१ चैत, काठमाण्डौ । स्वदेशी जुत्ता उद्योग कम्पनी शिखर शुजले बम्पर उपहार अन्र्तगतको अल्टो कारको बिजेता घोषणा गरेको छ । शिखर शुजका ब्रान्ड एम्बेसडर दीपकराज गिरीले देशभरबाट संकलित कुपनहरुबाट बुधबार एक समारोहकाबीच बिजेता घोषणा गर्नु भएको हो । अल्टो कार बिजेता कुपन नम्बर २३३५८ बन्न सफल भएको छ । कम्पनीले करिव १ वर्ष अगाडि ‘शिखर शुजको झड्का, बम्परमा अल्टो कार पक्का’ उपहार योजना ल्याएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले उक्त उपहार नेपालका जुत्ता उद्योगहरुको इतिहासमा सबैभन्दा ठूलो उपहार भएको दाबी गर्नुभयो । बिजेताले एक हप्ताभित्रमा आफुले जुत्ता खरिद गरेको शो-रुम मार्फत आफ्नो परिचयपत्र सहित कारको दाबी गरिसक्नुपर्ने उहाँले बताउनुभयो । एक हप्ता पछाडी कसैले कार दाबी गर्न आएमा मान्य नहुने कम्पनीले जनाएको छ ।
शिखर शुजले विगत १६ वर्षदेखि जुत्ता-चप्पल उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले पार्टी शुज, क्याजुयल शुज, स्यान्डल, स्कुल शुज, कलेज शुज, स्पोर्टस शुज र लेडिज स्यान्डल उत्पादन तथा विक्री गर्दै आएको छ ।