bho sabbailai dosh diyara tapaiko mama sasurale ta partikai secretary hunuhuncha ni sath paunu bhyana .

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna sharma wrote on 13 March, 2013, 15:33

    यो बुधबार नामको पत्रिका कहिले कहाँबाट निस‌्कँदो रहेछ कुन्नि । पहिले एमाले कार्यालयबाट निकाल्थे क्यार । अहिले पनि निस्कदो रहेछ भन्ने कुरा थाहा दिएकोमा अनलाइन खबरलाइ धन्यवाद ।

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • rabilal wrote on 14 March, 2013, 2:33

    अब नेपाल का पत्रकार र नेता उस्तै उस्तै भए जस्तो लग्न थाल्यो

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु