पत्नीको मासु खाने षड्यन्त्र गरेकोमा अमेरिकी अफिसर दोषी ठहर :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पत्नीको मासु खाने षड्यन्त्र गरेकोमा अमेरिकी अफिसर दोषी ठहर

३० फागुन, काठमाडौं । न्यूयोर्क पुलिसले एक अफिसरलाई आफ्नो पत्नी र अन्य महिलाको हत्या गरेर उनको मासु पकाएर खाने षड्यन्त्र रचेकोमा दोषी ठहर गरेको छ ।

अमेरिकी मिडियाले गिल्बर्तो बैलेलाई ‘नरभक्षी पुलिस’को संज्ञा दिएका छन् । २५ वषर्ीय वैलेलाई जूनमा सजाय सुनाइनेछ । उनलाई जन्मकैद हुन सक्ने बताइएको छ । अभियोजन पक्षले भने हत्या गरेर मासु पकाउन र खान उनले केही महिलालाई सम्पर्क समेत गरिसकेको आरोप लगाएको छ ।

उनले महिलाहरुको निजी जानकारी लिन कानुनी एजेन्सीको डाटाबेस प्रयोग गरेको आरोप पनि प्रमाणित भएको छ । उनको कम्प्युटरमा मानव मासु जस्ता शब्द सर्च गरिएको भेटिएको छ । उनकी पूर्व पत्नी क्याथलिनले पनि वैलेसविरुद्ध बयान दिएका छन् ।

One Comment on “पत्नीको मासु खाने षड्यन्त्र गरेकोमा अमेरिकी अफिसर दोषी ठहर”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु