मेगा बैँकको मेगा आइपीओ बचत खाता सञ्चालनमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मेगा बैँकको मेगा आइपीओ बचत खाता सञ्चालनमा

१ चैत, काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले निकट भविष्यमै जारी गर्न लागेको प्राथमिक शेयर (आइपीओ) का लागि ध्यानमा राख्दै मेगा आइपीओ बचत खाता संचालनमा ल्याएको छ । धितोपत्र बोर्ड नेपालको व्यबस्था अनुसार प्राथमिक शेयर गर्दा बैंक खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएकाले मेगा बैंकले यो आकर्षक बचत योजना ल्याएको हो । “कूल जारी पूंजी रु. २ अर्ब ३३ करोडकमध्ये सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत रकमको प्रतिशेयर कित्ता एक सयका दरले ६९ करोड ९० लाख रूपैयाँ बराबरको ६९ लाख ९० हजार रूपैयाँ कित्ता शेयर सर्वसाधारणका लागि निकट भविष्यमै प्राथमिक निष्कासन गर्दैछौं ।”1

मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनिल केशरी शाहले भन्नुभयो,’सर्वसाधारण लामो समयदेखि हाम्र्रो प्राथमिक शेयरको प्रतिक्षामा रहेको हामीले महसुस गरेका छौं, हामी यसका निमित्त पूर्णरुपले तयार छौं र सम्बन्धित निकायको स्वीकृतका लागि पेश गरेका छौं, शेयर किन्न इच्छुक सबै सर्वसाधारणको रितपूर्वक परेको आवेदनलाई उपलब्ध हुने गरी सरल तथा सहज ढंगले शेयर निष्कासन गर्ने हाम्रो प्रयत्न रहेनछ, आशा छ बजारमा हाम्रो शेयरको ठूलो माग हुनेछ । त्यसका लागि ग्राहक महानुभावले बचत खाता खोली यस बैंकको प्राथमिक शेयरमा लगानी र अन्य विभिन्न सेवा र सुविधा प्राप्त गर्न सक्नुहुनेछ”

न्यूनतम पाँच हजार मौज्दातमा खोल्न सकिने यो खातामा ६ प्रतिशत बाषिर्क ब्याजको रकम त्रैमासिक रुपमा भुक्तानी पाइन्छ । प्राथमिक शेयरका लागि आवेदन साथ जम्मा गर्नुपर्ने रकम सहज रुपमा भुक्तानी गर्न तथा शेयरको लाभांश सिधै खातामा स्थानान्तरण गर्न सकिने यो खाताको विशेषता हो । यस खाता खोल्ने ग्राहकले निःशुल्क रुपमा एससीटी डेबिटी कार्ड, चेकबुक, अनलाइन बैंकिङ सुविधा, एकाउन्ट स्टेटमेन्ट, एबीबीएस सुविधा र एसएमएस बैंकिङ प्राप्त गर्न सक्नेछन् । यसैगरी, प्राथमिक शेयर बाँडफाँट तथा स्टक एक्सचेन्जमा शेयर सूचीकृत भएपछि पनि दोश्रोबजारमार्फत शेयर किनबेच गर्दा यस बचत योजनाअन्र्तगत खाता खोली कारोबार गर्न सकिनेछ । यो खाता मेगा बैंकको देशभर छरिएका २८ वटा शाखाबाट खोल्न सकिनेछ । “हलोदेखि हाइड्रोसम्म” लाई मुख्य नारा बनाएको मेगा बैंकले संयुक्त रुपमा शेयर निष्काशनका लागि यसअघि नै नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबीएल क्यापिटल मार्केट्सलाई प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु