सहकारी नीतिले औद्योगिक क्षेत्र आकर्षित गर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सहकारी नीतिले औद्योगिक क्षेत्र आकर्षित गर्ने

१ चैत, काठमाण्डौं । सहकारीलाई औद्योगिक क्षेत्रमा आकषिर्त गर्ने प्रमुख उद्देश्यका साथ राष्ट्रिय सहकारी नीति तयार गरिने भएको छ । सहकारी विभागले पहिलो पटक राष्ट्रिय सहकारी नीति तयार गर्न लागेको हो ।

सहकारीलाई विशेष गरी बचत तथा ऋणबाट औद्योगिक क्षेत्रमा लैजान नीतिको मस्यौदा विभिन्न व्यवस्था गरिएको छ । कृषिजन्य उद्योग, प्रशोधन, वितरण, वनजन्य उद्योग, अस्पताल, औषधि तथा स्वास्थ्य उपकरण उत्पादन तथा बिक्री, पर्यटन उद्योग, बिमा र यातायात तथा ढुवानी उद्योगसम्म सहकारीमार्फत सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको बिहीबारको अन्नपूर्ण पोष्टमा खबर छ ।

सहकारीले अहिलेसम्म साना तथा मझौला उद्योगमा कर्जा र केही उद्योगमा सेयर लगानी गरेका छन् । बलियो नियमन नभएका कारण सहकारीमा जम्मा भएको ठूलो रकम जोखिममा रहेको सरकार र नेपाल राष्ट्र बैंकसमेतले जनाउँदै आएका छन् । बचत तथा ऋणको कारोबार गर्ने केही संस्थाले सर्वसाधारणको बततसमेत हिनामिना गरेको घटना सार्वजनिक भइरहेका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु