३० फागुन, काठमाण्डौ । युरोपमा रहेका नेपालीहरुले अब बैधानिक एवं सुलभ तरिकाले नेपालमा रेमिट्यान्स पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकबाट बिप्रेसन (रेमिट्यान्स) कारोबारको इजाजत संसार रेमिटले स्पेन, इटली र पोर्चुगलबाट रेमिट्यान्स कारोबार थालेको हो ।
काठमाडौँको दरबारमार्गस्थित ऊडल्यान्ड कम्प्लेक्समा मुख्य कार्यालय रहेको संसार रेमिटले स्पेशमा मुख्यालय रहेको NEC MONEY TRANSFER सँगको सहकार्यमा रेमिट्यान्स कारोबार थालेको हो । NEC ले हाल ९० देशका आफ्ना विभिन्न बैंक तथा एजेन्टमार्फत सेवा दिइरहेको छ ।
रेमिट्यान्स कारोबारमा राम्रो अनुभव भएका व्यवसायीहरुको संयुक्त लगानीमा स्थापित यो कम्पनीले एनएमवी बैंकसँगको सहकार्यमा रेमिट्यान्स भुक्तानी गर्ने छ ।
एनएमबीका नेपाल भरि रहेका १५०० भन्दा बढी प्रतिनिधि हरु बाट रकम भुक्तानी हुनेछ । एनएमबीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र संसार रेमिटका अध्यक्ष प्रदीप श्रेष्ठले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले छिटो-छरितो र भरपर्दो माध्यमबाट विदेशमा रहेका नेपालीले पठाएको रकम सहज तरिकाले स्वदेश भित्र्याउन मुख्य भूमिका खेल्ने अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । संसार रेमिटले छिटै युरोपका अन्य देशसहित जापान, अस्ट्रेलिया, अमेरिका र बेलायतबाट पनि आफ्नो सेवा सुरु गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।