१ चैत, काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आर्थिक क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न नसक्ने भन्दै अर्थविद् तथा उद्योगी-ब्यवसायीहरुले असन्तुष्टि प्रकट गरेका छन् । रेग्मी नेतृत्वको सरकार चुनाव गराउनमात्र केन्द्रीत हुने हुँदा मुलुकका जल्दा-बल्दा आर्थिक मुद्दाहरु ओझेलमा पर्ने उनीहरुको ठहर छ । ठूला चार राजनीतिक दलहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न गरेको ११ बुँदे सहमतिपत्रमा आर्थिक मुद्दालाई प्राथमिकता नदिइएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले गुनासो गर्नुभएको छ ।
निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान गराउन सक्ने, पूर्ण बजेट ल्याउन सक्ने, लगानीमैत्री वातावरण सृजना गर्न सक्ने, निजी क्षेत्रका समस्याहरु सम्बोधन गर्ने खालको सरकारको अपेक्षा गरेको भएपनि राजनीतिक अक्षमताका कारण त्यसो हुन नसकेको उहाँको भनाई छ । ‘यो सरकारबाट निजी क्षेत्रले आशा गर्ने ठाउँ छैन्’ अनलाइनखबरसँगको कुराकानीमा उहाँले भन्नुभयो- ‘फेरी पनि पूर्ण बजेट आउन नसक्ने हो भने मुलुक नराम्रोसँग आर्थिक संकटमा फस्छ ।’ त्यसो प्रधानन्यायाधीश नेतृत्वको सरकार सबै राजनीतिक दलहरुको पूर्ण सहमतिमा गठन हुन पनि सकेन् ।

२२ राजनीतिक दलहरुले प्रधानन्यायाधीश रेग्मी नेतृत्वको अन्तरिम चुनावी सरकार आफुहरुलाई मान्य नभएको भन्दै विरोधका कार्यक्रमहरु सुरु गरिसकेका छन् । यसैको बिरोधमा दिउँसो १२ बजेदेखि उपत्यका बन्द सुरु भईसकेको छ । नेपाल बार एशोसियसन, अर्थविद्, उद्योगी-व्यावसायीहरुले पनि यो सरकारको विरोध गरिसकेका छन् । बन्दले दैनिक जन-जीवन नै अस्तव्यस्त बनाउने, उद्योग व्यावसाय ठप्प गराउने, विकास निर्माणका कामहरु पनि ठप्प हुने महासंघका उपाध्यक्ष राजकणिर्कारले बताउनुभयो ।
नयाँ सरकार चुनाव गराउन मात्र गठन गरिएको हुँदा आर्थिक क्षेत्र झनै संकटमा पर्ने अर्थविद् चिरञ्जिवी नेपालको भनाई छ । ‘राजनीतिक दलहरुले सरकारको बागडोर आफै संहाल्नुपर्नेमा किन यति ठूलो भुल गरे ?’ उहाँले भन्नुभयो- ‘अब झनै ब्यापार घाटा चुलिँदै जान्छ, मूल्य बृद्धि दोहोर अंकमा बढ्दै जान्छ, शेयर बजार खस्कन्छ, नीतिगत स्थायित्व हुन्न, निजी क्षेत्र त्रसित बन्छ, दैनिक जन-जीवन अस्तव्यस्त बन्छ ।’ राजनीतिक दलहरुले राजनीति बाहेक अन्य क्षेत्र ठूलो होइन भन्ने मानसिकता बोकेर हिँड्दा नयाँ सरकार गठनका लागि गरिएको ११ बुँदे राजनीतिक सहमतीपत्रमा आर्थिक मुद्धालाई नसमेटिएको उहाँको आरोप छ ।
‘नयाँ सरकार जुन उद्देश्यले गठन गरिएको हो, सोही उद्देश्य अनुरुप काम भएमा त सन्तोष लिने ठाउँ रहन सक्छ’ नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले भन्नुभयो- तर, नयाँ सरकारको २२ दलहरुले विरोध जनाउँदै सडकमा उत्रिसकेको अवस्था छ । सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याउन नसकेमा तोकिएको समयमा चुनाव गराउन रेग्मी असफल हुने उहाँको भनाइ छ ।
मुलुकको समग्र आर्थिक क्षेत्र अस्त-व्यस्त बनिरहेको बताउँदै उहाँले राजनीतिक दलहरुले आर्थिक मुद्धालाई ओझेलमा पारेको गुनासो गर्नुभयो । सहमतिपत्रमा आर्थिक क्षेत्रलाई समावेश नगराईनुले राजनीतिक दलहरु आर्थिक मुद्दामा अझै पनि गम्भीर बनेका छैनन् भन्ने बुझिनु हो- उहाँले भन्नुभयो ।
अर्थविद् तथा उद्योगी-ब्यवसायीहरु एउटा कुरा बुझ्नुस् कि खिलराज को काम आर्थिक मुद्दा सम्बोधन गर्नी नभैइ सम्भिधान सभाको चुनाउ गराउने हो । कम्सेकाम Positive attitude त राख्नुस् । किन एती हतास ?
Well-loved. Like or Dislike:
35
3
[जवाफ फर्काउनुहोस्]
pardeshi Reply: March 14th, 2013 at 1:17 pm
100% agree with Puru jee. We Nepali people have just interest on commenting. Aru le ta thikai chha, byapari ra buddhijibi vanauda le ta bujhnu parne ki yo sarkarko uddesya ke ho vanera!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
होसियारी पूर्वक प्रतिक्रिया आवोस
मलाई पनि यो विरोधको पराकाष्टा नै भयो जस्तो लाग्यो । कम्तिमा पनि मुलुक राजनीतिक बन्दक हुनबाट जोगिएको छ, भ्रष्टाचारको दवदवाबाट मुक्त केही हदसम्म पनि रोकिएको छ, राज्यको ढुकटी दोहन रोकिने छ । हिसिला यमीको राज्य दोहनको श्रृंखला कम्तीमा रोकिएको छ । वास्तवमा खिलराज रेग्मी स्वच्छ छवीका व्यक्ति भएकाले संविधान सभाको निर्वाचन गराउने उनको महानदायित्वलाई कम्तीमा हामी हरेक क्षेत्रका नागरिक संघ सस्थाले विरोध होइन सहयोग गर्नुपर्छ । मेरो विचारमा नेपाल वार एशोसिएसनले त रेग्मी प्रधानमन्त्री भएको उपलक्ष्यमा दिपावली गर्नु पर्ने हो । कानूनी क्षेत्रका लागि यो भन्दा ठूलो सौभाग्य के हुन सक्छ, न्यायिक इतिहासमै सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रधानमन्त्री भएको छ । मुलुकलाई निकास दिने कुरामा भएको यो सहमतीलाई आकाशै खस्यो जस्तो गरेर कोकोहोलो गर्ने वारको प्रतिक्रिया राजनीतिक सिवाय केही होइन । भोली यो सरकार पनि असफल भएर राज्य असफल राष्टमा परिणत भयो भने यसको श्रेय कस्ले लिने, अव यस्तो संवेदनशील अवस्थामा गठन भएको सरकारलाई चौतर्फी सहयोग गरेर मूल उद्देश्य प्राप्तिका लागि सम्पूर्ण राज्यनै लागेर सहयोग गर्नु पर्छ । संविधानसभाको निर्वाचन सम्पन्न गरी मुलुकलाई जतिसक्दो छिटो अनिर्णयको बन्दिबाट जोगाउनु पर्छ । उद्योगी व्यवसायीहरुले पनि यसमा सहयोगका आवाजहरु वुलन्द गर्नुपर्छ । आर्थिक नीति नियमहरु उद्योग व्यवसायमैत्री ल्याउन सुझाव दिनु पर्छ । समयमै बजेट ल्याउन सल्लाह र परामर्श गर्नुपर्छ र राष्ट्रको लागि समयमै बजेटको आवश्यकताको महसुस गराउनु पर्छ । खाली विरोधमात्र भयो भने त मोहन वैद्यको पार्टी र नेपाल उद्योग वाणिज्य महासंघमा के फरक पऱ्यो । यसका वरिष्ठ उपाध्यक्षज्यूको टिप्पणीले आम नेपाली जनता अत्यन्त दु:खित हुन सक्छन् । उहां जस्तो निजी क्षेत्रको सर्वोच्च संस्थाको जिम्मेवार पदमा रहेको मान्छेबाट आउने प्रतिक्रिया होसियारीपूर्वक आउनु पर्ने हो, हामी नेपाली जनतालाई दु:ख लाग्यो ।
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
नीजि क्षेत्रलाई जानकारी होस खिलाराज रेग्मीको सरकार आर्थिक मुद्दा सम्बोधन गर्न आएको हैन । ग¥यो भने चुनाव गराउनका लागि आएको हो ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]