विजय थापा
भर्जिनिया । अमेरिकाको भर्जिनियामा १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाइएको छ । नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन ) क्यालिफोर्निया च्याप्टरको आयोजनामा आइतवार भव्य कार्यक्रमका साथ नारी दिवस मनाइएको हो । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि रहनु भएकी डाईनामिक बुनाकी संस्थापक बुना दाहालले पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथि बुना दाहाल (डाईनेमिक बुना) कोलोराडोदेखि आईनु भएको थियो । उहाँले आफु आँखा नदेखे पनि अमेरिकाको अबसरले जीवन जिउन सजिलो बनाएको र त्यसले उहाँमा आएको साहसिलो आँटले नेपालमा भएका दृष्टिबिहिनहरुलाई मदत कसरि गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्नु भएको थियो ।
यो दिवसको प्रमुख नारा ‘महिलालाई आत्म बिस्वासी,आत्मनिर्भर ,सफल र सशक्तिकरण गराउनु ” रहेकोले वक्ताहरुले यसैको सेरोफेरोमा आफ्नो अभिव्यक्ति दिनु भएको थियो । वक्ताहरु क्रमस अर्चना थापा, सिड्नी सौबर, बद्रि भण्डारी र डा संजीव उप्रेतीले नारी दिवसको महत्व बारेमा बिचार राख्दै नारी हिँसा रोक्न नारी पुरुषमा सामाजिक जागरण ल्याउन यो दिवसले ठुलो भूमिका खेल्ने कुराको उल्लेख गर्नु भएको थियो । स्थानीय प्रबक्ताहरुले पनि नारीको हक अधिकारको बिषयमा आ-आफ्नो मन्तब्य राखेका थिए ।
संस्थाकी अध्यक्ष बिष्णु गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्दै मानव अधिकार र अवसर सबै मानवलाई बारबर हुन सकोस र सबैलाई सुस्वास्थ्य, खुशी, शान्ति र प्रगतीको लागि नारी दिवसको शुभकामना दिएकी थिइन् । बुना दाहाल – सहासिली प्रेरणाका श्रोत, लक्ष्मी चौधरी – सामाजिक सेवा तथा सफल ब्यबसाय, सुनिता थापा – एन डब्लु जी एन क्यालिफोर्निया लगनशील प्रसंसा पत्र, बिन्दु सापकोटा – सफल नृत्य कलाकार, लक्ष्मी खरेल – सफल गायक कलाकारलाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रम पश्च्यात अनौपचारिक कार्यक्रमलाई मसलादार बनाउन गित ,संगीत र कविता,नृत्य पनि समाबेस गरिदै कार्यक्रम समाप्त गरिएको थियो । कार्यक्रमको सभापतित्वमा ‘एकता ‘बिष्णु गुरुङले गर्नु भएको थियो भने कार्यक्रम संयोजक संगीता गुरुंग हुनु हुन्थ्यो ।