एसएलसीमा परीक्षार्थीको खानतलासी गर्न र चिट खोस्न नपाइने ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एसएलसीमा परीक्षार्थीको खानतलासी गर्न र चिट खोस्न नपाइने !

१ चैत, इटहरी । सबै राजनीतिक दलका स्थानीय प्रतिनिधिसमेतको दवावमा सुनसरीको एक परीक्षाकेन्द्रमा एसएलसीका परीक्षार्थीले बोकेको चिट प्रहरीलाई खोस्न नदिने र अनुगमनमा गएकाहरुले समेत चिट खोस्न नपाउने अनौठो नियम बनाएको छ ।

देशभरिका परीक्षा केन्द्रमा मर्यादित परीक्षा सञ्चालनको बहन उठिरहेका बेला हाँसपोसा गाविसस्थित जनहसयोग उच्च माविमा तोकिएको परषिा केन्द्रमा परीक्षार्थीलाई चिट चोर्न सजिलो बनाउने उद्देश्यले सर्वपक्षिय बैठकको हवाला दिँदै यस्तो अनौठो नियम बनाएको बिहीबारको अन्नपूर्ण पोष्टमा खबर छ । विद्यालयकी प्रधानाध्यापक तथा परीक्षा केन्द्रकी केन्द्राध्यक्ष कमला सुब्बाको अध्यक्षतामा हाँसपोसास्थित पूर्वाञ्चल उच्च माविमा सर्वपक्षीय बैठक भएको थियो । बैठकले कागजमा जिल्ला शिक्षा कार्यालयद्धारा जारी २३ बुँदे आचारसंहिता पूर्ण रुपमा पालन गर्ने र गर्न लगाउने भनेर एक बुँदे लिखित निर्णय गरेको छ, तर मौखिक रुपमा भने चिट चोर्न पाउने वातावरण बनाउने सहमति गरेको छ ।

एसएलसी परीक्षा आजदेखि सुरु हुादैछ ।

12 Comments on “एसएलसीमा परीक्षार्थीको खानतलासी गर्न र चिट खोस्न नपाइने !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु