ओखलढुंगाको पोकलीमा ०२७ सालमा जन्मेका पूर्वसभासद् बालकृष्ण ढुंगेल विद्यार्थी जीवनमै ०४२ सालदेखि मोटो मशाल हुँदै माओवादीमा लागेको बताउँछन् । बुबा २ वर्षअघि र आमा आफू जेलमा छँदा दमको रागले बितेको उनको भनाइ छ । ओखलढुंगाका निर्वाचित पूर्वसभासद् रहेका ढुंगेलका दुई छोरीहरु राजधानीमै कक्षा १० मा अध्ययनरत् छन् ।
यो साता प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वसभासद् ढुंगेलसँगै एउटा विद्यालयको कार्यक्रममा सहभागी भएको विषयले मिडियामा निकै ठूलो चर्चा पायो । आखिर को हुन् बालकृष्ण ढुंगेल ? किन उनी चर्चाको पात्र बनिरहेका छन् ? यस विषयमा अनलाइनखबरले गरेको सम्वाद:
बालकृष्ण ढुंगेललाई अपराधीका रुपमा प्रस्तुत गर्दै पोष्टरसमेत बनाई प्रदर्शन भैरहेको छ । तपाईचाहिँ भूमिगत हुनुहन्छ कि खुल्लै हिँडिरहनुभएको छ ?
-म भूमिगत छैन, सडकमै डुलिराखेको छु । भर्खरै सिंहदरबार पुगेर आएको छु । काठमाडौं र जिल्ला (ओखलढुंगा) बराबर आवत-जावत गरिरहेको छु । चार दिनअघि काठमाडौंदेखि प्रधानमन्त्री सँगै जिल्ला गएको थिएँ । त्यहाँ एउटा उच्च माविको स्वर्ण महोत्सव थियो । क्याम्पस र उमाविको पुनर्मिलन कार्यक्रम थियो । निर्वाचन क्षेत्र नम्बर २ मा रहेको उच्चमाविको विज्ञान शंकाय कसरी बचाउने होला भनेर अक्षयकोष स्थापना गर्ने र शिक्षाप्रतिको लगानी आफैंबाट शुरु गरौं र शिक्षामा योगदान गरौं भन्ने कार्यक्रम अन्तरगत प्रधानमन्त्री जिल्ला जानुभएको थियो ।
तपाईको विरोधमा महिलाअधिकारकर्मी, वकिल र मानव अधिकारकर्मीहरुले सडकमा नारा लगाएको धेरै भैसक्यो । अकुपाई बालुवाटार अभियानले पनि तपाईलाई ‘अपराधी’ भनिरहेको छ । यसबारे तपाईको विचारचाँहि के छ ?
-वर्गीय पक्षधरताभित्रको स्वाभाविक आन्दोलन हो यो । जनयुद्धको प्रारम्भदेखि उत्कर्षसम्म आइपुग्दा विभिन्न आरोह र अवरोह ब्यहोर्नुपर्यो । त्यसबेला पनि आन्दोलनका समर्थक र विरोधीहरु थिए, अहिले पनि आन्दोलन विरोधीहरु विभिन्न शीर्षकमा बदलिएका मोर्चा बोकेर आइराखेका छन् ।
मेरो व्यक्तिगत अनुभूति कस्तो छ भने अहिले अकुपाइ बालुवाटार वा जेजे भनिए पनि उनै सुबोध प्याकुरेल, कनकमणि दीक्षित, मन्दिरा शर्माको सामुहिक हण्डी संगठन हो भन्ने लागेको छ यो अकुपाई बालुवाटार । हिजो यिनीहरु शान्तिको नारा फ्याँकेर डलर कमाउँथे, आज द्वन्द्व व्यवस्थापन गर्ने बेलामा युद्ध भड्काउने गरी घाऊहरु कोट्याउनु साम्राज्यवादीहरुको युद्धनीति अन्तरगत पर्दछ । त्यो बाहेक यो अभियान केही होइन ।
तपाई मान्छे मारेको अभियोगमा अहिलेसम्म जेल पर्नुभएको छैन नि हैन ?
-म यही शीर्षकमा साढे ८ वर्ष जेल बसें । शुरुमा ओखलढुंगा जिल्ला कारागारमा राखियो । दुईमहिना जति हिरासतमै प्रहरीले मलाई बेपत्ताजस्तै बनायो । त्यसपछि काठमाडौंको केन्द्रीय कारागारमा राखियो । ०६२/०६३ को जनआन्दोलनपछि पुनरावेदन अदालतले सफाइ दिएर म छुटेको हुँ ।
पुर्पक्षका लागिमात्रै ६ वर्षसम्म जेल बसेको मान्छे हुँ म । कानून अनुसार २ महिनादेखि ३ वर्षसम्म मुद्दा फैसला गरिसक्नुपर्छ । तर, अदालतले मलाई माओवादी हुनुको नाताले पूर्वाग्रही ढंगले साढे ६ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्यो ।
भुवनकुमार (उज्जन) श्रेष्ठलाई जनयुद्धकालमा तपाईले मार्नुभएको हो कि हैन ?
-म व्यक्तिगतरुपमा त्यो घटनामा संलग्न रहौं या नरहौं, त्यो दोस्रो पाटो हो । त्यतिबेला माओवादीबाट सञ्चालित जनयुद्धका विरुद्ध सुराकी गरेवापत भुवनकुमार श्रेष्ठलाई सफाया गरिएको थियो । अहिले भुवनका दाजु गणेशकुमारलाई पनि बालकृष्ण ढुंगेलले नै मारेको भनेर ब्यानर बनाइएको छ । तर, केन्द्रीय कारागारभित्र थुनिएका बेला त्यो घटना भएको छ । गणेशकुमारकी छोरीले अन्य कतैको अवैधानिक सम्बन्धका कारणले आत्महत्या गरेको भन्ने बजारमा सुनिन्छ । त्यो पनि बालकृष्ण ढुंगेलकै कारणले मारिएकी भनिँदैछ । हुँदाहुँदा यो देशमा मरेका सबै मान्छे बालकृष्ण ढुंगेलबाटै मारिएको भन्नेजस्तो उनीहरुका तर्फबाट प्रचार गरिँदैछ । वास्तविकता भन्ने हो भने त्यो घटनामा व्यक्तिगतरुपमा म संलग्न थिइँन । त्यतिबेला राज्यपक्षबाट दमन गर्ने क्रममा मलाई राज्यले गिरफ्तार गर्यो र यस्तो मुद्दा लगायो ।
तर, सर्वोच्च अदालतले त तपाईलाई जेल हाल्न आदेश दिएको र तपाईले त्यसलाई नमानेको होइन ?
-सर्वोच्चले शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म विपरीत फैसला गर्यो । अदालतले यसलाई पुनर्मूल्यांकन गर्नुपर्छ । नियतवस त्यस्तो फैसला गरिएको हो भने सर्वोच्च अदालत द्वन्द्व व्यवस्थापनको पक्षमा छ कि भड्काउने पक्षमा छ भन्ने प्रश्न उठ्छ । म आफू कानूनले पीडित बनाइएको व्यक्ति हुँ भने मैले सर्वोच्च अदालतसँग यो दाबा किन नगर्ने ? मेरो प्रश्न यहाँनेर छ ।
सभासद् भैसकेको मान्छे, अदालतले नै आदेश दिइसकेपछि त त्यसलाई मान्नुपर्यो नि हैन र ? जेल जान, गिरफ्तार हुन तयार हुनुपर्यो……
-अदालतले अन्याय गर्यो भने न्याय माग्ने कि नमाग्ने ? मलाई अन्याय भयो भन्ने कि नभन्ने ? अदालत भनेको त्रिकालदर्शी हो र ? के अदलातले अन्याय गर्दैन ? अपराधलाई सबैभन्दा बढी बैधानिकता कहाँबाट दिइन्छ ? यो विषयमा बहस गर्न पाउने कि नपाउने ? यो २०५४ साल असारको घटना हो । म ०५५ साल मंसिरमा गिरफ्तार भएँ । म लगभग साढे ८ वर्ष यो मुद्दामा जेल बसें । यातनाबाट मेरो किड्नी ड्यामेज बनाइएको छ । हिटरमा पिसाब फेराएर । अहिले पनि मलाई छामेर हेर्नुभयो भने शरीर सुन्निएको छ । म चरम यातनाबाट गुजि्रँदा मेरो मानवअधिकार कहाँ थियो ? मैले यो अधिकार खोज्न पाउने कि नपाउने ?
अर्कोतिर माओवादी पार्टीको सुराकी गरेका कारण तत्कालीन माओवादी नेता पुस्कर गौतम र बालकृष्ण ढुंगेलसमेतले गोली हानेर मारेको भन्ने जाहेरी छ । म कुन दिनबाट माओवादीमा लागेर भनेर लाइसेन्स दिने लाइसेन्स कर्ताजस्तो कनकमणिजीहरु देखिनुभएको छ । मलाई त अचम्म लागिराखेको छ । रामेछाप, सोलु, ओखलढुंगाको सबैभन्दा पुरानो कार्यकर्ताभित्र म पर्छु । म पार्टीमा ०४२ सालदेखि सामेल भएको हो । उज्जन भन्ने भुवन श्रेष्ठ मारेर म यो आन्दोलनमा आएको मान्छे होइन । त्यसैले सत्य चिज के हो, त्यो हेर्नुपर्यो । के मेरो मुद्दाको मिसिल हेर्ने कनकमणि दीक्षितलाई फुर्सद छ ? विदेशी डलर गन्दैमा उनलाई फुर्सद छैन होला । तर, म कनकमणि, सुवोध प्याकुरेल र मन्दिरा शर्मालाई अनुरोध गर्छु, एकचोटि बालकृष्ण ढुंगेलको मिसिल अध्ययन गर्नोस् र मात्रै बोल्नोस् । नबुझिकन बोल्नु र सुन्निएर मोटाउनु एकै हो ।
के छ त्यो मिसिलमा ?
-पहिले ०५५ सालको ‘किलोसेरा टु’को अध्ययन गर्न जरुरी छ । त्यसबेला राज्यले के गरेको थियो, त्यो अध्ययन गर्न जरुरी छ । जहाँसम्म मेरो मुद्दाको कुरा छ, त्यसमा के भनिएको छ भने राति तीन कान्ला माथि मकैबारीको भित्तामा लुकेर कोही मान्छेले हेर्यो, भुवन भनिने उज्जन श्रेष्ठ बाटामा जाँदै थियो, त्यहाँ म उसलाई मार्नका निम्ति बसिराखेको थिएँ रे । यो कुरा उसले कसरी थाहा पायो र हेर्न आयो ? भुवनलाई मैले नचिनेर टर्च बालें रे । पुस्कर गौतमले टर्च देखायो र बालकृष्ण ढुंगेलले गोली ठोक्यो रे । हामीले चाँहि नजिकै रहेको भुवनलाई चिन्न टर्च बाल्नुपर्ने, अनि तीनकान्लामाथि मकैबारीको भित्तामा लुकेको मान्छेले अँध्यारोमा हामी नै हो भनेर चिन्ने कसरी सम्भव छ ? त्यो मान्छेले यहीँनेर केहीबेरमा गोली हान्छन् भनेर कसरी थाहा पायो र मकैबारीमा लुकेर बस्यो ? यसैबाट प्रष्ट हुन्छ, यो बनिबनाऊ मिसिल हो । उनीहरुलाई बालकृष्ण ढुंगेललाई कहीँबाट पनि निस्कन नदिने सोचेर यस्तो नक्कली मिसिल बनाएका हुन् । यो डिजाइनमा बनाइएको मिसिल हो ।
जाहेरीमा मेरो भाइ उज्जननलाई सुराकी गरेको कारणले गोली हानेर मारे भनेर गणेशकुमार श्रेष्ठको जाहेरी लेखिएको छ । अनि यो जाखेरीसम्म नहेरी बालकृष्ण माओवादी नै थिएन, पारिवारिक इबीको कारणले मान्छे मारेपछि माओवादीमा गएको भनेर दिग्भ्रमित पार्ने काम गरिँदैछ । म यसलाई औंसाहा पार्ने प्रवृत्ति भन्छु ।
नेपाली समाजको रुपान्तरणको एजेन्डामा कनकमणिजीहरु औंसाहा पार्ने काम गरिरहनुभएको छ । उहाँहरु हरियो झिँगालेजसरी फ्यात फ्यात औंसाहा पार्दै हिँडिरहनुभएको छ । तर, अहिले पनि अदालतले फैसला गरोस् या कनकमणिले फोटो प्रदर्शन गरुन्, ओखलढुंगाका आम जनताले मलाई अंकमालै गरिराखेका छन् । म जनताको प्यारो प्रतिनिधि नै छु । तपाई ओखलढुंगामा गएर हेर्न सक्नुहुन्छ ।
तपाईले यहाँ जसको आलोचना गरिरहनुभएको छ, उहाँहरुसँग भेटघाट र कुराकानी पनि भएको छ कि ?
-संयोग नै मान्नुपर्छ, मलाई वेपत्ता पारेका बेला मेरो जीवन रक्षाको निम्ति मन्दिरा जी ओखलढुंगा पुग्नुभएको थियो । म केन्द्रीय कारागारमा बस्दा उहाँ मेरो स्वास्थ्यस्थिति सोध्न आउनुभएको थियो । तर, आज मन्दिराको आँखा र दिमागमा कसले पट्टी बाँध्यो मलाई थाहा छैन । बालकृष्ण ढुंगेल एक दिन पनि जेल बसेको छैन भन्दै अहिले उहाँ मेरै फोटो बोकेर बालुवाटार घेरिराख्नुभएको छ । म यही मुद्दामा साढे ८ वर्ष जेल बसें भन्ने कुरा मन्दिराजीलाई थाहा छ । अहिले उहाँले त्यही बालकृष्ण हो कि अर्कै हो भन्ने थाहा नपाएर हो कि किन हो, यस्तो कार्य गरिरहनुभएको छ । सुबोधजीसँग यो मुद्दा उचाल्न शुरु गरेपछि भेट भएको छैन, पहिले भेट भएको हो । जनयुद्ध शुरु हुनुअघि म काठमाडौंमा जनमोर्चाको केन्द्रीय कार्यालयमा बस्थें ।
अब चुनाव लड्नुभयो भने त नराम्रोसँग हार्नुहुने भो हैन ? सिंगै देशमा तपाईको विरोध भैरहेको छ ।
-जनताको मन जितेको भए चुनाव जित्छु, मन जितिन भने हार्छु ।
मन जितेको भए यसरी काठमाडौंमा तपाईविरुद्ध जुलुस निस्कन्छ र भन्या ? मान्छेहरु तपाईको विरोधमा ब्यानर बोकेर सडकमा उत्रिइराखेका छन् ….
-यो त द्वन्द्व व्यवस्थापन गर्न चाहने र नचाहनेवीचको द्वन्द्व हो । हण्डी खुवाएर ल्याइएका दश जनाले फोटाहरु बोकेका भरमा र चुल्थे मुन्द्रे जम्मा पारेका भरमा ओखलढुंगाको अभिमतै यही हो भनेर बालुवाटारमा उभिएका मान्छेलाई राखियो भने यो बेठीक हुन्छ । अस्तिमात्रै म गाम्नाङटार गाविसको कार्यक्रममा गएका बेला १० औं हजार मान्छेको उपस्थिति थियो । आवश्यक पर्यो भने म त्यसको भिजुअल नै देखाइदिन सक्छु ।
घरमा श्रीमती र छोरीले टीभी हेर्दा तपाईको फोटो बोकेर जुलुस निस्केको देख्नुहुन्छ होला हैन ?
-म जेलमा बस्दा पनि घरमा प्रहरी र सेनाहरु जान्थे । कन्तुर-सन्तुर फुटाल्ने र मेरा फोटोहरु खोज्ने गर्थे । बच्चाहरुलाई हायल-कायल बनाउँथे । हिजो मेरो फोटो खोज्न जान्थे, आज मेरो फोटो देखाइरहेका छन्, फरक यत्ति हो । त्यसैले उनीहरुले यसलाई धेरै अस्वाभाविकरुपमा लिएका छैनन् ।
भनेपछि, भुवनको हत्यामा आफू संलग्न छैन भन्ने तपाईको दाबी हो ?
-म संलग्न थिइँन । कागजमा मलाई दोषी देखाइयो र ८ वर्ष यसमा जेल हालियो ।
गल्ती नगरेको भने पनि अदालतले भनेपछि त मान्नैपर्यो नि हैन ? नत्र लोकतन्त्र र कानुनको शासन कसुरी बच्छ ?
-म जेल बस्ने कि नबस्ने, जीवित रहने कि मर्ने भन्ने कुरा मापन गर्ने मान्छे कनकमणि दीक्षित होइन ।
अदालतले नै गरेको छ नि निर्णय ?
-यी पाखण्डीहरुले अदालतको निर्णय बालकृष्णले मानेन भनेर उचालिराखेका छन् । क्याबिनेटले द्वन्द्वकालको घटना भएकाले आम माफी दिनुपर्छ भनेर राष्ट्रपतिसमक्ष सिफारिस गर्यो । त्यसपछि सर्वोच्च फेरि स्टे अर्डर गर्यो र यथास्थितिमा राख्नू भन्यो । यिनीहरुले बालकृष्ण ढुंगेललाई गिरफ्तार गरेर जेल हालियोस् भनेर सर्वोच्चमा रिट हालेका थिए । टीकाराम भट्टराई, भीमार्जुन आचार्यजस्ता स्वघोषित संविधानविदहरुले हालेको मुद्दामा सर्वोच्चले यो मुद्दालाई यथास्थितिमा राख्नू भनेको हो । यथास्थिति भनेको के हो ? यथास्थिति भनेको जो जहाँ छ, त्यहीँ रहने हो । औंसाहा पार्ने क्ष्मता छ भन्दैमा सर्वोच्च अदालतमा औंसाहा पार्न मिल्छ ? अदालतको पहिलो निर्णय चाँहि यिनीहरुलाई त्यति धेरै प्यारो लाग्ने ? सरकारले बालकृष्णलाई माफी दिने भन्यो, तर अदालतले बालकृष्णलाई समातेर जेल हालिहाल्नू भनेन । अदालतले बालकृष्ण सडकमा छ भने त्यहीँ छाडिदिनू भन्यो । माफीको सिफारिस जहाँ पुगेको छ, त्यही छाडिदिनू, राष्ट्रपतिले कलम समातेको भए समातिराख्नू तर तोक नलगाउनू । अदालतले भनेको यही हो । अदालतले मलाई सडकमा छ भने त्यहीँ यथास्थितिमा राख्नु भनेको छ, त्यसैले अहिले म सडकमै छु ।
तपाई पनि स्वार्थी हुनुहुँदोरहछ, जेल जा भन्दा चाँहि नजाने, यथास्थितिमै बस्नुभन्दा चाहिँ अदालतको निर्णय मान्ने ?
-म द्वन्द्वरत् पक्षको एउटा सदस्य हो । वृहत् शान्ति सम्झौता सर्वोच्च अदालतले मान्ने कि नमान्ने ?
प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाएपछि उनले बालकृष्ण ढुंगेललाई थुन्न सक्छन् कि सक्दैनन् भन्ने मान्छेले प्रश्न उठाइरहेका छन्, यसमा तपाईको व्यक्तिगत भनाइ के छ ?
-बोकाको काम बोकालाई र गोरुको काम गोरुलाई दियो भनेमात्रै समस्या समाधान हुन्छ । गोरुको काम गाईलाई र गाईको काम गोरुलाई दिएर समस्या समाधान हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । तर, मुलुकको आवश्यकताले गर्दा बोकाले पनि दाइँ गर्नुपर्ने स्थिति आउन सक्छ ।
जहाँसम्म रेग्मी प्रधानमन्त्री भएपछि मलाई जेल हाल्ने कुरा छ, त्यो एमालेका युवा नेता रवीन्द्र अधिकारीले उठाउनुभएको प्रश्न हो । तर, रेग्मी प्रधानमन्त्री बन्ने द्वन्द्व समाधानका लागि हो या भड्काउनका लागि हो ? रवीन्द्रजी संविधानसभामा मसँग नजिकको सम्बन्ध भएको मान्छे हो । सवोर्ृच्च अदालतले कानूनको शिरानी हालेर मलाई बलात्कार गर्यो भन्ने उहाँले मान्नुहुन्थ्यो । तर, अहिले राजनीति गर्ने मान्छेहरु साँच्चै बेइमान हुन्छन् कि क्या हो, भन्ने अनूभूति मलाई रवीन्द्रजीले गराउनुभएको छ । राजनीतिज्ञमा इमान्दारिता खोज्नु मुसाको सिङ खोज्नु सरह हुन्छ कि भन्ने मलाई लागेको छ । तर, रेग्मीलाई द्वन्द्व समाधानका लागि प्रधानमन्त्री बनाउन खोजिएको हुनुपर्छ । अदालतमा हुँदा मिसिल हेर्नुपर्ने चापले शान्ति सम्झौता हेर्न भ्याउनुभएको थिएन भने अब उहाँले त्यसको अध्ययन पक्कै गर्नुहोला ।
तपाईलाई जेल पठाउँदा देशमा द्वन्द्व भड्किने र सडकमा छाडिदिँदा शान्ति स्थापना हुने हो र ?
-म प्रतिनिधि पात्र हुँ । यो आन्दोलनसँग जोडिएको विषय हो । के बालकृष्ण ढंगेललाई चाहिँ न्याय दिनुपर्दैन ? कानूनको शिरानी छ भन्दैमा बालकृष्ण ढुंगेललाई चाँहि जे गर्दा पनि हुन्छ ? बालकृष्ण ढुंगेलले पनि न्याय पाउनुपर्छ । मलाई यो राज्यले साढे ८ वर्ष विनाकारण जेल हालेको छ, हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गराइदिएको छ । यसमा मलाई क्षतिपूर्ति दिनुपर्छ ।
मेरो अनुरोध छ, आम पत्रकार मित्रहरु, एक प्याक रक्सीको भरमा समाचार बनाएर नहिँड्नोस् । पत्रकार मित्रहरुलाई अन्यथा अर्थ नलागोस्, सही सूचना अन्तर्यबाट निकाल्नोस् । तपाईहरुभित्रको विवेकशील मान्छे निकाल्नोस् । आफूभित्रको मान्छे मारेर समाचार नलेख्नोस् । प्रधानमन्त्री अपराधीसँग गाम्नाङ गयो भनेर समाचार लेखियो । तर, गाम्नाङमा ढुंगेलले गरेको अभियानको पनि समाचार बनाउँदा हुन्छ । बालकृष्णले चलाएको एक घर एक लिची, एक परिवार एक बगैंचा, सन्तान जन्मेपछि लिची रोपौं, लिची बढेर फल्न थाल्दा सन्तान बढेर पढ्न थाल्छ भन्ने नाराका साथ म लाहानदेखि लिचीका बिरुवा लिएर ओखलढुंगे जनताको मझेरी-मझेरीमा पुगेको छु । ‘जनताको कुँडार कुँडारमा अनार’ भन्दै पुगिराखेको बालकृष्ण ढुंगेललाई पनि देखिदिन म आम पत्रकारहरुसँग अनुरोध गर्छु । बालकृष्ण ढुंगेल बिन लादेनजस्तो हो भनेर नबनाउनोस् । यत्रो जनयुद्धकालमा मैले कसैलाई मार्नु त परै जाओस्, कसैलाई एक थप्पडसम्म पिटेको छैन । तर, मैले जिन्दगीभरि कुटाइ खाएको छु । मैले अहिलेसम्म मान्छे त के, कुखुरासम्म काटेको छैन ।
kamred chor le ma chor ta k bhantyo ra ani timiharu lai kura grana pani kasle sikauna pa6ra ra ki kaso???kathmandu basera jillako rajniti garne ani janatale malai nai jitau6an pani bhanne timiharu le janata lai dukha bhanda badhi k nai dieka 6aura thulo kura gar6au.hera ekdin nepal bhanne desh ma chunab bhayo bhane timiharu jasta pagal neta haru lai ta diusai light balera khojnu par6a nepali janatalai dherai nahepa mahodaya!!!!!!!!
Well-loved. Like or Dislike:
74
32
[जवाफ फर्काउनुहोस्]
Suresh Reply: March 14th, 2013 at 8:39 am
यो सँग त बबन सिङ्ग सँग जत्तिको पनि इमान्दारिता छैन । पाखन्डी हत्यारा नकचरो !!!
Well-loved. Like or Dislike:
78
29
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 14th, 2013 at 2:37 pm
दुइटै एमाओबादी र माओबादी का मन्त्री,सभासद् ,केन्द्रिय पदाधिकारी,केन्द्रिय सदस्य देखि जिल्ला तहका कुनचांहि नेता , बालकृष्ण ढुंगेल जस्तो छैन र / यी सबै भारतिय फर्मुला “दिनमा एमाले रात मा माओबादी” बाट उत्पादित एउटै जंगल का उब्जनि हुन
Well-loved. Like or Dislike:
46
23
[जवाफ फर्काउनुहोस्]
Nepal ko lok tantra ko parakastha loot tantra–
Well-loved. Like or Dislike:
46
11
[जवाफ फर्काउनुहोस्]
धन्य नया नेपाल !! अब अपराधी लाइ न्याय को विश्लेषण गर्न लागाउनु पर्ने अबस्था आएको छ | को कति पाखण्डी रहेछ भन्ने कुरा बालकृष्ण को बोलि बाटै थाहा हुन्छ | उसलाई सहयोग गर्दा मन्दिरा सहि भइन अहिले उसको कर्तुत बिरुद्ध बोल्दा पाखण्डी, द्रंदा चर्काउने भइन ??
Well-loved. Like or Dislike:
110
35
[जवाफ फर्काउनुहोस्]
Mr Dhungel, this is not enough for public. So you have to do more and more press conference and make what is reality? I respect you and your dedication but you have do a lot.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
34
79
[जवाफ फर्काउनुहोस्]
Shanti samjauta anusar nyaya pradan gari Sabai Nepali lai sukh hune karya aghi bathos.
Like or Dislike:
19
11
[जवाफ फर्काउनुहोस्]
krishna Khanal Reply: March 13th, 2013 at 4:27 pm
I respect the court decision all events & time, and It’s defined he’s real Criminal person, walking on the road with …. all.
Like or Dislike:
20
10
[जवाफ फर्काउनुहोस्]
Pease he is a bastard, we should habe to keep him long time in prison…… such type of cruelty never been forbidden….
no one is upper than rule of law.
Like or Dislike:
23
10
[जवाफ फर्काउनुहोस्]
sayad mathi comment garne sathi haru lai pura jankari chhaina jasto chha tesaile manis ko jeevan saga khellne jasto comment nagare hola. bholi tapai hami sabai ma testa aarop haru lagna sakchhan samaya kahile ke liyara auchha thaha hudaina.
Like or Dislike:
13
25
[जवाफ फर्काउनुहोस्]
jhilke Reply: March 14th, 2013 at 10:23 am
hatyara lai bachaune pairabi garnu jhan thulo aapradh ho aapradhi le sajaya paunau parcha yo randi ko chora bal kishna dhungel lai fasi dinu parcha..\
Like or Dislike:
18
7
[जवाफ फर्काउनुहोस्]
Geeta Reply: March 19th, 2013 at 1:16 pm
Please, Don’t apprehend his mother Jhilke. She is nowhere in between Rajneeti and Dollar Kheti.
Whatever you want to say, say to the concerned person but you have no right to tell anything to the respected mother; rethink, all the mothers are respected in the world.
You also have a mother, but nobody has right to tell anything to her in your crime.
Be human, if you are concerned to the humanity.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
Sandesh Reply: March 18th, 2013 at 9:45 am
यो त आरोप मात्रै होईन मित्र, सर्वोच्च अदालतबाट सजाय तोकीई सकेको अवस्थामा सच्चा राजनीतिज्ञ हो भने सजाय भोग्नु बुद्दिमानी हुन्थ्यो कि । नेपाली जनता पानि को चोर, को लुटेरा, को हत्यारा आदिको बारेमा जान्न सक्ने भैसकेका छन । धेरै “पानिमाथिको ओभानो” बन्ने कोशिस नेताहरुले नगरे पानि हुन्छ । यो त “दुधको साछि विरालो” भनेझै भएन र ?
Like or Dislike:
21
6
[जवाफ फर्काउनुहोस्]
यो देशमा कानुन भन्ने कुरा तेस्तै रहेछ तेसैले यी महानुभाव लाई जनताको पेस्तोलले न्याय दिनेछ ।
Well-loved. Like or Dislike:
48
12
[जवाफ फर्काउनुहोस्]
कोइ अर्थशास्त्री भएर आऊ,कोइ कवि भएर आऊ, जे जे हुनुछ भएर आऊ। देश बनेको छैन भने आएर बनाऊ तर देश बिग्र्यो भनेर शरापेर हिंड्ने अधिकार कसैलाई छैन।
Well-loved. Like or Dislike:
30
1
[जवाफ फर्काउनुहोस्]
kasto samaya aayo apradhi bata naye ko kura sunna parne
Like or Dislike:
23
4
[जवाफ फर्काउनुहोस्]
He is good person
Like or Dislike:
6
38
[जवाफ फर्काउनुहोस्]
raz Reply: March 15th, 2013 at 4:11 am
rat ko samayema kalo chasma lagaunu vako chha ki kya ho ya andho hunuhunchha…….yatapaima rachhesi prabriti chha k ho natra ta………….
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
In fact,the so called bla bla bla (Dixit, Sharma etc.) are the main virus of our country Nepal. They pretend to be like….. but majority of people know them, who they are, what they do and why they are all doing this. If they stop doing this kind of activities their income source will be closed. My personal concern is these type of creatures must must be vanished asap by ifself.
Like or Dislike:
12
22
[जवाफ फर्काउनुहोस्]
Aisash ojha Reply: March 14th, 2013 at 3:36 pm
Balkrishna jee le bhule jasto cha. hatyara kanakmani, shrestha pariwar le lagaeko pagari hoina yo ta jhilla adhalat ra sarbochha adhalat le lagaeko hatyara ko pagari ho. manche marne ani khub dhag jhamaera safaya dhine janata le bhujdainan yasta kura. yo safai satya baeko bae sarbochha le hatyara kasari sabit garyo ? manche marne aruko jyan line ra tesaiko sarap le sunieko cha ajha timi jasta hatyaraharu. heri basnu kuhiera jharcha sunneko matra hoina. Afu neta huna hajarauko shindur pucheka chan timiharu jasta hatyaraharue.
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
8 class pani pass nabaeko manche bhidarthi kaal dekhi comunist rajnitima thie re. teti pani hekka rahenacha bal krishnalai school level ma kunai pani bhidarthi sangatan hudaina banera. Yasto primary level pass le adyan gareko misil ma k cha k chaina banera k thaha cha ra bichara lai nabhujera hola kanak mani lai pada baneko rahecha.
Hoina bane thaha hunu parne ho sarbochha ko nyadhis harule misi padna najanne 7 class bale e padna janne. baru afai das choti padera hera ka kasle k k baneko rahecha banera.
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Bal krishna jee tapai ko interview herera mo khub hanse kina ki tapaie Ganesh shrestha ko chori jo timro karan le jyan dhiyo unko barema dusprachar gareko rahecha. 15 barsako keti jo buwa ko hatya baeko dekhna nasaki marna badya bain teska barema lekheko dekhda derai hans ute ra lekhna badya bayo. Sayad tapaile tapaiko dhidhi jasto sochechau sabai nepali chori harulai. Dhidhi ko kura birsyo ki mo samjai dhiu ? ki bhena juai sodau public le ? dhidhi ra bena ko barema media lai khojna lagai dhiu ? aba pani yastai grinit sabdaharu kunai cheli ko barema use baeko moile padna matra paryo bane tapai ko dhidhi ani benajulai media le sod khoj garne cha ra sarbajanik garine cha bal krishna ko dhidhi kasti bal krishna ko pariwar kasto banera.
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
yo bichara bahun bhayerai sabai le khedeka hun jasto cha , natra yuddha ma hajarau maanche maare kina yeshlai matrai shasti??? aru lai unmukti???
Like or Dislike:
10
4
[जवाफ फर्काउनुहोस्]
You are a proved criminal Bal krishana so you have to be in Jail, otherwise you will killed by some one.
Like or Dislike:
13
5
[जवाफ फर्काउनुहोस्]
Dhungel jee, if you were a clean person, why did u accept the 8 years detain. had you not any remedy against that if you were innocent…? or did u ever try for compensation for such 8 yrs. detain without any murder ?
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
YASTAI TA HO NE NAYA DEASH KO KURA.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
In fact,the so called Human Right activist are the main virus of our country Nepal. They pretend to be like….. but majority of people know them, who they are, what they do and why they are all doing this. If they stop doing this kind of activities their income source will be closed. My personal concern is these type of creatures must must be vanished asap by ifself.
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
tan chor hos..tanlai bagawan le karvai garnechha…umkana naunnas !!!
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
all details of Bal krishna i mention in Nepal Civil War Criminal Amnesty or Prosecution Civilian to Decide please read free in Google available for all
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
balkrishna manchhe fata ho
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
yeslai jel halnai parxa
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
यो मान्छेको फोटो ध्यान दिएर हेर्नुस । लपलपाउँदो जिब्रो, झर्लान जस्ता आँखा, फूटला जस्ता राता गाला । सरवत्र उज्जनको रगत उसको शरिर भित्र भुल्की रहेको अनुभुति हुन्छ मलाई ।
Like or Dislike:
23
4
[जवाफ फर्काउनुहोस्]
BISHAL Reply: March 17th, 2013 at 5:30 pm
NON SENSE !!!
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
Dhungel ko kura anusar aafulai hatiyara nai sabit gare. Desh ko santi samjhauta ka lagi gare tara man6e marne kam garina van6n tara Baluwatar ocuqpai inkai birod ma lage ko6.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
हत्यारा……………………………………हत्यारा…………………………………….हत्यारा…………………….
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
o fataha jyanmara ajhai hinata bodh chhaina?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
यो सँग त बबन सिङ्ग सँग जत्तिको पनि इमान्दारिता छैन । पाखन्डी हत्यारा नकचरो !!!
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Kangreshi mitrale dherai bharat birodh gaf gareko bhanera kehi nahos.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हामीले चाँहि नजिकै रहेको भुवनलाई चिन्न टर्च बाल्नुपर्ने, अनि तीनकान्लामाथि मकैबारीको भित्तामा लुकेको मान्छेले अँध्यारोमा हामी नै हो भनेर चिन्ने कसरी सम्भव छ ? ..tehi ta tetikhjera kasto adhero thio, ma alik chheu ma thie, tesle chinena hola…ho ki?
…maile gloves laaeko thie bhaneko jastai bho ni yo ta..
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
के सर्वोच्च अदालत ले दन्त्यकथा को भरमा कोहि लाई अपराधी ठहर गर्छ र? पक्कै पनि त्यो ब्याक्ति ले गल्ति गरेको हुनुपर्छ l
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Rajesh Reply: March 20th, 2013 at 12:54 pm
Ho adalat ko nya sampadan bhaneko lawayer ko panditya ra prabhav ma hune garchha. hoina bhane tapai afai aparadh garera nepal ko baristha okil lai liyara mudda ladnus nyadhis ko bank account bharidinus ani TAPAI NIRDOSH
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ye duniya Balkrishna lai doshi banaudai ma Ujjan Shrestha ka kartut pani ma misinchha ra ?
Yaha blog ma lekhne madhya kashlai thaha chha who was Ujjan ?
Malai Ujjan ko barema thaha bhaya anusar….
1. Ujjan Shrestha ko babu le likhu nadi ko chheu ma (Leti) panibata chalne kutani pisani mil chalaunu bhayeko thiyo. Ujjan tyaha mil ma kam garthyo.
2. Teshbela likhu area ma arko.. sanghutar ma badri sahu ko matra pani mil thiyo.
3. Ujjal Shrestha le mil ma kutani pisani garna aune tyo area ka sabai jat ka chhori buhari sanga anek upaya lagayara yun soshan garthyo.
4. Nij Ujjan le gamnang tar ko paudel thar ki yeutai ghar ko DIDI BAHINI lai pet bokayara bibaha gareko bahana ma kehi samaya ghar ma rakhera chhodi diyo. bahini ko jindagi barbat bhayo ani didi ko bata chhoro janmeko chha. Ti pidit mahila anek dukha garera kathmandu ma ai Nepal police ma jagir gari baseki chhan.
5. Ti dui bahek aru 4 jana ko testai gari pariwar le bhagayara tadha ko keta lai bibah gari dinu paryo.
6. Yes ghatna kram bata pratyachhya pidit bhai jindagi damadol pari… jiban sadahi upamanit bhayara basna badhya parne UJJAL SHrestha ho
7. Tes bela okhaldhunga ra ramechhap ka tes area ka janata le GOD sanga prarthana garthe ki HE BHAGAWAN YES UJJAN LAI KASLE MARI DELA ?
8. Ujjan ko bau tes area ko dhani ko chhora, sadai tira pahuncha bhayeko le sadharan manish haru pida sahera basna badhya thiya.
9. Ujjan ra uska daju bhai ko kura garyo bhane power center ko kura gari maridine dhamki dine garthiyo.
10. Yehi mahaul chali raheko thiyo.
11. Ujjan Shrestha maryo.
12. Ujjan maro pachhi tes area ka manish le bhagawan lai dherai dherai thanks gare sathai abadekhi Ujjan ko karanle sarba sadharan le afni chhori buhari nabigrane bishwas gare.
Questions to all activist who are belonging to support this case.
1. He manab adhikarbadi bhanne haru LETI RA GAMNANGTAR ka janata ka chhori ko thauma tapai ki chhori lai rakhera samjhunus ? Ke tyo aparadhi lai jwai banauna manjur hunuhunchha ?
2. Gau ko chhote raja banera janata ko ijjat man pratistha mathi holi khelne adhikar uslai tapai le dinu bhayeko thiyo ?
3. Ahile mahila hinsa birudha abhiyan ko netrityo gari rahunu bhayeka sabai sangha sanstha ra adhikar karmi haru … Yek jana Keta le kati jana cheli mathi rape gare samma maphi minaha dinuhunchha ?
4. Nepal ma sampati ra power afno favor ma bhaya jaslai je gare pani chhut paiyinchha ?
5. Yadi sajaya dinu parchha bhane Ujjan Shrestha le 6-7 jana cheli ko jindagi mato ma milayeko chha yesko sajaya ko dinu hunchha ?
Kripaya Balkrishan Dhungel lai sajaya ra jel ko lagi awaj uthaunu bhanda agadhi ti cheli ko jindagi padhnus, kaha chhan. kashari jiban gujara gari raheka chhan ? tapai lai tinko sarokar chha ?
Nyaya sabai le paunu parchha.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
बिमल Reply: April 16th, 2013 at 1:54 am
लौ राजेश भाई बनावटी कुरा गरे पनि अलि लोक ले पत्याउने कुरा गरन !!!कसले भन्या छ न्याय सबैले पाउनुहुन्न भनेर?उज्जन लाई दोषी देखाएर बालकृष्ण को दोष लुकाउन खोज्ने? उज्जन को दोष भए किन जादैनौ तिमि जस्ता बालकृष्ण लाई भगवान मान्ने हरु सर्वोच्च मा ? दोषी जो होस् सजाय पाउनु पर्छ,चाहे तिम्रो भगवान बालकृष्ण या सर्वसाधारण? अर्काको दोष खोतलेर आफुलाई पानि माथिको ओभानो नबनाउ !!! सबै कुरा ले युद्द र सत्य निरुपण भनेर जोगाउन मिल्छ? गफ गर्छो
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
हैन हत्याराको अन्तरवार्ता लिएर के नाटक गर्या भन्या ? सबै मिलेर घोक्रेठ्याक लगाउने त कता हो कता । हैन कति दियो यसले ? यस्तै भएर त भद्र भलादमी पत्रकारहरुले दुःख पाउने ।
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Rajesh jee le banaeko kahani sacchai romanchak lagyo yo kahani ko filim hit huncha rajesh jee subkamana. Euta bektile purai gaunko dhidhi bahini ama savailai sakaeko banne kahani rochak lagyo ra tyo gaun ka tapai jasta mancheharu namarda rahecha banne tapaiko kahani le bhujaucha. Kina ki purai gaunka dhi dhi bahini ama lai sakauda samet tulu tulu heri raheko tapai jasta haru namarda ho banne tapaiko kahani le pusti garcha. Tesaile kahani banauda satya ma adharit hunu nabae hilo afaitira cyapincha rajesh jee.
Jaha samma bhuban ko kura cha, tapaile banaeko kahani ko hiro jasto thiena sadharan bekti thie ra 14 barsa ko uner dekhi kathmandu basdai aeko thiyo. Gaun ma jahile jahi magra jantyo ra 2054 saal ma buwa lai heart ko rog lage si gaun ma gaera baseko thiyo pariwar ko saath ma. U cheliko ijjat line manche hoina ijjat dhilaune manche thie. Eutai matra udharan dhiu Thala bdr. Paudel le afnai bhanji Bimala lai garba bokae pachi Bhuban ko sakriyata ma okhaldunga jilla adhalat ma mudda samet pari bhagi hideka Thal bdr. Lai bhanji jimma lagai dhieko kura yaad nai hola nabae jilla adhalat ma record cha hernu hola. yo case ma samet bhuwan lai dos lagauna khojieko thiyo akhir keti le mero mama ko ho bane si mama thal bdr paudel lai jimma lagaiyo. Asa cha smaran bayo hola.
Rahesh jee le bane jastai 2054 dekhi water mill chalaera baseko thiyo afno pariwar sanga. Sirimati sangai baseka manchele tapaile bane jasari mill ma jo ayo teslai sambanda rakhi halne banne bram kamtima mareko bekti lai lanchana nalagai dhinu hola. Kura j lekhe ni huncha kahani j banae ni huncha tara satya kura lekhda yo case ko barema thaha pani huncha. Bachauko hisab le kahani banauda kata kata mildaina rajesh jee. Smaran garauchu ki 2054 saal ma gaeko bekti 2055 asad ma mariyo.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
balkrishna dhungel hattayera haina ma pani aauta saxchi hun. uha lai k he person le hattayara banauna khojeka hun. yesto lagayo aajhai samanti chalan gayeko chaina ujjan ko hattaya bhayo malai pani dukha chha tra hatty personal karn le haina yo tati bela ko maovadi ko nirannaya hola malai lgchha. balkrishna savasad bhayo griv ko chora balkrishna mathi pugyo bhanera aaru ko ris matra ho
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
Gauma gareko anainik kriyakalap lukauna chhipauna gau chhadere bhagi hideko byakti uha hunuhunthyo.
Gaule ra samaj le dandit garlan bhanne darle afai bhagera luki baseko man6e.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Tika Adhikari Reply: March 21st, 2013 at 11:37 am
Yo Des ma still Justice Dine Nikaya Chha jasto Lagchha So do not waste time to keep unrelated and unnecessary word and your effort.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सावित्री ले बालकृष्ण लाई व्यक्तिगत कारण ले दोषी देखाएकी छन् के भूबन को हत्या मा बालकृष्ण एक्लै थिए त ?भूबन को मुद्दा मा न्याधिस लाई पैसा खुवाएर जितेकै भर मा उनले यस्तो दाबी गरेकी छन्,हैन भने गणेश को हत्या मा संलग्न लाई कारबाही गर्नुपर्छ किन भन्दिनन ? भूबन कुमार श्रेष्ठ लाई त्यतिबेलाको समय मा माओबादी को जोसुकै भए पनि मार्नु पर्ने थियो किनकि उसका अपराध हरु धेरै थिए,
१) गाउमा अरुका राम्रा छोरी बुहारी देख्नै नहुने
२)उसको मिल मा दिउसै ढोका थुनेर मिल मा आएका महिला संग अनैतिक काम गर्ने (२ चोटी त मैले नै रंगेहात भेटेको छु)
३) सुराकी
अब सावित्री त्यतिबेला को समयमा गाउमा थिइनन् तर कसरि भन्न सक्छिन मेरो भाई निर्दोस छ ?अहिले उन को आरोप छ गणेश र उसको छोरी पनि बालकृष्ण को कारणले मरे ,तर गणेश को छोरी प्रेम मा धोका पाएर आत्महत्या गरेको हो धोका दिने केटा को हो किन खोजि गरिनन् ? त्यो पछिका दुवै घटना मा बालकृष्ण कहाँ थिए ? त्यो पनि बुज्न जरुरि छ .
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]