रेग्मीलाई रोक्न कांग्रेस १७ केन्द्रीय सदस्यको ज्ञापत्र पत्र :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रेग्मीलाई रोक्न कांग्रेस १७ केन्द्रीय सदस्यको ज्ञापत्र पत्र

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका १७ जना केन्द्रीय सदस्यले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बहालवाला रहेकै अवस्थामा सरकारको नेतृत्व नदिन पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।

बुधबार चार दलको बैठक स्थलमा पुगेर पार्टी सभापति सुशील कोइरालालाई बुझाएको ज्ञापन पत्रमा पार्टी निर्णय र लोकतान्त्रिक मूल्य मान्यताप्रति सजग रहने सचेत गराइएको छ । ’केन्द्रीय कार्यसमितिको निर्णयविरुद्ध नजान सचेत गराइएको हो’ केन्द्रीय सदस्य केपी गुरुङले अनलाइनखबरसाग भन्नुभयो ।

पार्टीको फागुन पहिलो साता सम्पन्न केन्द्रीय समितिले दिएको म्याण्डेट विपरित सहमति गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी वार्तामा बसेका नेताहरुले लै लिनु पर्ने उनीहरुको चेतावनी छ । ’आजको जटिल परिस्थितिमा सहमतिको सरकार निर्माण गर्नेक्रममा प्रधानन्यायाधीशबाटै सहमतिको सरकारको नेतृत्व गरिने विषयमा नेपाली कांग्रेस सहमतिमा पुग्नुपर्दा न्यूनतम लोकतान्त्रिक मुल्य मान्यताका आधारभुत सिद्धान्त, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त राष्ट्रियता तथा जनताको भावनाको उच्च सम्मान गर्दै सहमतिको सरकारको नेतृत्व प्रधानन्यायाधीश चयन हुनु अगावै राजीनामा दिनुपर्ने राम्रो दृढ धारणा रहेको छ’ ज्ञापन पत्रमा भनिएको छ–’अन्यथा यसबाट सृजित सम्पूर्ण परिस्थितिको जिम्मेवार वार्तामा प्रतिनिधिहरु र पदाधिकारी नै रहनुहुनेछ भन्नेमा पनि हामी स्मरण गराउन चाहन्छौं ।’

ज्ञापन पत्रमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मानबहादुर विश्वकर्मा, पूर्णबहादुर खड्का, एनपी सावद, महालक्ष्मी उपाध्याय डीना, भीष्मराज आङदम्बे, चन्द्र भण्डारी, अम्बिका बस्नेत, पुष्पा भूसाल, शंकर भण्डारी, गगन थापा, ईश्वरी न्यौपाने र सुजाता परियारले हस्ताक्षर गर्नु भएको  छ ।

9 Comments on “रेग्मीलाई रोक्न कांग्रेस १७ केन्द्रीय सदस्यको ज्ञापत्र पत्र”
  • gorkha tiger wrote on 13 March, 2013, 13:53

    Monkey face Susil Koirala Prachanda ko puchhar bhayara sahamati gari sakyo aaba timiharu le tauko thokayara hune wala kehipani chhaina…………..

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Kranti राज dallaकोटी wrote on 13 March, 2013, 14:10

    धन्यवाद कें स ज्यू हरू । अब केही त हुन्छ की आशा गरौ।
    । सवैको जय होस । जय नेपाल ।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • adhiraj rai "prakash" wrote on 13 March, 2013, 14:21

    प्रचण्डको प्रपण्डमा परे सपै नेताहरु बिचार यि बबुराहरु…नाटक ब धेरै भो…अव आन्दोल गर्नुको विकल्प छैन । प्रधानन्याधिसलाई न्यायलय जाने डिउटि पो दिएकोछ त नेपालको कानुनले कताबाट आयो यो शिंह दर्वारको कुरा ।

    Like or Dislike: Thumb up 4 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Lok Bandhu Binayee wrote on 13 March, 2013, 14:39

    हातको माछा छोडेर दूलामा माछा खोज्नु जतिको मूर्ख्याइँ अरू के होला कांग्रेसी महाँमहिम हो, यो परिस्थितिका जन्मदाताहरू अरू कोिह होइनन् ितमिहरू स्वयम् नै हौ ख्याल गर ।

    Like or Dislike: Thumb up 15 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • yobaraj pathak wrote on 13 March, 2013, 15:52

    all ok if in for, all not ok, if against, all not ok.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • anonymos wrote on 13 March, 2013, 16:11

    कांग्रेसी कहाँ गयो अहिले ? चुप चाप छ त !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhim lamichhane wrote on 13 March, 2013, 16:38

    तीमी हरुले बाबुरामलाइ पनी सहमती नगर्ने अनी अब रेग्मी मा सहमती भइसकेपछी कीन नीहु खोज्छौ.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Gandhiraj wrote on 13 March, 2013, 22:03

    “Kharani ko thupro mathi basera garieko arthahin bilap”

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhuba khafka wrote on 14 March, 2013, 2:54

    aba congressle 2007,2046 ra2062-2063ko kramasa kranti,janaaandolan rajanaandolan-2ko upalbdhilai birsidiyo. baburamlai kursibata hatauna apabitra gathabandan garnu siddhantabata chute hunu ho.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु